पार्किन्सन्सले १० वर्षभित्रै अशक्त बनाउँछ  



Download our app to get more features

छिल्लो केही समययता काठमाडौं र आसपासका क्षेत्रमा पार्किन्सन्सका बिरामी बढ्न थालेका छन् । यो रोग पहिले पहिले उमेर पुगेका मानिसमा मात्र लाग्छ भन्ने भ्रम थियो । यसलाई मानिसले प्यारालाइसिससँग दाँज्ने गर्थे । तर, पछिल्लो समय यो रोग युवामा पनि देखिन थालेको छ । केही वर्षयता यो रोग विशेषगरी ३५ वर्षदेखि ५० वर्ष उमेर समूहका मानिसमा व्याप्त छ । यो रोग कलिलै उमेरमा पनि देखिन सक्छ । यो १० लाख मानिसमध्ये एकजनालाई लाग्छ । विश्वमा यस रोगका बिरामी पाँच लाखको हाराहारीमा रहेका छन् । 

दिमागले डोपामिन भन्ने तत्व उत्पादन गर्न नसकेपछि यो रोग देखिन थाल्छ । केही मानिसमा भने यो वंशाणुगत हुन्छ । पार्किन्सन्स रोग विशेषगरी डोपामिनकै कमीले लाग्ने गर्छ । दिमागको एउटा कोषिकाले डोपामिन नामक तत्व बनाउने गर्छ । यसले शरीरलाई चुस्त स्फूर्त राख्न मद्दत गर्छ । त्यसैले यसलाई मोटर डिजिज पनि भनिन्छ । 

हातखुट्टा काम्ने, दिमाग सुस्त हुँदै जाने, बोली लर्बरिने, शरीरले काम नगर्ने पार्किन्सन्सका प्रमुख लक्षण हुन् । पार्किन्सन्स एकपटक लागेमा निको हुन गाह्रो पर्छ । यसले शरीरलाई निस्क्रिय बनाउँदै लैजान्छ । र अन्ततः शरीरले मात्रै काम गर्न नसक्ने होइन, दिमाग नै सुस्त हुँदै जान्छ । बोली लर्बरिने र अनुहारको चमक नै कम हुँदै जाने गर्छ । शरीरका अंगहरुले बिस्तारै बिस्तारै काम गर्न छोड्छन् । शरीरका मांसपेशी कडा भएर जान्छ । आठ दश वर्षमा शरीर पूर्ण रुपमा अशक्त हुन्छ ।  

पार्किन्सन्स दुई प्रकारका हुन्छन् । एउटा बिस्तारै बिस्तारै असर गर्ने र अर्को छिट्टै असर गर्ने । बिस्तारै असर गर्नेको हकमा यो रोग लागेको व्यक्तिलाई सुरुमा हात खुट्टा काम्ने, छटपटाहट हुने हुन्छ । बिस्तारै बिस्तारै डिमेन्सिया हुँदै यसले असर गर्न थाल्छ । जबकि अन्य रोगका कारण पार्किन्सन्स हुने बिरामीको हकमा भने यसले छिट्टै असर गर्छ । यतिसम्म कि रोग पत्ता लागेको दुई तीन वर्षभित्रै शरीरले पूर्णतया काम गर्न छोड्छ । यो रोग किटनाशक औषधिको प्रयोग गर्नेहरुमा बढी देखिने गरेको छ । त्यसबाहेक बक्सिङ खेलाडीहरुमा पनि यो रोग बढी मात्रामा देखिन्छ । बारम्बार टाउकोमा मुक्का हान्दा दिमागका कोषिका मर्न थाल्छन् । फलस्वरुप त्यसले उक्त तत्व बनाउन सक्दैन र मान्छेमा यसको लक्षण देखापर्छ । 

त्यसो त यो रोग मानिसलाई पहिले पनि लाग्ने गथ्र्यो । तर, यो रोग के हो भन्ने थाहा थिएन । अहिले नयाँ नयाँ उपचार पद्धतिहरु आए । मानिसले यसबारे जानकारी पाउन थाले । सजिलै रोग पत्ता लाग्न थाल्यो । उपचार छिटो हुन थाल्यो । तर, विडम्बना नियमित औषधिको प्रयोगले शरीरलाई चुस्त राखन मद्दत गरे पनि रोगको दीर्घकालीन उपचार भने खासै छैन । यति हो कि छिटो उपचार भएको खण्डमा मानिसले स्वस्थ जीवन बाँच्न पाउँछ । 

पछिल्लो समय नेपालमा डिपब्रेन स्टिमुलेसन्स(डिबिएस) प्रविधि भित्रिएको छ । पार्किन्सन्स रोगको औषधिले काम गर्न छाडेमा अथवा औषधिले काम नगरेको अवस्थामा यो प्रविधिको प्रयोग बिरामीमा गरिन्छ । यो मुटुमा राखिने पेसमेकरजस्तै हो । दिमागले काम गर्न छोडेको अवस्थामा मानिसको दिमागमा यो प्रविधि जडान गरिन्छ । यसले दिमागलाई पुनः सक्रिय बनाई पहिलेजसरी नै काम गर्न मद्दत गर्छ । 

आजको नयाँ पत्रिकाबाट
 

Last modified on 2017-07-04 15:10:04

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts