यौन जीवन सफल बनाउन खान नहुने कुराहरु



Download our app to get more features

यौन मानव जीवनका लागि नभइ नहुने शारिरिक क्रिया हो । यसको सही रुपमा सदुपयोग गर्यो भने हाम्रो शरीरलाई स्वस्थ र फुर्तिलो बनाउन सहयोग गर्छ ।
हामीमध्ये धेरैलाई यौनशक्ति बढाउन खानुपर्ने चिजको बारेमा जानकारी हुन्छ । तर, यस्ता चिज खाँदा यौन सन्तुष्टिमा कमी ल्याउन सक्छ भन्ने कुराको कमैलाई थाहा हुन सक्छ । थाहा पाईराखौं यौन सम्पर्क गर्नु अगाडी खान नहुने चिजहरु ।

बिन्सः गेडागुडी सजिलै नपच्ने हुनाले यौन सम्पर्क बेलामा पेटमा ग्यास भरिएर गार्हो  हुन सक्छ ।

लसुनः लसुन सेवन गर्नाले मुख गन्हाउछ । जसले गर्दा चुम्बन गर्न नमज्जा हुन सक्छ । किनकी चुम्बन बिना यौनकार्य पूर्ण हुँदैन भन्ने सबैलाई जानकारी छ ।

पनिरः पनिर सबैको प्रिय वस्तु हो । तर यसको सेवनले चिसो बनाउने हुनाले यौन सम्पर्कमा मज्जा खोज्नेले नखादा राम्रो हुन्छ ।

रातो मासुः रातो मासु हेभी हुने हुनाले चाँडै निद्रा लाग्छ । जसले गर्दा सक्रिय भएर सम्भोग गर्न कठिन हुन सक्छ । स्वास्थ्यका हिसावले यौन जीवनमा दुवै पक्ष जति सक्रिय भयो त्यत्ति नै फाइदा हुन्छ ।

फ्रेन्च फ्राईः यसमा बढी चिसो र नुनिलो हुने भएकाले प्रेसर हाइ बनाउन सक्छ । जसले गर्दा पूर्णरुपमा उत्तेजित हुन सकिदैन ।

पेपर मिन्टः पेपर मिन्ट मुखमा हाल्दा श्वास फ्रेस हुन्छ भन्ने आम मानसिकता छ । तर यसमा पाइने मेन्थलले ‘टेस्टेस्टोरोन हर्मन’को कमी गर्छ । जसको कारण यौन सम्पर्कको दौडमा कमी आउन सक्छ ।

एजेन्सीको सहयोगमा 

Last modified on 2017-07-06 12:18:56

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts