मेवाको पातको जूसले बचाउँछ ज्यानै जाने रोगबाट ...



Download our app to get more features

मेवा खानुले हाम्रो स्वास्थ्यलाई धेरै फाइदा हुन्छ । तर, मेवाको पातको जूस विरलै कसैले पिएको सुनिन्छ ।

मेवाको पातको जूस यदी तपाईले पिउनु भएको छ भने राम्रो हो र यदी पिउनु भएको छैन् भने अब पिउन थाल्नुस् । किनकी मेवा खानुको साथै मेवाकोे पातको जूसले धेरै प्रकारका रोगहरुबाट छुट्कारा पाउन सकिन्छ ।

उसो त डेङ्गु र चिकनगुनियाका रोगिहरुलाईं मेवाको पातको जूस पिउन सल्लाह दिन्छन् । तर, यदी तपाई जीवनभर स्वस्थ रहन चाहनुहुन्छ भने आफ्नो नियमित डाइटमा मेवाको जूसलाई सहभागि गराउन सक्नु हुन्छ ।

जानौँ, मेवाको पातको जूस पीउनुको फाइदा...

१. क्यान्सर कोषलाई बढ्न दिदैँन  

मेवाको पातमा क्यान्सर सँग लड्ने गुण हुन्छ । जसले इम्यूनिटीलाई बढाउनमा मद्दत गर्छ , र सर्भाइकल क्यान्सर, स्तन क्यान्सर जस्ता क्यान्सरका कोषहरुलाई उत्पन्न हुनबाट जोगाउँछ ।

२. इन्फेक्शनबाट बचाउँछ 

शरीरको इम्यूनिटीलाई बढाउनुका साथै मेवाको पातको जूसले शरीरमा व्याक्टेरियाको उत्पादनलाई रोक्नमा पनि मद्दत गर्छ । यसले रगतमा सेतो रक्त कोषिका (व्हाईट व्लड सेल्स) र प्लेटलेट्सलाई पनि बढाउनमा मद्दत गर्छ ।

३. डेंगूको लागि रामबाण औषधि

डेंगू र मलेरिया सँग लड़नमा मेवाको पातको जूस धेरै नै लाभकारी हुन्छ । यसले ज्वरोको कारण कम हुँदै गएको प्लेटलेट्सलाई बढाउनुका साथै शरीरमा कमजोरी हुन दिदैँन ।

४. महिनावारीको समय दुखाईबाट बचाउँछ 

महिनावारीको समय हुने दुखाई धेरै नै खतरनाक हुन्छ र यस अवस्थामा हुने दुखाईमा मेवाको पातको जूसमा इमली, नून र २ गिलास पानी मिसाएर काढ़ा बनाउने । त्यसपछि त्यो काढालाई सेलाएर पिउनाले दुखाईमा राहत प्राप्त हुन्छ ।

५. रगतको कमीमा लाभदायक  

मेवाको पातको जूस औषधि भन्दा कम हुँदैन । यदी तपाईको रगतमा प्लेटलेट्स कम हुँदैछ भने मेवाको पातको जूस पिउन सक्नु हुन्छ । मेवाको पातको जूस तपाई दैनिक दुई चम्मचा तिन महिनासम्म पिउनुभयो भने तपाईको रगतमा प्लेटलेट्सको मात्रा चाँडै नै बढेर जान्छ ।


(एजेन्सीको सहयोगमा)
 

Last modified on 2017-07-07 17:34:02

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

2 Comments

  1. सुरेश राई on Sat, Dec 24 2016 07:30 AM

    आज बल्ल पढन पाँए अब प्रयोग गरेर हेरौ र अरु पनि केहि भए सुझाव जानकारी पाँउ यसै मेल मार्फत

  2. Resham khadka chhetri on Fri, Dec 23 2016 08:12 PM

    Good to hear this hope you send me more n more such news pls.thanks.


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts