Browse new version of Hamro Doctor news.hamrodoctor.com
NEWS: – राष्ट्रिय स्वास्थ्य बीमा कार्यक्रम लागू भएका जिल्लाहरुका प्राथमिक स्वास्थ्य केन्द्रमा विभिन्न स्वास्थ्य उपकरणहरु पठाइएको छ । – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्थापित अन्तर्राष्ट्रियस्तरको ‘हेल्थ डेक्स’ मर्मत भए पनि क्यामरा जडान नहुँदा सञ्चालनमा ढिलाई । – परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा अब सिटी स्क्यान सेवा सुरु हुने भएको छ । – शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारमा स्वास्थ्यमन्त्रीका रुपमा माओवादी नेता गिरिराजमणि पोखरेल आउने भएका छन् । – उपत्यकामा यसवर्ष तीन जनामा हैजाको जिवाणु फेला परेको छ, तीनै जना ललितपुरका रहेका छन् । <<>><<>>
Deurali_Janta_Pharmaceutical-ad

Find Hospitals, Clinics, Doctors ...

सैनिक अस्पतालमा अव सर्वसाधारणको पनि उपचार हुने

सैनिक अस्पतालमा अव सर्वसाधारणको पनि उपचार हुने

काठमाण्डौं २३, पुस । नेपाली सेनाले सञ्चालन गरेको अस्पताल अव सर्वसाधारणका लागि पनि खुला गरिने भएको छ । सेनाको  उपचारका लागि नेपाली सेनाले स्थापना गरेको अस्पतालमा अव सर्वधारणले पनि उपचार पाउने भएका हुन् । स्वास्थ्य मन्त्रालयको अनुरोधपछि नेपाली सेना सैनिक अस्पतालमा सर्वसाधारणलाई पनि उपचार गर्न सहमत  भएको हो ।

यस सम्बन्धी सहमतिपत्रमा औपचारिक हस्ताक्षर भने हुन बाँकी छ । यस्तै, नेपाली सेनाले सञ्चालन गरिरहेको अत्याधुनिक मोबाइल अस्पताललाई सर्वसाधारणको उपचारका लागि विभिन्न ठाउँमा लैजाने, सेनाको एयर एम्बुसलेन्स सञ्चालनका लागि समिति बनाएर टुंगो लगाउने, नेपाली सेनाका युनिटहरुबाट पनि नागरिकलाई निःशूल्क औषधि वितरण गर्ने, विपतका बेला स्वास्थ्य उपचारको व्यवस्थापनका लागि सहकार्य गर्ने लगायत विषयमा मोटामोटी सहमति भएको तर अन्तिम रुप दिन बाँकी रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यस्तै सरकारले नेपाली सेनाबाट मेडिकल अध्ययनको पोेष्ट ग्य्राजुएसन अध्ययनका लागि छात्रबृत्ति लगायत सहुलियत दिने सहमति पनि भएको छ ।

Swastha Bema AD below news KDC Ad Below News
हाम्रो डाक्टर एप (Google Playstore) (Apple Store) मा पनि उप्लब्ध छ । डाउनलोड गर्नुहोला।

यसमा तपाइको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

Scroll to Top