ब्रेकफास्टमा कर्न–फ्लेक्स खानाले हुन्छ क्यान्सर !



Download our app to get more features

बिहानको खाजामा प्रायः जसो मानिसले पाउरोटी, कर्न–फ्लेक्स र पाउरोटी–अमलेट खान रुचाउँछन् । तर, तपाईँलाई थाहा नहुन सक्छ, तपाईँको यो बानीले क्यान्सर जस्तो खतरनाक रोगलाई निमन्त्रणा दिईरहेको छ । 

सेतो पाउरोटी, कर्न–फ्लेक्स र तेलमा तारेको खाजा खानाले फोक्सोको क्यान्सर हुने सम्भावना बढी हुन्छ । त्यस बाहेक ग्लाइसेमिक इन्डेक्समा सहभागि भएका भोजन पनि खानाले क्यान्सरको खतरा बढेर जान्छ ।

ग्लाइसेमिक सूचकाकं र ग्लाइसेमिक इन्डेक्स एक प्रकारको संख्या हो, जो एक विशेष प्रकारको भोजन सँग सम्बन्धीत हुन्छ । यसले व्यक्तिको रगतमा भएको ग्लूकोजको मात्रामा भोजनको प्रभावलाई देखाउँछ ।

अध्ययनकर्ताहरुले यसका लागि फोक्सोको समस्या भएका १ हजार ९ सय ५ जना बिरामीहरु र २ हजार ४ सय २३ जना स्वस्थ मानिसमाथि पनि सर्वेक्षण गरे । अध्ययनका क्रममा सबैले आफ्नो पछिल्लो भोजन र स्वास्थ्यको बारेमा जानकारी दिएका थिए ।

अमेरिकाको यूनिभर्सिटी अफ टेक्सासका जिफेंग वू का अनुसार, अध्ययनका क्रममा  प्रतिदिन जीआई युक्त भोजन खाने भन्दा जीआई भोजन नखानेहरुको तुलनामा ४९ प्रतिशत बढी जोखिम पाइयो ।

अध्ययनकर्ताहरुका अनुसार सुर्ती र धूम्रपान सेवन नगर्नेहरुमा पनि फोक्सोको क्यान्सर भएको पाइयो । यसले थाहा हुन्छ कि भोजन पनि क्यान्सर रोगका लागि उत्तरदायी हुन सक्छ । यो अध्ययन “क्यान्सर इपिडेमियोलोजी बायोमार्कर्स एन्ड प्रिवेन्शन” मा प्रकाशित गरिएको  छ ।


(एजेन्सीको सहयोगमा)
 

Last modified on 2017-07-04 16:03:26

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

2 Comments

  1. Maile ta dhanni cigarette chodeko cancer hunch vanne sunera.Aba ma dhukka paye kinaki ma breakfast nah khanna.

  2. Yo Dr govinda kc lai ni tha rainaxa uha le ni breakfast ma jam bread matra linuhunxa re....


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts