चिकित्सकले बनाए मानसिक तनावबारे लघु चलचित्र (भिडियो सहित)



Download our app to get more features

काठमाडौं, २९ मंसिर । युनिभर्सल कलेज अफ मेडिकल साइन्समा अध्ययनरत चिकित्सकद्वय डा शून्य प्रकम्पित र डा नितेश कुमार रायले एउटा मनोबैज्ञानिक विधामा ‘द मिट’ भन्ने लघु चलचित्र निर्माण गरेका छन् ।

यो लघु चलचित्रले विद्यार्थी माझ हुन सक्ने मानसिक तनाव र समस्यालाई बारे प्रष्ट पार्ने प्रयत्न गरेको छ ।

मोबाइलकै क्यामेरा प्रयोग गरेर न्यून प्रविधिबाट चिकित्सकद्वयले नयाँ नमुना दर्शक सामु पस्केका हुन् ।

मेडिकल विद्यार्थीमध्ये २ सय ५५ जनामा डिप्रेसन र १ सय ५ जनामा आत्महत्या लगायतका मानसिक रोग रहेको तथ्य पश्चिमी राष्ट्र बाट उजागर भइरहँदा यो लघु चलचित्रले पनि नेपालका विद्यार्थीहरुमा हुने मानसिक तनावको समस्या बारे उजागर गर्न सकिने विश्वास गरिएको छ । 
 

Last modified on 2017-06-11 17:41:56


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts