मोजा लगाएर सुत्नुका फाइदा



Download our app to get more features

गर्मीको तुलनामा जाडो मौसमा मोजाको प्रयोग बढी हुनु स्वभाविकै हो । कतिपय व्यक्ति जति नै चिसो भएपनि मोजा प्रयोग गर्न रुचाँदैनन् । तर, दिनमा मात्र होइन, राति सुत्ने बेलामा पनि मोजा लगाउँदा लाभदायक हुन्छ । राति मोजा लगाउँदा पैतालासम्बन्धी धेरै समस्याको समाधान हुन्छ ।

१. यदि तपार्इँ राति मोजा लगाएर सुत्ने गर्नुहुन्छ भने त्यसको सबैभन्दा बढी फाइदा पैताला फुट्ने समस्याबाट छुट्कारा पाउनु हो । यस्तोब ानीले खुट्टालाई नरम बनाइ राख्छ ।

२. कतिपय व्यक्तिको खुट्टा बिहान उठ्दा ज्यादै सुक्खा हुने गर्छ । यस्तो समस्याबाट मुक्त हुन राति सुत्नुअघि खुट्टामा तेलको मालिस गरेर मोजा लगाउनु राम्रो हुन्छ । तेल मालिस गरी मोजा लगाएर सुत्दा खुट्टा नरम भई चिल्लो पनि बनाउँछ ।

३. चिसो मौसममा धेरै बेरसम्म पनि ओछ्यानमा खुट्टा नतात्ने धेरैको हुन्छ । यस्तो समस्याबाट छुट्कारा पाउन पनि मोजा प्रयोग गर्नु उपयुक्त विकल्प हो ।

४. धेरैको खुट्टामा अत्यधिक पसिना आउने समस्या हुन्छ । यसलाई हाइपरहाइड्रोसिस भनिन्छ । अत्यधिक पसिना आउने खुट्टामा मोजा लगाएर सुत्दा फाइदाजनक हुन्छ । मोजाले खुट्टामा आएको पसिना सोस्ने कारण धेरै राहत प्रदान गर्छ ।

५. मोजा लगाएर सुत्ने बानी गर्दा खुट्टामा फोहोर तथा ब्याक्टेरिया फैलिने सम्भावना हुँदैन । जसले गर्दा खुट्टामा कुनै पनि प्रकारको संक्रमण फैलिन पाउँदैन । त्यस्तै, खुट्टा गनाउने समस्याबाट समेत राहत प्राप्त गर्न सकिन्छ ।


(आजको नयाँ पत्रिका दैनिकबाट)  
 

Last modified on 2017-07-04 16:07:18

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts