मोतिविन्दु के हो ? यसबाट कसरी बच्ने ?



Download our app to get more features

आँखा मानवशरीरको सबैभन्दा संवेदनशील अंग हो । आँखाको सुरक्षाको लागि मानिस हर कुरामा सचेत हुनु पर्दछ । धेरैको आँखामा देखिने समस्या भनेकै मोतिविन्दु हो । मोतिविन्दु के हो ? र कसरी बच्ने ? आँखा रोग डाक्टर अमृत आचार्यसँग गरिएको कुराकानी


मोतिविन्दु भनेको के हो ?
आँखाको नानी वरपरको भागमा देखिने सेतो धब्बानै मोतिविन्दु हो । कुनै पनि बस्तुलाई हेर्दा प्रकाशको किरण आँखाको नानीबाट रेटिनासम्म पुग्छ । अनिमात्र हामीले त्यो बस्तुलाई देख्छौं । जव मोतिबिन्दुका कारण आँखाको नानी वा वरपरको भागमा बादलजस्तो धब्बा देखिन्छ तब हेरेको बस्तुलाई राम्रोसँग स्पष्ट देख्दैनौं । सामान्यतया मोतिविन्दु उमेर बढ्दै गए पछि देखा पर्ने भए पनि, बच्चा वा जुनसुकै उमेर समुहका व्यक्तिमा पनि हुन सक्छ ।

मोतीबिन्दु हुने प्रमुख कारण ः

  • बढ्दो उमेरसँगै आँखाको नानीले राम्रोसँग काम नगर्नु ।
  • आँखाको नानी मोटो वा कम पारदर्शी हुनु ।
  • आँखाको लेन्समा दाग लाग्नु ।
  • आँखाको नानीमा घाउ,चोट लाग्नु ।
  • विशेष गरेर दिउसोको चर्को घाममा सूर्यको प्रकाश सिधा आँखामा पर्ने गरि हेर्नु ।

मोतिविन्दुका लक्षण ः 

  • पीडा नभईकन धमिलो देखिनु वा दृष्टि कम हुनु ।
  • आँखाको वरपर बादल जस्तो धमिलो देखिनु ।
  • प्रकाश वरिपरी हेर्न कठिन हुनु ।
  • कम प्रकाश वा राती हेर्न अप्ठ्यारो हुनु ।
  • बेला बेला आँखाको पावरमा परिवर्तन हुनु ।
  • आँखा हेर्दा फिक्का वा हल्का पहेँलो देखिनु ।
  • नजिकै भएको बस्तुमात्र स्पष्ट देखिनु ।
  • एउटै आँखाले दुई दृष्टि वा तलमाथि तलमाथि देख्नु ।
  • आँखा चिलाउने, आँसु आइरहने वा झिमझिम हुने ।

अधिकांशमा मोतिविन्दु उमेर बढ्दै जादा हुने भएकाले मोतिविन्दु लाग्ने बित्तिकै थाहा नहुन पनि सक्छ । 
मोतिविन्दुको खतरा यी व्यक्तिलाई बढी हुन्छ ः

  • सामान्यतया ५० वर्ष कटेका व्यक्ति ।
  • चिनी रोग भएका व्यक्ति ।
  • बढी मोटोपना भएका व्यक्ति ।
  • थाइराइड भएका व्यक्ति ।
  • उच्च रक्तचाप भएका व्यक्ति ।
  • आँखाको अपरेशन भएका व्यक्ति ।
  • दीर्घकालीन स्टेरोयड औषधि सेवन गर्ने व्यक्ति ।
  • अत्याधिक धुम्रपान वा मध्यपान गर्ने व्यक्ति ।
  • बंशाणुगत गुण ।


मोतिविन्दु लागेको कसरी थाहा पाउने ?
यो विस्तारै देखा पर्ने भएकाले बच्चा उमेरदेखिनै कम्तिमा वर्षको एकपटक विशेषज्ञ चिकित्सककामा आँखा चेकजाँच गराउने ।
मोतिबिन्दु लागेका शंका लागेमा वा कुनै लक्षण देखा परेमा तुरुन्त विशेषज्ञकहाँ चेकजाँच गराउने ।

मोतिविन्दु हुनबाट यसरी बच्ने ः

  • आँखालाई सधै घामको विकिरणबाट जोगाउने ।
  • सबै उमेर समुहका मानिसले कम्तिमा वर्षको एक चोटी विशेषज्ञ चिकित्सकसंग आखाँ चेकजाँच गराउने । किनकी सामान्य उपचारबाटै निको हुने मोतिविन्दु पनि लामो समय भए सदाको लागि दृष्टि गुम्न पनि सक्छ । 
  • धुम्रपान नगर्ने ।
  • पढ्दा, लेख्दा वा जुनसुकै काम गर्दा उज्यालो प्रकाशमा गर्ने । 
  • उच्चरक्तचाप, मधुमेह, तौल नियन्त्रणमा राख्ने ।
  • चस्मा वा लेन्सको प्रयोग गर्दा चिकित्सकको सल्लाह लिने ।
  • आँखालाई घाउ, चोट लाग्नबाट जोगाउने ।

मोतिविन्दुको उपचार ः
धेरैलाई भ्रम हुनसक्छ मोतिविन्दु लाग्यो भने ठीक हुदैन् । तर त्यसो हैन व्यक्तिको उमेर र मोतिविन्दुको प्रकृति हेरी यसको उपचार गर्न सकिन्छ । तर मोतिविन्दु भएको लामो समय भएमा र उचित उपचार नभएमा सदाको लागि आँखाको दृष्टि गुम्न पनि सक्छ । त्यस अर्थ बेलैमा साबधानी अपनाई कुनै समस्या आए तत्काल विशेषज्ञ चिकित्सककोमा जाँच गराउनु पर्छ । 


 

Last modified on 2017-01-05 18:30:33

  1. Dinesh Lamichhane

    Reporter

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts