मधुमेह किन हुन्छ ? कस्ता व्यक्तिलाई हुन्छ ? (भिडियो सहित)



Download our app to get more features

धुमेह वा चिनीरोगले सतायो भन्ने व्यक्ति भेटिन्छ । यो रोग केही वर्षयता नेपालमा मात्र हैन विश्वभरि नै बढिरहेको छ । अझै यो दक्षिण एशियाली देशमा प्रकोपकै रुपमा बढिरहेको छ । मधुमेह लाग्नुका कारण, लक्षण र बच्ने उपाय के के हुन् त ? वरिष्ठ फेमेली (परिवार) फिजिसियन डा.दिनेश लम्साल भन्छन्  रगतमा चिनीको मात्र बढी हुनु नै मधुमेह हो । सामान्यतया स्वस्थ व्यक्तिमा रगतमा चिनीको मात्रा खाना खानुअघि १०० र खाना खाएपछि १४० हुनुपर्छ । रगतमा यो भन्दा बढी चिनीको मात्र देखिनुनै मधुमेह हो । हामीले खाएको खानेकुरा शरीरमा पुगेर ग्लुकोजमा परीणत हुन्छ र इन्सुलिनले शरीरमा ग्लुकोजको सन्तुलन कायम गर्छ। विविध कारणले प्यान्क्रियाजले आवश्यक भन्दा कम इन्सुलिन उत्पादन गर्दा ग्लुकोजको मात्रा शरीरमा बढ्न जान्छ र मधुमेह देखा पर्छ।

मधुमेह २ प्रकारको हुन्छ :
१. टाइप वान 
२. टाइप टु
३० वर्षभन्दा मुनिमा मानिसमा देखिने मधुमेह टाइप वान हो भने, ३० वर्ष भन्दा माथिका व्यक्तिमा देखिने टाइप टु हो ।

मधुमेह एक पटक भएपछि पूर्ण रुपमा निको हुँदैन ।  त्यसकारण मधुमेह भएका व्यक्तिमा अन्य दीर्घरोग लाग्ने सम्भावना प्रबल हुन्छ । मोटोपना वा पुष्ट शरीरनै मधुमेहको प्रमुख कारण हो ।

सहरी क्षेत्रमा बसोबास गर्ने मानिसलाई मधुमेहले बढी सताउने गरेको पाइन्छ । अस्वस्थ खानपान र विलासी जीवनशैली नै मधुमेह हुने कारण हुन् । यो जुन सुकै उमेर समुहका व्यक्तिमा पनि देखिन सक्छ ।

मधुमेहका लक्षण :
१. पिसाब छिटो छिटो लाग्नु ।
२. धेरै खाए पनि तौल घट्नु ।
३. भोक धेरै वा थोरै लाग्नु ।
४. आँखा तिरमिराउने, कमजोर भएको अनुभव हुनु ।
५. हात, खुट्टा झम्झमाउनु ।
६. रिँगाटा लाग्नुका साथै शरीर आलस्य हुनु, थकाइ बढी लाग्नु ।

मधुमेह लाग्ने कारण :
१. मधुमेह लाग्ने प्रमुख कारण भनेकै अनियन्त्रित तौल बढ्नु । बढी चिल्लो, मसलादार खानेकुरा खानु ।
२.
शारीरिक कसरत
नगर्नु । 
३.मानसिक रुपमा बढी प्रेसर पर्ने काम गर्नु ।
४.वंशाणुगत गुण ।
५. उच्च रक्तचाप हुनु ।  
६. मध्यपान तथा धूमपानको अत्यधिक सेवन ।

यस्ता व्यक्तिमा मधुमेहको जोखिम बढी हुन्छ:
१. मोटोपन बढी भएका ।
२. कम्मर, पेट वा शरीरका विभिन्न  भागमा बोसो जमेका । 
३. वंशाणुगत गुण
४. निष्क्रिय जीवन बिताउने ।

मधुमेह लाग्नबाट यसरी बच्ने :
१. तौल नियन्त्रणमा राख्ने ।
२.
शारीरिक कसरत हुने
  काम सधैँ गर्ने ।
३. नियमित व्यायम गर्ने ।
४. गुलियो, बढी चिल्लो, मसलेदार खानेकुरा तथा बोसोयुक्त मासुका साथै बढी कार्बोहाइड्रेटयुक्त खानेकुरा नखाने ।
५. मौसम अनुसार फलफूल तथा हरियो सागपात खाने ।
६. उच्च रक्तचापलाई नियन्त्रणमा राख्ने ।
७. धुमपान, मध्यपान नगर्ने ।

भिडियो हेर्नुस्

Last modified on 2017-07-04 16:10:50

  1. Dinesh Lamichhane

    Reporter

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts