NEWS: –पोखरामा बर्डफ्लु फेला पर्यो, मरेको हाँस कुखुरा जाँच गर्दा बर्डफ्लु भएको पुष्टि भएपछि खाल्टेमसिना र आसपासलाई संक्रमित क्षेत्र घोषणा गरी पन्छिजन्य वस्तु बिक्री वितरण र ओसारपसार नगर्न स्थानीय प्रशासनको अपिल । –काठमाडौंको सोह्रखुट्टेमा पर्यटक लक्षित २५ शैयाको ‘एरा हेल्थ सेन्टर’ को स्थापना, सेन्टरले स्वदेशी तथा विदेशी बिरामीको उपचारका लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारका उद्धार, परामर्श एवं उपचार सेवा र सुविधाको भरपर्दो व्यवस्था मिलाएको दावी । –स्वास्थ्य मन्त्रालयको समन्वयमा महिलाको स्तन र पाठेघरमा लाग्ने क्यान्सरको निःशुल्क उपचारको व्यवस्था मिलाउने महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयको तयारी, आगामी बजेटमा रकम नै विनियोजन गर्ने स्वास्थ्य मन्त्रालयको भनाई । <<>><<>>

Find Hospitals, Clinics, Doctors ...

खोकी लाग्छ ? थाहा पाउनुस् किन लाग्छ खोकी 

खोकी लाग्छ ? थाहा पाउनुस् किन लाग्छ खोकी 

HD App Ad

खोकी लाग्नु हामी धेरैमा प्राय देखिरहने स्वास्थ्य समस्या हो । खोकी आफैमा रोग नभएर विभिन्न रोगहरुको सुरुवाती लक्षण हो । खोकीलाई हामीले हल्का रुपले लिने गर्दछौ । तर कतिपय स्थितिमा भने खोकी हाम्रो छातीमा रहेको कुनै ठुलै रोगको लक्षण पनि हुन सक्छ । त्यसकारणले खोकीलाई सधै सामान्य रुपमा भने लिनु हुदैन । 

कसरी लाग्छ खोकी ?
श्वासप्रश्वासका केही मांसपेशीहरु खुम्चिनाले यसले यसले छाती भित्रको चाप बढाउँछ र सास फेर्ने नलिमा रहेको ग्लोटिस भनिने ढक्कन खुलाउँछ र हावा द्रूत गतिले बाहिर निस्कन्छ । यसरी मांसपेशी खुम्चाउने काम र छातीको चाप बढाउने काम भने श्वासप्रश्वास सम्बन्धि विभिन्न रोगहरुले गरिरहेका हुन्छन् ।

कुन कुन रोगमा देखिन्छ खोकी ?
श्वासप्रश्वास सम्बन्धि धेरै रोगहरुमा देखिने खोकी मुख्य गरि निम्न रोगहरुको लक्षण हुन सक्छन ।
श्वासप्रश्वास नलिको ब्याक्टेरियल वा भाइरल संक्रमण (जसलाई हामी बोलिचालीमा रुघाखोकी भन्छौ )
१. दम
२. क्षयरोग
३. निमोनिया
४. फोक्सोको क्यान्सर
५. कुनै वाहिरी बस्तु श्वासप्रश्वास नलिमा अड्किनु
६. धुवाँधुलो आदिको कारण
७. ग्यास्ट्राइटिस वा रिफ्लक्स डिजिज
८. केही औषधिहरुको साइड इफेक्ट

खोकीका प्रकार
१ सुक्खा खोकीः खकार बिना आउने खोकीलाई सुख्खा खोकि भनिन्छ । 
२. खकार सहितको खोकीः  यस्तो खोकी प्राय ब्याक्टेरियाको संक्रमणहरुमा देखिन्छ । जस्तैः निमोनिया, क्षयरोग, ब्रोन्काइटिस आदि ।

कस्तो खोकीमा खतरा हुन सक्छ ?
यदि खोकीको साथसाथै निम्न लक्षण देखिएमा तुरुन्त जाँच गराइहाल्नुपर्छ ।
१. खकारमा रगत आएमा
२. सास फेर्न गाह्रो भएमा
३. ज्वरो आएमा
४. छाती दुखेमा
५. तौल घटेमा

खोकीको जाँच कसरी गर्ने?
अस्पतालमा छातीको एक्स रे, खकार जाँच, रगत जाँच आदि गरेपछि खोकिको वास्तविक कारण पत्ता लाउन सकिन्छ । 

खोकीको उपचार कसरी गर्ने ?
खोकीको उपचार भन्दा अघि माथि उल्लेखित जाँचहरु गरेर के कारणले खोकी लागेको हो भन्ने थाहा पाउन जरुरी छ । खोकी दवाउने साधारण दवाइ मात्र खानाले केही समयसम्म खोकी निको भए नि पछि फेरि बल्झिन सक्छ । साथै सुख्खा खोकी र खकार आउने खोकीको औषधि पनि फरक हुन्छ । त्यसैले केही दिनसम्म पनि खोकी सन्चो नभएमा के कारणले खोकी लागेको हो पत्ता लगाउन जाँचहरुको निम्ति अस्पतालमा गएर चिकित्सकको सल्लाह अनुसारको औषधि सेवन गर्नुनै बुद्धिमानी हुन्छ ।

Nepal Pharma Expo Swastha Bema AD below news KDC Ad Below News Sooriya Diagnostic
हाम्रो डाक्टर एप (Google Playstore) (Apple Store) मा पनि उप्लब्ध छ । डाउनलोड गर्नुहोला।

यसमा तपाइको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

Scroll to Top