वीरगञ्जका हेल्थ असिस्टेन्टको आन्दोलनमा प्रहरी हस्तक्षेप



Download our app to get more features

वीरगंज, २४ पुस । स्वास्थ्य चौकी प्रमुखको विषयलाई लिएर हप्तादिन देखि आन्दोलनरत पर्साका हेल्थ असिष्टेन्टहरुलाई प्रहरी प्रशासनले कार्यालय प्रवेशमा रोक लगाएको छ ।

आइतबार बिहान १० बजे धर्ना दिन कार्यालय पुगेका आन्दोलनकारीलाई सुरक्षाको कारण देखाउदै कार्यालय परिसरमा आन्दोलन गर्न रोक लगाएको प्रहरीले जनाएको छ । उता आफनै कार्यालयमा प्रहरीले छिर्न नदिएर लोकतन्त्रको धज्जी उडाएको आन्दोलनरत हेल्थ असिष्टेन्ट संघ पर्साका अध्यक्ष रबिन्द्र साहले बताए । साहले शान्तिपुर्ण आन्दोलन पनि गर्न नदिएर स्थानीय प्रशासनले अनावश्यक दमन गर्न खोजेको आरोप लगाए ।

माग सम्बोधन गर्नुको साटो प्रशासनले प्रहरी र सशस्त्र प्रहरी परिचालन गरी आन्दोलन तुहाउने तर्फ लागेको आन्दोलनकारीको आरोप छ । उनीहरुले आफ्नो मागप्रति स्थानीय निकाय गम्भीर नदेखिए जिल्ला जनस्वास्थ्य कार्यालय पर्साको मुलगेटमै अनसन बस्ने चेतावनी पनि दिएका छन् ।

आन्दोलनमा हेल्थ असिष्टेन्ट संघ नेपालका केन्द्रिय सदस्य अनिल कुमार यादव, हेल्थ असिष्टेन्ट पर्साका उपाध्यक्ष सुनिल कुर्मी, सचिव राजु साह, विनु श्रेष्ठ, अपसरा देवकोटा, संजीता ढकाल, बबिता साह, भगवती भट्ट, सर्मीला मल्ल लगायत ८० जना भन्दा बढी हेल्थ असिष्टेन्ट सहभागी छन् । पुस १७ गते देखि चरणवद्ध आन्दोलनमा उत्रेका पर्साका हेल्थ असिष्टेन्टहरुले माग पुरा नभए सम्म आन्दोलन जारी राख्ने बताएका छन् ।

तस्बिरः साझा सबाल डटकम

Last modified on 2017-01-09 16:50:32

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts