बिरामीको पेटमै छाडियो फलामे औजार



Download our app to get more features

सिरहा, २ माघ । चिकित्सकको पेसा अत्यान्तै संवेदनशील हुन्छ । जसको सानो लापरवाहीले विरामीको ज्यानै जान सक्छ । सिराहाको लहानमा चिकित्सकको लापरवाहीका करण एज जना महिला मृत्युको मुखैमा पुगेकी थिइन् । भाग्य बलियो रहेछ मुस्किलले बचेकी छिन् ।

लहान नगरपालिका २२ की २५ वर्षीय शान्ति यादव २६ पुसमा स्थायी बन्ध्याकरण गराउन मेरी स्टोप सेन्टर लहान गएकी थिइन् । । त्यहाँ उनको शल्यक्रिया सम्पन्न भयो । घरमा पुगेपछि पेटको दुखाइ झन् बढ्यो ।

पानी मुस्किलले पिउन सक्थिन । खाना खाने त कुरै भएन । दिनभर छटपटी हुन्थ्यो उनले भनिन पिसाब फेर्न जान सक्ने अवस्थासमेत रहेन । तीन दिनपछि बिहान पीडाले छटपटाउदै पिसाब फेर्न जाँदा पिसाबसँगै योनीबाट एउटा फलामको चोसो निस्कियो यादवले भनिन मरे मरियोस भनेर जोरले तानेर हेर्दा फलाम निस्कियो ।

 

परिवारका अन्य सदस्यलाइ जानकारी गराएपनि उनी लगायत परिवारका सबै सदस्य शल्यक्रिया गर्ने क्रममा फलामको एउटा टुक्रा पेटमै छाडेको निष्कर्षमा पुगे ।

शान्ति यादवको आमाले फालमाका उक्त टुक्रा स्थानीय स्वास्थ्यकर्मीलाइ देखाउँदै २८ पुसमा मेरी स्टोप्स सेन्टर लहान मा फोन गरिन र सबै व्यथा सुनाइन् । पीडा सुन्ने डाक्टर थिए मेरी स्टोप्स सेन्टरकै इन्चार्ज सुदीप श्रेष्ठ ।

 

उनी तत्काल एम्बुलेन्स लिएर पीडित महिलाको घर पुगे र पीडित महिलालाइ लिएर मेरी स्टोप्स सेन्टरमै फर्के । श्रेष्ठले पीडित परिरवारलइ कुने सञ्चारकर्मीलाइ घटनाबारे नभन्न आग्रह गरेका थिए ।

औजार छुटेका स्वीकार

मेरी स्टोप्स सेन्टरका इन्जार्ज सुदीप श्रेष्ष्ठले सुरुमा त घटनाबारे केही बोल्नै मानेनन् । निकैबेर पिछा गरेपछि भने उनी घटनाबारे बोल्न बाध्य भए र कमजोरी भएको स्वीकार गरे । कहिल्यै नभएको घटना भूलवस भयो । उनले भने शल्यक्रिया गर्दा फलामको सानो टुक्रा ( एलिभेटर) पेटमै छुटेको रहेछ ।

कारबाही गर्न माग

मेरी स्टोप्स सेन्टरका इन्जार्ज सुदीप श्रेष्ठले गोप्य कोठामा लगेर निकैबेर सम्झाए पनि पीडित परिवारले काराबाही नै आफूहरुको अडान रहेको बताए ।

आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

Last modified on 2017-07-04 15:10:43

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts