उद्योगमन्त्री जोशीद्वारा स्वास्थ्य चौकीको भवन उद्घाटन

What's This?


Download our app to get more features

पाल्पा, २७ पुस । उद्योगमन्त्री नवीन्द्रराज जोशीले रामपुर नगरपालिका–२ पन्थेमा रहेको गाडाँकोट स्वास्थ्य चौकीको भवन आज उद्घाटन गरेका छन् ।

जोशीले स्वास्थ्य चौकीको भवन उद्घाटन गर्दै स्वास्थ्यको भौतिक पूर्वाधार सबैको साझा सम्पत्ति रहेको बताए ।

उनले भौतिक पूर्वाधारमा जीवन्त दिन स्थानीयवासीको महत्वपूर्ण भूमिका रहेको बताउँदै भौतिक पूर्वाधार निर्माण भएर मात्र हुँदैन सेवालाई पनि ध्यान दिनुपर्ने बताए ।

जनप्रतिनिधिविहीन अवस्थामा दलीय संयन्त्रले ग्रामीण क्षेत्रमा भौतिक पूर्वाधारदेखि सरकारी कार्यालयबाट प्रवाह हुने सेवा सुविधालाई ध्यान दिनुपर्नेमा जोड दिए । 

कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख उमाशङ्करप्रसाद चौधरीले स्वास्थ्य सेवा पु¥याउन भौतिक पूर्वाधारको महत्व ठूलो रहेको बताए ।

उन्नाइस कोठे दुई तले भवन बर्थिङ सेन्टरसहितको भवन एक करोड ७८ लाख ९८ हजार ६ सय १७ रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको हो ।

-रासस 
 

Last modified on 2017-07-04 16:05:15

  1. Dinesh Lamichhane

    Reporter

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts