बलिउडका सुन्दर हिरोइनहरुको ‘फिट एण्ड हेल्दी’ फर्मूला 

What's This?


Download our app to get more features

एजेन्सी । हामी हाम्रो शारीरिक बनावट हामीले मन पराउने हिरो हिरोइनकै जस्तै होस् भन्ने चाहान्छौं । तर हामीलाई थाहा हुँदैन उनीहरु आफ्नो स्वास्थ्यलाई कति ध्यान दिन्छन ? कति आफ्नो स्वास्थ्यप्रति चिन्तित हुन्छन् भनेर ।

 बलिउडमा स्थापित भैसकेका नायिकाहरु आफ्नो स्वास्थ्यको लागी नियमित वर्कआउट र योगलाई विशेष ध्यान दिने गरेका छन् ।

 १. सोनाक्षी सिन्हा
चलचित्र दबंगबाट बलिउडमा आफ्नो वर्चस्व स्थापित गरेकी उनी पहिलो प्राथमिकता आफ्नो स्वास्थ्यलाई दिन्छिन् । उनले ९० किलो तौललाई सजिलै सन्तुलनमा ल्याएकी  छिन् ।  आफ्नो तौल संतुलनमा राख्न कार्डियो, पौडि, टेनिस, योगा र दैनिक खानपानमा ध्यान दिन्छिन । त्यस्तै उनको तर्कमा स्वस्थ र तौल सन्तुलनमा राख्न मश्तिष्कको अवस्था र धैर्यता महत्वपूर्ण हुन्छ ।

 
२. सोनम कपुर
बलिउडमा सबैभन्दा चुलबुले र चुजी नायिकाको रुपमा देखिने सोनम आंफ्नो स्वास्थ्यमा कुनै सम्झौता नगरेको बताउँछिन् । उनी भन्छिन् मानिसहरु मेरो शररि देखेर पत्याउदैनन् की म प्रत्येक २२ घण्टामा मज्जाले खान्छु । 
उनी टिनेजमा ८६ किलो थिइन् तर अहिले उनले ३५ किलो तौल घटाउन सफल भइन् । उनी संधै वर्कआउटमा जान्छिन् र पिलाटेस, काथक भनिने पावर योगाको प्रशिक्षण पनि लिन्छिन् ।


३. करिना कपुर
चुजी नायिका भनेर चिनिने करिनाले टसन फिल्म खेल्नका लागी जिरो साइजको फिगर बनाइन । मानिसहरु जेरो सइजको फिगर बनाउन डाइटिगं बस्ने, शल्यक्रिया गर्ने जस्ता तरिका अपनाउंछन् तर उनले सन्तुलित खानपान र योगा गरेर तौल सन्तुलन गरेको बताउंछिन् ।

उनले आहार विशेषज्ञ रुजता दिवाकरको सल्लाहमा सन्तुलित खानपान र  योगा प्रशिक्षक पायल गिडवालको सहयोगमा पावर योगा गरी स्वास्थ्यलाई धेरै ध्यान दिएको बताउँछिन् ।


४. परिणीता चोपरा 
परिणिता पनि स्वस्थ रहनुको मुख्य कारण घर बाहिर सकेसम्म खानेकुरा नखाने र नियमित शारीरिक व्यायम गर्नु नै हो । उनी नियमित मर्निंगवाक जान्छिन् । उनी नियमित घोडचढीमा जाने, पौडी खेल्ने र मज्जाले दुर्कुने बानि नै  परेको बताउंछिन् । अझै रोचक कुरा के छ चोपरा पिज्जा बर्गरलाई भने टाढैबाट बाइबाई भन्ने गरेको बताउँछिन् ।


५. आलिया भट्ट
आलिया भट्ट आफ्नो स्वास्थ्यलाई कति ध्यान दिन्छिन भन्ने कुरा उनले भर्खर नियुक्त गरेको निजि फिटनेस प्रशिक्षकबाट थाहा हुन्छ । भर्खर बलिउडमा जम्दै गरेकी यनी सफल हुनुमा आफ्नो शारिरिक बनावटलाई श्रेय दिन्छिन् । भन्छिन् मैले मेरो शरीरलाई ध्यान दिइन भने म कहाँ राम्री देखिन्छु त ? 
स्टुडेण्ट अफ दि एअर फिल्मबाट बलिउडमा पाइला टेकेकी आलियाले अहिले दैनिक वर्कआउटमा जान्छिन् र पिलाटेस, काथक भनिने पावर योगाको प्रशिक्षण पनि लिन्छिन् ।

  1. Dinesh Lamichhane

    Reporter

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts