इटालीका प्रधानमन्त्री अस्वस्थ भएपछि शल्यक्रिया सम्पन्न

What's This?


Download our app to get more features

इटाली, २७ पुस । इटाली प्रधानमन्त्री पाओलो जेन्टिलोनी पेरिसबाट स्वदशे फर्किने क्रममा मङ्गलबार अस्वस्थ महसुस गरेपछि भएको आकस्मिक शल्यक्रिया सफल भएको छ । 

यात्राका क्रममा असहज महसुस गरेपछि उनलाई उपचारका लागी अस्पताल भर्ना गरिएको थियो । उपचारका क्रममा रक्तनली अवरुद्ध भएको तथा साघुरिएको भन्दै उनको शल्यक्रिया गरिएको हो । 

वैसठ्ठी वर्षीय प्रधानमन्त्री शल्यक्रियापछि होसमा आएको र उनको स्वास्थ्यमा क्रमिक सुधार आएको उनका सहयोगीले बताए । 

“बुधबार बिहान हामीले कुराकानी गर्यौं, मलाई विश्वास छ प्रधानमन्त्री छिट्टै काममा फर्कनेछन्, जेन्टिलोनीका निकट रहेको मन्त्री बेनेडेट्टो डेल्ला वेदोभाले सञ्चारकर्मीसँगको कुराकानीमा बताए । 

उनको उपचार एन्जियोप्लाष्टी प्रविधिबाट गरिएको थियो । 

इटालीका पूर्व प्रधानमन्त्री मेटेओ रेन्जीले इटालीमा भएको जनमत सङ्ग्रहमा अपेक्षाकृत नतिजा पाउन नसकेपछि अकस्मात राजिनामा दिएका थिए ।

जेन्टिलोनीलाई गत महिनामा नियुक्त गरिएको थियो । प्रधानमन्त्री नियुक्त भएपछि यूरोपेली मुलकका नेताहरुसँगको भेटलाई प्राथमिकतामा राखी विदेश दौडाहमा थिए । उनले बिहीबार बेलायती समकक्षी थेरेसा मेसँग भेट्ने कार्यक्रम थियो ।

-रासस/एएफपी 
 

Last modified on 2017-07-04 16:04:08

  1. Dinesh Lamichhane

    Reporter

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts