करिनाले छोरा जन्माइन



Download our app to get more features

काठमाण्डौं, ५ पुष ।बलिउड स्टार करिना कपुर खानले एक महिना अस्पताल बसेर स्वस्थ छोरो जन्म दिएकी छिन् ।

सैफ अलि खान तथा करिना कपुर खानले आज अस्पतालबाटै सबैलाई धन्यवाद दिँदै छोरा जन्मिएको बताएका हुन् ।

उनलाई चिकित्सकले डिसेम्बर ४ मा डेलिभरीको समय दिएपछि गत नोभेम्बरमा १८ मा अस्पताल भर्ना भएकी थिइन् । खान परिवारले नयाँ वर्षको आगमनसंगै खुसि भित्रिएको भन्दै नयाँ वर्षको शुभकामनासमेत दिएका छन् ।

उनको छोराको नाम तैमूरअलि खान पटौदी नाम राखिएको बताएका छन् । अस्पतालका अनुसार आमा करिना र छोरा तैमूरको स्वास्थ्यस्थिति अत्यन्तै राम्रो रहेको भारतिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

करिनाले छोरो पाएको खबर सबैभन्दा पहिले करण जौहरले व्टिटर मार्फत सार्वजनिक गरेका थिए ।

My Bebo had a baby boy!!!!!!! Am so so happy!!!!!!! #TaimurAliKhan❤️❤️❤️❤️❤️ — Karan Johar (@karanjohar) December 20, 2016


 

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts