दुर्गम खोटाङका ‘डाक्टर’.. जसले वर्षेनी २ सय जनाको हड्डी जोड्छन्



Download our app to get more features

दुख–बिमार पर्दा उपचारका लागि अस्पताल जानु स्वाभाविकै मानिन्छ । उपचारका लागि बिरामी लिएर अस्पताल पुग्दा चिकित्सकले नै सामान्य मानिसकहाँ पठाए भनेचाहिँ तपाईं के गर्र्नुहुन्छ ? डाक्टरले पठाएको व्यक्तिकहाँ जानुहुन्छ ? नगएर के गर्नु ? बिरामी निको पार्नु छ भने चिकित्सकले पठाएको व्यक्तिकहाँ जानैपर्छ । जसरी जिल्ला अस्पताल खोटाङले उपचार गर्न नसकेका बिरामीलाई रामबहादुर अधिकारीकहाँ पठाउने गर्छन् ।

जसरी जिल्ला अस्पताल खोटाङले उपचार गर्न नसकेका बिरामीलाई रामबहादुर अधिकारीकहाँ पठाउने गर्छन् ।

हाड भाँचिएर अस्पतालमा महिनौं उपचार गर्दा पनि ठीक नभएकाको अधिकारीले उपचार गर्ने गर्छन् । वर्षौंदेखि हाड भाँचिएकाको घरेलु उपचार गर्दै  आएका उनले सालिन्दा दुई सयजनाको उपचार गर्दै आएका छन् । उनले भुइँचम्पा, हर्चुल, हाडजोर र रसायनमिश्रित औषधिबाट औषधोपचार गर्छन् । उल्लिखित जडीबुटी आफूले कोसीगड्तीरबाट संकलन गर्ने उनको भनाइ छ ।

‘तीन महिनासम्म अस्पताल बसेर उपचार गर्दा पनि भाँचिएको हात निको भएन,’त्यसपछि अधिकारीकहाँ गई औषधोपचार गरेपछि भाँचिएको हात ठीक भयो ।’ -विष्णु बस्नेत,  बिरामी

हजुरबुवाले सिकाएको यो कामले अस्पताल गएर उपचार गर्न नसक्नेका लागि उनी वरदान साबित भएका छन् । न उनी डाक्टर हुन् न त धामीझाँक्री नै । तर पनि उनको घरेलु उपचारबाट धेरै लाभान्वित भएको स्थानीय बताउँछन् ।  

‘तीन महिनासम्म अस्पताल बसेर उपचार गर्दा पनि भाँचिएको हात निको भएन,’ दिक्तेलनिवासी विष्णु बस्नेतले सुनाए, ‘त्यसपछि अधिकारीकहाँ गई औषधोपचार गरेपछि भाँचिएको हात ठीक भयो ।’ बस्नेतको भाँचिएको हात आफूले घरेलु उपचारबाट निको पारेपछि जिल्ला अस्पताल खोटाङ तात्कालिन चिकित्सक गणेश राईले बधाई सहित २ हजार ५ सय रुपैयाँ दिएको अधिकारीले बिर्सेका छैनन् । 
 

खोटाङ जिल्ला सदरमुकाम दिक्तेलबाट रामबहादुर अधिकारीको घर याम्खा–५, लिलिमा खोटाङ पुग्न सात घन्टा लाग्छ ।  ओखलढुंगा, उदयपुर, सोलुखुम्बु, भोजपुर र सिरहाबाट हातखुट्टा भाँचिएका मानिस अधिकारीकहाँ उपचार गर्न पुग्छन् । 

Last modified on 2017-01-16 09:05:39

  1. उद्धवराज भेटुवाल

    हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts