२४ घण्टा ब्रा लगाउनु हुन्छ खतरनाक !



Download our app to get more features

तपाईले धेरै राम्रो लुगा लगाउनु भएको छ । तर,तपाईको इनर वेयर साइजको छैन र तपाई त्यसमा सजिलो अनुभव गर्नु हुन्न भने तपाईको जतिसुकै राम्रो लुगा नराम्रो देखिन्छ । यस अवस्थामा जरुरी छ कि तपाईको ब्रा को साइज तपाईको फिगर अनुसार हुनुपर्छ ।

सामान्यतया केटिहरु के सोच्छन् भने छोटो साईजको कप भएको ब्रा लगाउनाले ब्रेस्ट लामो समयसम्म कसिलो रहिरहन्छ । त्यसबाहेक उनीहरुलाई लाग्छ, दिनभर ब्रा लगाई राख्नु राम्रो फिगरको लागि आवश्यक पनि छ । तर, तपाईलाई यो जानेर आश्चर्य लाग्ला यि दुवै कुरा गलत हुन् ।

तपाईलाई थाहा छैन् होला, २४ घण्टा सम्म ब्रा लगाईराख्नु हाम्रो स्वास्थ्यको लागि खतरनाक हुन सक्छ र त्यसको असर हाम्रो स्वास्थ्यमा पर्न जान्छ ।

२४ घण्टा सम्म ब्रा लगाउनाले छालाले श्वास नै फेर्न पाउँदैन, जसले गर्दा अनेक प्रकारका स्वास्थ्य समस्याहरु हुन्छ । त्यसैले प्रयास गर्नुस् अफिस या बाहिर जाने बेलामा मात्र ब्रा को प्रयोग गर्ने र बाँकी समय घरमा हुँदा ब्रा नलगाउनुस् । तपाई आफैँले राहत महसुस गर्नु हुन्छ । दिनभर ब्रा लगाई राख्नाले छालामा दाग पनि बन्ने हुन्छ ।

दिनभर ब्रा लगाउनाको यो ६ साइड–इफेक्ट ः

१. स्तन दुख्ने 

जो महिलाहरु दिनभर ब्रा लगाई राख्छन् उनीहरुमा प्रायः स्तन दुख्ने समस्या हुन्छ । विशेष गरी त्यो महिलाहरुमा यस्तो समस्या हुन्छ जसले साइजको ब्रा लगाउँदिनन् ।

२. ब्लड सर्कुलेशन प्रभावित हुन्छ 

२४ घण्टा ब्रा लगाइ राख्नाले ब्लड सर्कुलेशन पनि प्रभावित हुन्छ । ब्रा धेरै टाइट भएर  स्तन तन्तुहरु पनि नस्ट हुने खतरा हुन्छ ।

३. पिठ्यू दुख्ने 

यदी तपाईलाई धेरै समय पिठ्यु दुख्ने समस्या छ भने त्यसको कारण पनि ब्रा हुन सक्छ । तपाई २४ घण्टा ब्रा लगाइ राख्नु हुन्छ भने तपाईलाई पिठ्यू दुख्ने समस्याले सताउने गर्छ । विशेष गरी त्यो महिलाहरुमा यो समस्या देखिन्छ जो सानो साईज र धेरै टाइट ब्रा लगाउँछिन् ।

४. छालामा समस्या

२४ घण्टा ब्रा लगाउनाले तपाईलाई छालाको समस्या पनि हुन सक्छ । चिलाउने, जलन,  असहज हुनु ।

५. रातो विमिराहरू​ आउने (हाइपरपिग्मेन्टेशन)

२४ घण्टा ब्रा लगाउने महिलाहरुमा अत्यधिक मात्रामा रातो विमिराहरू आउने खतरा रहन्छ ।

६. फंगस फैलिने आंशका 

२४ घण्टा ब्रा लगाइराख्नाले शरीरमा मोइश्चर बनी राख्छ जसले गर्दा फंगस फैलिने आशंका बढेर जान्छ ।


(एजेन्सीको सहयोगमा)
 

Last modified on 2017-07-04 16:08:32

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts