मुगुका लागि पठाइएका औषधि बाटैमा हराए

खाद्यान्नमा ठगिएका मुगाली औषधिको चरम अभावमा

What's This?


Download our app to get more features

मुगु २, माघ । सरकारले निशुल्क उपलब्ध गराउने ७० प्रकारको औषधि  जिल्ला अस्पताल मुगुबाट पनि वितरण हुनुपर्ने हो, तर मुगुका ग्रामीण भेगमा भने सरकारले निशुल्क उपलब्ध गराएको कुनै पनि औषधि पुगेको छैन । जिल्ला अस्पताल मुगुबाट ग्रामीण भेगमा पठाएको औषधि जिल्लाका ५८ प्राथामिक स्वास्थ्य केन्द तथा स्वास्थ्य चौकीमा नपुग्दै विचैमा हराउने गरेको छ ।

जिल्ला स्वास्थ्य कार्यालय मुगुले निशुल्क औषधिको लागि बार्षिक १८ देखि २५ लाख सम्मको औषधि खरिद गरि ग्रामीण भेगमा पठाएको तथ्यांक छ । अझ यही परिणाममा नेपाल स्वास्थ्य सेवा विभाग मध्य पश्चिमाञ्चल क्षेत्रीय मेडिकल स्टोर नेपालगञ्जबाट मुगुमा आउने गरेको छ । तर जिल्लाका ग्रामीण क्षेत्रमा  सधैभरि औषधिको अभाव हुने गरेको छ ।

जिल्ला भरका २४ वटा स्वास्थ्य चौकी, चारवटा  ईकाई तथा एउटा प्राथामिक स्वास्थ्य चौकीमा सधैभरि औषधि अभाव भईरहेका गुनासा जिल्ला स्वास्थ्य कार्यालयमा आउने गरेको प्रति जिल्ला स्वास्थ्य कार्यालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । जिल्ला अस्पतालबाट पठाइरहेको तर गाउँमा औषधि अभाव भएको र नपुगेको सुन्दा जिल्ला अस्पतालको गम्भीर ध्यानकर्षण भएको जिल्ला अस्तपाल मुगुका निमित्त कार्यलय प्रमुख निरक शर्माले बताए ।


मुगुको पश्चिम क्षेत्रमा रहेका खत्याड भेगका सातवटा गाविसमा रहेका स्वास्थ्य संस्थामा औषधिको चरम अभाव  छ । सातवटा स्वास्थ्य चौकी र एक प्राथामिक स्वास्थ्य केन्द्र रहेको त्यस क्षेत्रका स्वास्थ्य संस्थामा सिटामोलसम्म नपाएको स्थानीय जगत टमटाको गुनासो छ ।

स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीहरु दुई तीन महिनाको एक चोटी गाउँमा पुग्ने र त्यति वेला लिएको औषधि सबै घरधुरीमा दामासाहीको दरले एकै दिनमा बाँडेर फर्किने गरेको स्थानीय धुन्दुप तामाङले बताए ।
अभाव र विकटताले झेलिएका मुगालीहरु सरकारको अनुदानको खाद्यान्न नपाएको गुनासो बारम्बार गर्दै आएका छन् । त्यसमाथि अत्यावश्यक मानिएको औषधिमा गरिएको यो पछिल्लो खेलवाडले थप मारमा परेका छन् ।

Last modified on 2017-01-15 20:15:09


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts