स्वास्थ्यका ४ हजार कर्मचारी कडा आन्दोलनमा, माग पूरा नभए संयुक्त राजीनामा दिने



Download our app to get more features

काठमाण्डौ, २० पुस । पदस्थापना अनुसारको जिम्मेवारीको माग गर्दै  आन्दोलनरत स्वास्थ्य सेवाको छैटौं र सातौं तहका कर्मचारीले राजधानी केन्द्रित आन्दोलन थालेका छन् । 
स्वास्थ्य सेवा ऐनको ९(ख) विपरित मन्त्रालयले पदस्थापना भएअनुसारको जिम्मेवारी नदिएको भन्दै उनीहरुले लामो समयदेखि आन्दोलन गर्दै आएका छन् ।

ऐन अनुसार पाँचौ तहको स्वास्थ्य सहायक (एच.ए) ले छैटौं र सातौं तहलाई नेतृत्व गरेको तर अधिकृत तहका छैटौं र सातौं तहका पदस्थापना गरेर पनि जिम्मेवारी नदिएको उनीहरुको गुनासो छ । मन्त्रालयले पाँचौं तहका हेल्थ असिस्टेन्टको मातहतमा स्वास्थ्य चौकी लगायत स्वास्थ्य संस्थामा सिअहेब लगायत छैटौं र सातौं तहका अधिकृतभन्दा कर्मचारीले काम गर्नुपर्ने गरी संरचना बनाएको छ । जुन स्वास्थ्य सेवा ऐनमा लेखिएभन्दा फरक हो । 

मन्त्रालयलाई पटक पटक आग्रह गर्दापनि आफ्नो माग सुनुवाई नभएको भन्दै स्वास्थ्य मन्त्रालय केन्द्रित आन्दोलन थालेको ९(ख) कार्यान्वयन संघर्ष समितिका संयोजक अनिल पाण्डेले हाम्रो डक्टरलाई बताए । ‘देशभरबाट ४ हजार स्वास्थ्यकर्मी राजधानी आउँदैछन् यो पटकपनि माग पूरा नभए संयुक्त राजीनामा दिनेसम्मको कार्यक्रम गर्छौं ।’ उनले भने । 
सहायकको नेतृत्वमा काम गर्न नसकिने भन्दै आक्राशित भएकाहरुले आज स्वास्थ्य मन्त्रालयमा धर्ना आयोजना गरेका छन् ।

उनीहरुको मागका सम्बन्धमा स्वास्थ्य मन्त्री गगन थापाले भोलि वार्ताका लागि समय दिएका छन् । देशभर स्वास्थ्य सेवाको छैटौं र सातौं तहमा ४ हजारभन्दा स्वास्थ्यकर्मी छन् । स्वास्थ्य चौकी छाडेर अहेब, सिअहेव लगायत आन्दोलनमा होमिएपछि स्वास्थ्य सेवा प्रभावित बनेको छ । मन्त्रालयले उनीहरुसँग वार्ता गरी समस्या समाधान गर्ने बताउँदै आएको छ । 
 

Last modified on 2017-07-06 12:59:52

  1. उद्धवराज भेटुवाल

    हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।

    View Other Stories by Author >>

7 Comments

  1. Bishwo Shanti koirala on Sat, Jan 07 2017 07:37 PM

    Rajinama diyani Farak pardain Kinaki Nepal ma Berojgar ko kunai Kami xain....#Chetana Vaya.....

  2. नारायण दत्त भट्टon Thu, Jan 05 2017 10:05 PM

    सरकार ले स्वास्थ्य सेवा मा तह गत प्रणाली लागू गर्नु पर्छ!

  3. k H.A haru 6th ra 7th level ma pugdain na ra .uheli po darbandi na khulayer thula bhaye ko hamro A.HW sathi haru

  4. मीन ब.धामी केस नेस्वाकयूon Thu, Jan 05 2017 05:15 PM

    एउटा खरीदार र नासु साखा अधिकृत देखि सचीव सम्म बन्ने तर खरिदार हामी स्वाक चाही ऊही पद बाटै अबकास पाऊने यो राज्यको बिभेद र घोर अन्यायहो ।

  5. पाण्डब दाहालon Wed, Jan 04 2017 09:56 PM

    स्वास्थ्य सेवा ऐन र नियमावलीमा भएका अपुर्णताहरुले गर्दा ख़ास अवधी(२०५४-६८)मा स्वास्थ्यकर्मीहरु लाई ब्रित्तीबिकास र पदोन्नतीमा बाधा पुग्यो, नयां पीडीहरुकालागि ऐन नियम संसोधन गरी राम्रै ब्यबस्थाहरु गरिएका भएपनि बिगतका पिरमर्कालाई सुधार गरी अवसर बाड्ने कामहरु हुन सकेनन्। कानुनी अस्पस्टता, द्वैध ब्यवस्था र अब्यबहारिक नियमका परीणाम बिभीन्न जिल्लाका स्वास्थ्य संस्थामा कर्मचारीहरु मनमुटाव र अराजक अवस्था देखिन थालेकाछन्। यो समस्याको निकाय निकाल्न सरकारले अझै कन्जुसाई गर्दैछ, जब कि यसका लागि अतिरिक्त आर्थिक भार नै पर्दैन। किन उचित निकास खोजिदैछैन! अचम्म लाग्छ!

  6. भोलि को बार्ता सफल होस सुभकामना

  7. Parvati thalamus magaron Wed, Jan 04 2017 08:12 PM

    5th ko under ma kam Garne you ramro vaya


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts