पेटमा जुका लाग्ला है !



Download our app to get more features

हाम्रो पेटमा विभिन्न प्रजातिका जुकाहरु लाग्न सक्छ्न । कतिपय जुकाहरु पेटमा रहेर पनि कुनै पनि लक्षण नदेखिन सक्छ। पेटमा लाग्ने जुकाहरुको बारेमा जानकारी राख्नाले र तिनीहरुबाट बच्ने सावधानीका उपायहरु अपनाउनाले जुकाबाट शरीरमा हुने हानीबाट वच्न सकिन्छ । ।

पेटमा कस्ता जुकाहरु लाग्न सक्छ्न ?
१. गोलो जुका स् जुकाको अन्डाबाट संक्रमीत र फोहोर खाना र पानीबाट सर्ने यो जुका सानो आन्द्रामा गएर बस्दछ
२. अंकुसे जुका स् खाली खुट्टा हिड्दा पैताला र छालाबाट सर्ने यो जुका फोक्सो हुँदै आन्द्रामा गएर बस्दछ
३. टेनिया प्रजातिका जुका स् यी जुकाहरु सुँगुर, बङगुर आदिको मासु राम्रोसंग नपकाइ खाएमा लाग्न सक्छ
४. इकाइनोकोकस प्रजातिको जुकास् यी जुकाहरु कुकुर आदि घरपालुका जनावरबाट मानिसमा सर्दछ र कलेजो लगायतका अंगहरुमा हाइडाटिज डिजिज भन्ने रोग गराउदछ

पेटमा जुका लाग्नुको लक्षणहरु के के हुन ?

  • पेट दुख्नु
  • झाडापखाला लाग्नु
  • बान्ता हुनु
  • खान मन नलाग्नु
  • पेट फुलिनु
  • बच्चाहरुले तौल र उचाई नबढ्नु
  • रक्तअल्पता देखिनु
  • जुका फोक्सोमा गएमा सास फेर्न गाह्रो हुनु, खोकी लाग्नु, स्यास्या हुनु, खकारमा रगत देखिनु
  • टेनिया प्रजातिको जुका दिमागमा गएमा छारेरोग, टाउको दुख्ने आदि समस्याहरु देखिन सक्छ
  • इकाइनोकोकस प्रजातिको जुकाले पेटको दाहिने भाग दुखाइ, जन्डिस र कलेजोको अन्य समस्याहरु देख

पेटमा जुका लाग्नबाट कसरी बच्ने ?
वातावरण्ीाय सरसफाई र आफ्नो दैनिक जीवनमा केही सावधानी अपनाउनाले पेटमा लाग्ने जुकाबाट बच्न सकिन्छ ।

  • पिउने पानी उमालेर, फिल्टर गरेर वा शुद्धीकरणका अन्य विधीहरु अपनाएर मात्र पिउने
  • खाना खानु अघि र दिशा गरेपछि साबुन पानीले हात धुने
  • फोहोर, बासी, सडेगलेको र झिंगा भन्केको खानेकुरा नखाने
  • शौचालय जादा वा खेत वारि वा बाहिर खालीखुट्टा नहिड्ने र चप्पल लगाउने
  • सुँगुर, बङगुर आदिको मासु राम्रोसँग पकाएर मात्र खाने
  • घरपालुवा जनावर जस्तै कुकुर, विरालो आदि छोएसी राम्रोसँग साबुन पानीले हात धुने

जुकाको औसधि कुन कुन समयमा खाने ?
पाँच वर्ष मुनीको बालबालिकाहरुलाई छ महिनाको अन्तरालमा भिटामिन ए क्याप्सुल संगै र सुत्केरी महिलाहरुलाई सरकारले जुकाको औसधि राष्ट्रिय स्वास्थ्य कार्यक्रम अन्तरगत वितरण गरिरहेको छ ।
यसबाहेक हामी जो कोहीले पनि ६ महिनाको अन्तरालमा जुकाको औसधि आफै पनि प्रयोग गर्न सकिन्छ। “अल्बेन्डाजोल ४०० मिलीग्राम“ जुकाबाट बच्नको निम्ती प्रयोग गरिने औसधि हो ।

Last modified on 2017-07-06 12:56:26

  1. Dinesh Lamichhane

    Reporter

    View Other Stories by Author >>

1 Comments

  1. Xare rog sambandhi jaankaari paauna paaye aavari hunethiye.


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts