NEWS: –मुटु तथा नशा सम्बन्धी विशेषज्ञ डक्टरहरुको संस्था भास्कुलर सोसाइटी अफ नेपाल स्थापना, मुटु तथा नशा सम्बन्धि रोगहरु वारे आममानिसलाई चेतना जगाउने र मुटु तथा नशारोग सम्बन्धी चिकित्सकको क्षमता अभिबृद्धि गर्न समाज स्थापना भएको समाजको भनाई । –१ सय ८ वर्षीय दलवीरलाई सेवाग्राही कार्ड दिएर बाँकेमा स्वास्थ्य शिविर सञ्चालन, शिविरमा स्त्री तथा प्रसूति, बाल स्वास्थ्य, नाक कान घाँटी, चर्म तथा यौन रोग, आँखा, तथा हाडजोर्नी लगायतका बिशेषज्ञ चिकित्सकको निशुल्क उपचार गराइने आयोजकको भनाई । –औषधिको खरिदमा रहेको जटिलता हटाउन खरिद ऐनको संशोधन, ऐनकै असहजताले अव औषधिको अभाव नहुने स्वास्थ्य मन्त्रालयको भनाई । <<>><<>>

Find Hospitals, Clinics, Doctors ...

कस्तो महिलालाई हुनसक्छ पाठेघरको मुखको क्यान्सर र कसरी बच्ने ?

कस्तो महिलालाई हुनसक्छ पाठेघरको मुखको क्यान्सर र कसरी बच्ने ?

HD App Ad

कुनै पनि रोगले बुढाबुढी, युवायुवती, किशोरकिशोरी वा केटाकेटी, जातभात अथवा यो ठाउँ त्यो ठाउँ भन्दैन । क्यान्सर पनि त्यस्तै रोग हो । यसले फलानो ठाउँ, बस्ती र समाज भनेर भेदभाव गर्दैन । त्यसमा पनि महिलाहरु बढी मात्रामा पाठेघरको मुखको क्यान्सरको शिकार भएको पाइएको छ । महिलाहरुमा हुने विभिन्नप्रकारका रोगहरु मध्ये पाठेघरको क्यान्सर पनि एक हो ।

पाठेघर महिलाहरुको प्रमुख प्रजनन् अंग हो । यो पेटको तल्लो भागमा रहेको हुन्छ । विकसित मुलुकमा भन्दा नेपाली महिलाहरुमा सबभन्दा बढी हुने क्यान्सर नै पाठेघरको मुखको क्यान्सर हो ।  यो रोग प्रायजसो ३४ देखि ३९ बर्ष र ६० देखि  ६४ उमेर समूहका महिलाहरुमा बढी पाइएको छ । 

लक्षणहरु
– योनीबाट फोहोर तथा गन्हाउने पानी बग्नु
– यौन सम्पर्कपछि रगत देखापर्नु
– महिनावारीको बीच बीचमा रगत बग्नु
– महिनावारी हुन छाडेका वा सुकीसकेका महिलाहरुमा रगत देखापर्नु
– तल्लो पेट दुख्नु
– यौन सम्पर्क राख्दा दुख्नु
– विनाकारण वजन घट्नु
– क्यान्सर भएको छ कि छैन भनि कसरी पत्ता लगाउने ? 
– प्याप स्मेयर परिक्षण  गरेर
– colposcopy जाँच गरेर
– बायोप्सी (मासुको टुक्रा जाँच) गराएर
– सि.टी स्क्यान  आदी गरेर । 

Globocan 2012 को रिपोर्ट अनुसार यो रोग धेरै मात्रामा कम विकसित मुलुकमा पाइएको छ । जसमा ८४ प्रतिशतमा पाठेघरको मुखको क्यान्सर पाइएको बताएको छ  । त्यस्तै गरि Cervical Cancer Estimated incidence, Mortality and Prevalence worldwide in 2012 को रिपोर्ट अनुसार more developed regions माभन्दा less developed regions मा बढी मात्रामा पाठेघरको मुखको क्यान्सर पाइएको बताइएको छ । WHO को विभिन्न regions हरुमा सबैभन्दा ठूलो WHO South-East Asia regions भएको उल्लेख गरिएको छ । 

प्रत्येक २५ हजार महिलामध्ये १ जनाको यो रोगबाट WHO European region मा मृत्यु हुने गरेको तथ्य बाहिर आउको छ ।  हाल Cervical Screening को रिपोर्ट अनुसार यो रोगबाट मृत्यु हुने र रोग लाग्ने संख्या घट्दै गएको छ । 
NHS को रिपोर्ट अनुसार UK मा अग्रीम पहिचान तथा कअचभभलष्लन बाट पाठेघरको मुखको क्यान्सरको संख्यामा घट्दै आए तापनि प्रतिबर्ष ३ हजार महिलाहरुमा बढी मात्रामा पाइए तापनि २५ बर्ष मुनिका महिलाहरुमा कम मात्रामा यो रोग  पाइएको छ । 
           

            कस्तालाई लाग्न सक्छ ?
–    कलिलै उमेरमा विवाह भएका महिलाहरु
–    कलिलै उमेरमा यौन सम्पर्क राख्ने महिलाहरु 
–     धेरै पुरुषसंग यौन सम्पर्क राख्ने महिलाहरु 
–    बढी सन्तान जन्माउने महिलाहरु
–     खानपानमा ध्यान नदिने तथा कुपोषित महिलाहरु
–    एचपीभी भाइरसबाट संक्रमित महिलाहरु 
–    पाठेघर तथा यौन सम्बन्धी रोगबाट बारम्बार संक्रमण हुने महिलाहरु
–    हर्मोनको बढी मात्रामा प्रयोग गर्ने महिलाहरु

यो रोग लाग्नुका कारणहरु
–बढीमात्रामा  धुम्रपान तथा मद्यपान गर्नाले
–खानपानमा बढीमात्रामा नुन र धुवाँमा सेकाएका खाना खानाले
–बढीमात्रामा हर्मोनको प्रयोगले
–बंशाणुगत गुण
–असुरक्षित यौन सम्पर्क

 

लक्षणहरु
– योनीबाट फोहोर तथा गन्हाउने पानी बग्नु
– यौन सम्पर्कपछि रगत देखापर्नु
– महिनावारीको बीच बीचमा रगत बग्नु
– महिनावारी हुन छाडेका वा सुकीसकेका महिलाहरुमा रगत देखापर्नु
– तल्लो पेट दुख्नु
– यौन सम्पर्क राख्दा दुख्नु
– विनाकारण वजन घट्नु
– क्यान्सर भएको छ कि छैन भनि कसरी पत्ता लगाउने ? 
– प्याप स्मेयर परिक्षण  गरेर
– colposcopy जाँच गरेर
– बायोप्सी (मासुको टुक्रा जाँच) गराएर
– सि.टी स्क्यान  आदी गरेर । 

उपचार विधि
–अप्रेशन
–केमो थेरापी (सुई दिएर वा औषधीको प्रयोग गरेर)
–रेडियोथेरापी (विकरणले सेकेर)

क्यान्सर हुनु अघि नै कसरी थाहा पाउने ? 
महिलाहरुमा हुने क्यान्सर रोग यो एउटामात्र त्यस्तो क्यान्सर रोग हो जो हुनु अघि नै पत्ता लगाउन सकिन्छ । त्यसको लागि
– नियमित प्याप स्मेयर परिक्षण
– धुम्रपान तथा मद्यपान त्याग्ने
– यौन रोग भएकासँग यौन सम्पर्क नराख्ने
– यौन सम्पर्क राख्नु अघि कण्डमको प्रयोग गर्ने

यो रोग लागि सकेपछि बाँच्ने सम्भावना कति ?
– पहिलो स्टेजमा ८० देखि ९० प्रतिशत 
– दोस्रो स्टेजमा ६० देखि ९० प्रतिशत
– तेस्रो स्टेजमा ३० देखि ५० प्रतिशत
– चौथो स्टेजमा २० प्रतिशत
(श्रेष्ठ भक्तपुर क्यान्सर अस्पतालका सिनियर नर्स हुन् )

 
 

Nepal Pharma Expo Swastha Bema AD below news KDC Ad Below News Sooriya Diagnostic
हाम्रो डाक्टर एप (Google Playstore) (Apple Store) मा पनि उप्लब्ध छ । डाउनलोड गर्नुहोला।

यसमा तपाइको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

Scroll to Top