ग्याष्ट्रिक बढेपछि बलिउड अभिनेता धर्मेन्द्र अस्पताल भर्ना

What's This?


Download our app to get more features

एजेन्सी, ६ पुस । प्रसिद्ध बलिउड अभिनेता धर्मेन्द्र अस्वस्थ भएपछि उनलाई मुम्बइको नानावती अस्पतालमा भर्ना गरिएको छ ।

 भारतीय सञ्चारमाध्यमहरुका अनुसार उनलाई ग्यास्ट्रिक बिग्रिएर स्वास्थ्य अवस्था गंभीर भएपछि अस्पताल भर्ना गरीएको हो ।

अस्पताल भर्ना भएपछि उनलाई लगातार एन्टिबायोटिक दिएसँगै स्वास्थ्यमा क्रमिक सुधार भएको अस्पतालले उल्लेख गरेको छ । गएको आठ डिसेम्बरमा ८१ औं जन्मदिन मनाएका  धर्मेन्द्रसँग अस्पतालमा उनको परिवार र अन्य बलिउड कलाकार पनि रहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

Mumbai: Veteran Bollywood actor Dharmendra admitted to Nanavati Hospital, he is suffering from gastroenteritis — ANI (@ANI_news) December 20, 2016

 

 

Last modified on 2017-07-07 17:47:35

  1. Dinesh Lamichhane

    Reporter

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts