लसुन र महको फाइदा



Download our app to get more features

लसुन र महको बारेमा जानकारी नहुने सायदै होलान् ।

हरेक दिन हाम्रो भान्सामा लसुन मसालाको रुपमा प्रयोग हुन्छ । लसुन मलामात्रै नभएर यो भान्साको औषधि पनि हो । यसले शरीरका अनेक विकारलाई शुद्धीकरण गरेर अनेक खाले इन्फेक्शन कम गर्न समेत सहयोग गरिरहेको हुन्छ । लसुनले मानिसको पाचनक्रिलाई समेत फाइदा पु¥याइरहेको हुन्छ ।

बनाउने तरिका 

दुई, तीनवटा लसुनको पोटी पिसेर पनि पेस्ट बनाउने । त्यसमा ताजा (काँचो) मह मिसाउने । मिश्रणलाई केही बेर राख्ने, यसो गर्दा लसुनमा मह राम्ररी मिसिन्छ  । यसरी बनाइएको पेस्ट बिहान खाली पेटमा ७ दिनसम्म सेवन गर्ने ।

लसुन र महको महत्व

लसुनजस्तै मह पनि मानिसका लागि औषधिय गुणले भरिपूर्ण छ । लगातार सात दिनसम्म मह र लसुन सेवन गरेमा स्वास्थ्यका लागि चामत्कारिक फाइदा गर्छ । मह र लसुनबाट बनाइएको पेस्ट सेवन गर्दा स्वास्थ्यमा लाभ मिल्ने स्वास्थ्य विज्ञहरुको सुझाव छ ।

रुघाखोकीमा फाइदा

लसुन र महको मिश्रण सेवन गर्दा शरीरमा गर्मी बढाउँछ । यसले तपाइँलाई रुघाखोकीबाट पनि जोगाउँछ । 

मुटुका लागि फाइदा

लसुन र महको पेस्ट सेवन गर्दा मुटुलाई स्वस्थ राख्न मद्दत गर्छ । यसले मुटुमा जमेर बसेको विकारलाई पनि बाहिर निकाल्छ । यसले मुटुका धमी सफा गर्ने हुँदा रक्तसञ्चार राम्रोसँग हुन पाउँछ ।

पाचनक्रियामा लाभ

♦  यसको सेवनले पाचनक्रियालाई बलियो बनाउँछ । मानिसको पाचनप्रणली सबल भयो भने पेटका कारण सुरु हुने अन्य रोग लाग्नबाट जोगाउँछ ।

♦  लसुन र महको पेस्टले शरीरमा जम्मा भएका फोहोर र विकार बाहिर निकाल्न ‘क्लिनर’ को काम गर्छ । शरीरको विकार बाहिर निस्किएपछि मानिसलाई स्वस्थ जीवन बिताउन यो लाभकारी मानिएको छ ।

पखालाबाट छुट्कारा

यदि तपाईँ पटकपटक लाग्ने झाडापखालाबाट पीडित हुनुहुन्छ भने लसुन र महको पेस्ट तपार्इँका लागि ‘अमृत’ हुनसक्छ । यसको सेवनले पाचनप्रणलीले राम्ररी काम गर्न थाल्छ । यसले तपाईँको पेटसम्बन्धी जुनसुकै प्रकारको संक्रमण निको हुन सक्छ ।

घाँटीको इन्फेक्शनमा फाइदा

लसुन र महको पेस्ट घाँटीको इन्फेक्शनमा पनि त्यतिकै लाभकारी मानिएको छ । यसको मिश्रणमा एन्टी–एन्फ्लेमेटरी गुण पाइन्छ, जसले घाँटीको खसखस र सुन्निएको अवस्थाबाट आराम दिलाउँछ ।


(आजको अन्नपूर्ण पोस्ट दैनिकबाट)


 

Last modified on 2017-07-04 16:06:18

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts