गर्भनिराेधक अाैषधिकाे प्रयाेगले मानसिक रोग निम्त्याउँदै



Download our app to get more features

काठमाडों, २ माघ । बानेश्वरकी रिया ( नाम परिवर्तन) ले ५ वर्षदेखि गर्भनिरोध औषधि सेवन गर्दे आइरहेकी छिन् । औषधि सेवन गर्न थालेको सुरुका सातामा उनको शरीरमा केही परिवर्तन आएन । प्रयोग गर्दा केही नहुने रहेछ भन्ने सोचेर उनले नियमित औषधि सेवन गर्न थालिन । महिना दिनमै १० भन्दा बढी औषधि सेवन गर्न थालेपछि उनको स्वास्थ्यमा नकरात्मक असर देखिन थालेको उनले बताइन् ।

‘महिनावारी नियमित भएन, वान्ता भइरह्यो, माइग्रेनले समात्याे, अरु धेरै असर देखिन थाल्यो,’ उनले भनिन् । त्यसपछि उनी निराश भइन । उनका प्रेमीले परिवार नियोजनको साधन अपनाउन नमानेपछि आफैले नियमित औषधि खाएर गर्भ रोक्नु परको बाध्यता उनले सुनइन् । औषधि खान थालेको १ वर्षपछि उनको अनुहारभरि चायापोतो देखियो ।अनुहारमा पोतो देखिन थालेपछि नराम्री भन्दै प्रेमीले मलाइ वास्ता गर्न छाड्यो, बिहे पनि अर्केसँग गर्यो उनले आँशु खसालिन् ।

अचेल रिया अनुहारको चयाँपोतो हटाउन महँगा अस्पताल धाउन थालेकी छिन् । अत्याधिक औषधि सेवनका कराण अनुहारमा पोतो फैलिएकाले औषधि सेवन बन्द गर्न डाक्टरले सुझाएको उनी बताउँछिन् । प्रेमीले छाडेको, अनुहार, स्वास्थ्य सबै बिग्रिएकोले अहिले आफू डिप्रेसनमा परेको उनले सुनाइन । ‘कोहीसँग बोल्न मन लाग्दैन, केही गरौं भन्ने आत्मविश्वास पनि छैन’ उनले भनिन् ।

विगत ३० वर्षदेखि स्त्री रोगको क्षेत्रमा काम गर्दे आइरहेकी र भर्खरै पाटन अस्पतालको सेवाबाट अवकाश पाएकी वरिष्ठ स्त्रीरोग विशेषज्ञ विमला मल्लका अनुसार विशेषज्ञको सल्लाहबिनै गर्भनिरोध औषधि सेवनले महिलालाइ मृत्युको मुखमा पुर्याउन सक्छ । रियाजस्तै इमाडोलकी एक युवतीले पनि गर्भनिरोधक औषधि सेवन गर्न थालेको ६ वर्ष भयो । उनी विवाहित हुन् । सन्तान ढिलो जन्माउने सल्लाहमा उनले नियमित गर्भनिरोध औषधि सेव गर्न थालिन् । औषधि सेवनपछि एक्कासी मोटोपन बढेको, महिनावारी अनियमित भएको, भइहाले पनि अनियमित रुपमा बढी रगत बग्न थालेको उनले सुनाइन । अत्याधिक औषधि सेवनका कारण अहिले उनले चाहेर पनि बच्चा जन्माउन सकेकी छैनन् ।

आजको कान्तिपुर दैनिकमा समाचार छ ।

Last modified on 2017-07-04 15:11:24

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts