NEWS: – स्वास्थ्य बीमा गरेकाहरुले उपत्यकाका ९ वटा सरकारी अस्पतालबाट उपचार सेवा लिन पाउने भएका छन् । – सरकारले हरेक स्थानीय तहमा कम्तीमा १५ बेडको अस्पताल रहने ब्यवस्था मिलाउन स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यलयले बिज्ञप्ती जारी गरि सबै स्थानीय तहमा संविधान तथा स्वीकृत कार्य्विस्तृतीकरण बमोजिम स्वास्थ्य सेवा व्यवस्थापन गर्नुका साथै कम्तिमा १५ शैयाको अस्पतालबाट क्रमशः स्वास्थ्य सेवा प्रवाह गर्ने व्यवस्था मिलाउन स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएको हो । – स्वास्थ्य मन्त्रालय र नेपाली सेनाको सहकार्यमा रौतहटमा मंगलबारदेखि एक हप्ते बृहत निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ । रौतहटको जिल्ला अस्पताल र व्यारेक फिल्डमा मंगलबार देखि १४ गते सम्म हुने बृहत स्वास्थ्य शिविरका लागि विषेशज्ञ चिकित्सक सहित स्वास्थ्यकर्मी, मोवाईल हस्पीटल, औषधी र उपकरणहरु शिविरस्थलमा पु्याईसकेको मन्त्रालयले जनाएको छ । – स्वास्थ्य संस्था दर्ता तथा नविकरण गर्न स्वास्थ्य मन्त्रालयले जारी गरेको निर्देशिका अनुसार फागुन मसान्तसम्म दर्ता भैसक्नुपर्ने भएपनि उपत्यकामा भएका करिव ६ सय स्वास्थ्य संस्था नविकरणका लागि काठमाण्डौं जिल्ला जनस्वास्थ्य कार्यालयमा आएनन् । <<>><<>>

Find Hospitals, Clinics, Doctors ...

किन हुन्छ बालबालिकामा मोटोपन ?

किन हुन्छ बालबालिकामा मोटोपन ?

Deurali_Janta_Pharmaceutical

विकसित देशको तुलनामा विकासोन्मुख देशमा मोटोपन धेरै कम मात्रामा पाइन्छ । विकसित देशको खानपिन, जीवनशैलीको नक्कल गर्दै नेपालमा पनि विगत केहि वर्षदेखि बच्चाहरुमा मोटोपन देखा परिरहेको छ ।

बच्चाहरुमा कुपोषण ५ मूख्य मुत्युदर बढाउने रोगहरुमा पर्दछ भने मोटोपनलाई रुग्णता (Morabidity) बढाउने समस्याको रुपमा लिन सकिन्छ । विश्वको तथ्यांक हेर्दा मोटोपना विगत तीस वर्षको तुलनामा चार गुणाले बढेको छ ।

नेपालको सन्र्दभमा मोटोपनको तग्यांक सम्वन्धी खासै अनुसन्धान भएको देखिदैन ।

नेपाल सरकारको एक मात्र बाल अस्पताल कान्ति बाल अस्पतालका इन्डोक्राइन ओपिडि सञ्चालनमा आएदेखि मोटोपना भएको बच्चाहरुको संख्या बढ्दो मात्रामा देखिन्छ । विगत एक वर्षको तथ्यांक हेर्दा कान्ति बाल अस्पतालको इन्डोक्राइन ओपिडिमा माटोपना भएको बालवालिका १५ प्रतिसतको हाराहारी देखिएको छ ।

बच्चाहरुको उमेर अनुसारको उचाई र तौल ग्रोथ मोनिटोरीगं चार्टबाट हेरीन्छ । जसमा यदि बच्चाको उचाई अनुसारको तौल बिएमआईको माथिल्लो रेखाभन्दा (९५ प्रसेण्टाइल) माथी रहेमा त्यसलाई मोटोपना भएको मानिन्छ ।

कारणहरु के के हुन् ?
मोटोपनाको कारणहरु धेरै छन् । साधारण मोटोपना देखि विभिन्न समस्या भएको मोटोपनमा विभिन्न कारणहरु हुन्छन् । कान्ति बाल अस्पतालमा आउने मोटा बच्चाहरुमा धेरै मात्रामा साधारण मोटोपना देखिएको छ ।

  • स्वस्थ्य जीवनशैली नभएको कारणले हुन्छ । 
  • अत्याधिक मात्रामा बाहिरी तथा तैयारी खाना जस्तै चाउचाउ, चकलेट, चिजवल, चिप्स लगायतका खाना सेवन गर्ने 
  • धेरैजसो समय मोवाईल, टेलिभिजन, कम्प्यूटरको प्रयोग गर्ने र 
  • बाहिर बढि खेल्ने समय कम हुँदै जानु मानिन्छ । 

बच्चाको मात्रै नभएर पारिवारिक खानपिनले पनि महत्वपूर्ण भूमिका खेलेको हुन्छ ।

मोटोपना वंशाणुगत तथा हर्मोनको अभाव तथा बढी भएको कारणले गर्दा पनि हुन्छ । जस्तै थाइराइड हर्मोनको कमी, बढ्ने हर्मोनको कमी, एड्रेनल हर्मोन बढी भएका, टाइप २ मधुमेह आदी वंशाणुगत मोटोपनामा यदि बाबु आमा मोटो भएमा पनि मोटो हुने संभावना हुन्छ । बच्चाको जन्मदा तौल ज्यादा बढी वा ज्यादै कम भएमा पनि मोटोपना हुने सम्भावना हुन्छ । जन्मजात समस्या जस्तै सिण्ड्रोमिक माटोपनामा प्रडेर विल्लि, बर्डेट बेइड्ल सिण्ड्रोम आदि पर्दछन् । त्यसैले मोटो बच्चाको जाँच पडेताल गर्दा शरीरको टाउको देखि खुट्टासम्म विस्तृत रुपमा जाँच गर्नु आवश्यक हुन्छ । बच्चाको जन्मदेखिको जानकारी, शारीरिक तथा मानसिक विकासका, खानजिनका तरिका साथै विस्तृत जीवनशैलीबारे बुझ्नु आवश्यक हुन्छ । विस्तृत जाँच गरिसकेपछि कारण पत्ता लगाउन र जटिलता थाहा पाउनको लागि रगत परिक्षण गर्नुपर्ने हुन्छ ।

कस्तो समस्याहरु आउन सक्छ ?
मोटोपनाले गर्दा बच्चामा विभिन्न जटिलताहरु आउन सक्छ । 

  • उच्च रक्तचाप 
  • टाइप २ मधुमेह
  • रगतमा बोसोको मात्रा बढी भएकोले मुटु सम्बन्धि समस्याहरु
  • कलेजोमा बोसोको मात्रा बढी हुने
  • श्वासप्रश्वास सम्बन्धि समस्या जस्तै दम, राती स्वास फेर्न समस्या 
  • ढाड घुँडा सम्बन्धि समस्या
  • मानसिक समस्याहरु जस्तै नैराश्यता, बालबच्चामा शाथीहरुको अगाडी मानसिक मनोवल कम हुने जस्ता समस्याहरु हुन्छन् ।

कसरी जोगाउने मोटोपनाबाट ?
बच्चाहरुलाई माटोपनाबाट जोगाउन समयमै सचेत हुन आवश्यक छ । 

  • खानपिनमा नियन्त्रण गर्नुभन्दा पनि स्वस्थ खानपिनमा जोड गर्ने ।
  • स्वस्थ जीवनशैलीको परिपालन गर्ने 
  • बाहिरी खाना अर्थात जकं फुड सेवन नगर्ने ।
  • नियमित शारिरीक अभ्यास गर्न लगाउने ।
  • मोकाइल, टेलिभिजन तथा कम्प्युटरको प्रयोग २४ घण्टमा २ घण्टामा सीमित राख्ने ।
  • घरको दैनिक काममा पनि बच्चाहरुलाई सहभागी गराउने ।
  • बेलुकीको खाना ७ बजेभित्र खुवाई १५ देखि २० मिनेट समय हिंड्डुल गर्न लगाउने ।
  • बेलुकीको खाना र सुत्ने समयको अन्तर करिव २ घण्टाको निर्धारण गर्ने ।

यी सबै तरिका अपनाउदा पनि बिएमआई ४० भन्दा बढी भएमा वयस्क अवश्थामा किशोर किशोरीहरुमा वैरियाट्रिक सर्जरी तथा औषधिको पनि प्रयोग गर्न सकिन्छ । स्वस्थ खानपिन तथा जीवनशैलीबाट मोटोपनबाट बच्चाहरुलाई जोगाउन सकिन्छ ।

हाम्रो जस्तो परिवेशमा जहाँ बच्चा मोटो हुनुलाई स्वस्थ मानिनछ, त्यस्तो अभिभावकहरुलाई मोटोपनले ल्याउन सक्ने समस्याको बारेमा जानकारी गराउनु अति आवश्यक हुन्छ ।

-कान्तिबाल अस्पतालको ५५ औं वार्षिकोत्सव विशेषांकबाट साभार
 

Swastha Bema AD below news KDC Ad Below News Sooriya Diagnostic
हाम्रो डाक्टर एप (Google Playstore) (Apple Store) मा पनि उप्लब्ध छ । डाउनलोड गर्नुहोला।

यसमा तपाइको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

Scroll to Top