राजधानीमै भेटियो स्क्रव टाइफसका नयाँ बिरामी, प्रकोप कायमै



Download our app to get more features

काठमाण्डौ, २६ पुस । सरकारले स्क्रब टाइफसको संक्रमण न्यूनीकरण भएको दावी गरिरहेका बेला राजधानीमै एकजना नया बिरामीमा स्क्रव टाइफसको कडा संक्रमण देखिएको छ । 

उच्च ज्वरो र टाउको दुखाईको समस्या लिएर सोमबार शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकु पुगेका एकजना २४ वर्षीय युवालाई स्क्रब टाइफस भएको पाइएको हो । अस्तपालका चिकित्सक एवं सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार उनमा उच्च ज्वरोका साथै मांशपेशी दुख्ने, टाउको दुख्ने, आँखा रातो हुने लगायतका समस्या थियो । 

धनगढीमा बस्ने उक्त युवा सवारी चालक रहेको बताइएको छ । उनलाई औषधि चलाइएको छ । डा. पुनका अनुसार जाडोमा स्क्रब टाइफसको संक्रमण कम हुनुपर्ने भएपनि नेपालमा त्यस्तो देखिएको छैन । परिणामस्वरुप हिजोआज पनि संक्रमण भेटिने गरेको छ । 

स्वास्थ्य सेवा विभागको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार यो वर्षमात्र देशभर गरी ८ सय १५ जनामा स्क्रव टाइफसका बिरामी भेटिएका छन् । उनीहरुमध्ये १४ जनाको मृत्यु भएको छ । महाशाखाले स्क्रव टाइफसको बढी प्रकोप देखिएको चितवनमा मुसा मार्ने अभियान चलाएपनि त्यो बन्द भैसक्यो । तर अझै स्क्रव टाइफसका बिरामी भेटिने क्रम भनेको जारी छ ।  
 

Last modified on 2017-01-11 11:00:26

  1. उद्धवराज भेटुवाल

    हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts