थाइराइडका बिरामीले गर्न नहुने यी ७ कुरा 



Download our app to get more features

 ‘थाइराइड’ को नाम सुन्नेवित्तिकै कतिपय मानिसहरु त्रसित हुन्छन् । तर यो समस्याबाट डर मान्नुपर्ने कुनै कारण छैन् ।

सामान्यतया हाम्रो शरीरमा थाइराइड हर्मोनको कमी वा बढी मात्रा भएमा थाइराइड ग्रन्थीको रोग भएको बुझिन्छ । थाइराइड आफैंमा रोग नभई एउटा ग्रन्थी भएको चिकित्सकहरुको भनाई छ ।

ध्यान दिनुपर्ने कुरा के हो भने थाइराइडलाई बेलैमा पहिचान गरि उपचार गराउन सक्नुपर्छ । 

थाइराइडका बिरामीहरुले के–कस्ता काम गर्नु हुँदैन त ? केही कामहरु यसप्रकार छन्, जुन थाइराइडका बिरामीहरुले कहिल्यै गर्नुहुँदैन । 

इन्टरनेटको अध्ययनमाथि विश्वास
थाइराइडबाट पीडित मानिसहरु कसरी यसबाट बच्न सकिन्छ भन्ने उपायको खोजिमा हुन्छन् । कतिपयले इन्टरनेटको सहयोग पनि लिएर थाइराइडको उपचार आफैले गर्ने गर्छन । तर इन्टरनेटमाथि पुर्ण विश्वास गर्नु ठिक नभएको चिकित्सकहरुको निष्कर्ष छ । 

चिकित्सकसँग पर्याप्त सुझाव नलिनु
थाइराइडका बिरामीहरुले अन्य श्रोतबाट जानकारी लिन्छन्, जसका कारण सही कुरा उनीहरुले थाहा पाउँदैनन् । त्यसैले थाइराइडका बिरामीहरुले चिकित्सकसँग पर्याप्त सुझाव लिनुपर्दछ । चिकित्सकलाई राम्रो साथी बनाउन सक्नुपर्छ । 

थाइराइड बारे गलत कल्पना
यदि कुनै मानिस एक पटक थाइराइडबाट निको भइसकेपछि फेरी कुनै समस्या देखिएमा आफु थाइराइडबाट पीडित भएको कल्पना गर्न पुग्दछन् । तर त्यो थाइराइडका लक्षणहरु नहुनपनि सक्छ । 

धूम्रपान गर्नु
चुरोटमा पाइने विभिन्न प्रकारका तत्वले थाइराइडका लागि निकै हानिकारक मानिन्छ । धूम्रपानका कारण थाइराइड आँखा रोगको विकास गर्ने सम्भावनालाई बढाउँछ । त्यसैले धूम्रपानलाई बार्नु नै ठिक हुनेछ । 

जाँचपछि परिणाम स्वीकार नगर्नु
चिकित्सले जाँच गरेको रिपोर्ट सामान्य भएपनि थाइराइडबाट ग्रसित भएका बिरामीहरु थाइराइडको समस्याबाट छुट्कारा नपाएको महसुस गर्नु । बिरामीहरुले रिपोर्टलाई स्वीकार गर्न हिच्किचाउँछन् । तर चिकित्सकमाथि विश्वास गर्नसक्नुपर्छ । 

औषधिलाई लुकाउनु
थाइराइडका बिरामीहरुले चिकित्सक कहाँ कुनै कुरा लुकाउनु हुँदैन । खासगरि औषधिको विषयमा । कतिपय बिरामीहरु चिकित्सकको सल्लाह बिना नै औषधि प्रयोग गर्ने गर्छन तर त्यो बिरामीहरुका लागि निकै घातक हुनसक्छ । त्यसैले चिकित्सकसँग खुलेर कुरा गर्नुपर्छ । 

सबै प्राकृतिक उत्पादनको प्रयोग सुरक्षित होइन
कतिपय मानिसहरु विभिन्न प्रकारका प्राकृतिक, आयुर्वेदिक उपचार पनि गर्ने गर्छन । तर सबै प्रकारका प्राकृतिक उत्पादन बिरामीहरुका लागि हित हुननसक्ने चिकित्सकहरु बताउँछन् । त्यसैले थाइराइडका बिरामीहरु यसबाट बच्नसक्नुपर्दछ । 

एजेन्सीको सहयोगमा

Last modified on 2017-07-06 12:13:44

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

1 Comments

  1. थाइराइद मा के के खानेकुरा बार्नु पर्छ होला र योरोग निकोहुन्छ कि हुँदै न होला


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts