त्रिविले आइओएमको स्वायत्तता खोस्ने भएपछि डा. केसी क्रुद्ध, प्रधानमन्त्री र शिक्षामन्त्रीले बेइमानी गरेको आरोप



Download our app to get more features

काठमाण्डौ, २३ पुस । त्रिभूवन विश्वविद्यालयले चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम)को अधिकार कटौति गर्नेगरी गरेको निर्णयको डा. गोविन्द केसीले चर्को विरोध गरेका छन् ।

शनिवार प्रेस विज्ञप्ति निकाल्दै डा. केसीले आईओएमलाई पूर्णत स्वायत्त बनाउने गरी आफुसँग भएको सम्झौता विपरित त्रिवि सिनेटले निर्णय गरेको उल्लेख गर्दै त्रिविको निर्णयको मतियार कुलपति र सहकुलपति समेत रहेका प्रधानमन्त्री र शिक्षामन्त्री भएको आरोप लगाएका छन् । 

आइओएमको फ्याकल्टी बोर्डमा निहीत मेडिकल कलेजको सिट, विद्यार्थी भर्ना एवं शुल्कसम्बन्धी निर्णय गर्ने अधिकार विश्वविद्यालयले खोसेर मेडिकल कलेजलाई सम्बन्धन, सिटसंख्या र शुल्क निर्धारण गर्ने अधिकार राजनीतिक कार्यकर्तालाई दिन खोजिएको केसीको आरोप छ । केसीले आफ्नो अघिल्लो अनशनका क्रममा भएका सम्झौताको पालना हुनुको साटो उल्लंघन भइरहेको भन्दै तत्काल माथेमा प्रतिवेदनको मर्म अनुरुपको चिकित्सा शिक्षा ऐन संसदबाट पारित गराउन माग गरेका छन् । आफ्ना सबै  माग पूरा गर्न डा. केसीले तीनहप्ताको अल्टिमेटम समेत दिएका छन् । केसीले तीनहप्ता भित्र माग पूरा नभए अर्को चरणको संघर्ष थाल्ने पनि विज्ञप्ति मार्फत चेतावनी दिएका छन् । फोटो फाइल
 

हुर्नुहोस् विज्ञप्ति


 

Last modified on 2017-01-08 23:37:42

  1. उद्धवराज भेटुवाल

    हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts