कुन समय सहवासका लागी उचित



Download our app to get more features

 महिनावारी पूरा भएको पाँचौंदेखि सातौं दिनसम्ममा महिलाहरूलाई पुरुषसँग यौन सम्र्पकको अधिक रहर हुने तथ्य सार्वजनिक भएको छ । जर्मनीमा गरीएको एउटा अध्ययनका अनुसार यो अवधिमा महिलालाई सहवासमा बढी आनन्द आउँछ ।

जर्मनीको युनिभर्सिटी अफ बेम्बर्गनका अनुसन्धाताहरुले एक हजार युवा र युवतीमा गरीएको सर्वेक्षणपछि यस्तो तथ्य सार्वजनिक भएको हो ।

सहभागीहरूलाई महिलासँग कुन समय यौन सम्बन्ध राख्दा उनीहरूलाई बढी आनन्द अनुभूति हुन्छ भन्नेबारे सोधिएको थियो । यौन विशेषज्ञहरूका अनुसार, महिनावारी पूरा भएको पाँचदेखि सात दिनसम्म महिलाहरु यौनको ‘मुड’ मा बढी हुन्छन् । महिनावारी पूरा भएपछि यौनका लागि उत्तेजित गर्ने हार्मोन सक्रिय हुने भएकोले यो समयमा महिलाहरूलाई पुरुषसँग यौन सम्र्पकको अधिक रहर हुने अनुसन्धानकर्ताहरुको अध्ययनमा उल्लेख छ ।

अनुसन्धानकर्ताहरूले त्यस अवधिमा युवतीहरूको मस्तिष्कको तरंगको बारेमासमेत निकै अध्ययन गरे । महिनावारीपछिको तीन दिनमा हुने सहवासले बढी रमाइलो अनुभूति दिन्छ । यस्तो किन हुन्छ, पाँचौंदेखि सातौं दिनसम्म गर्भाधारणको सम्भावना बढ्छ । यसैले यस अवधिमा सम्पर्कको तीव्र इच्छा जागृत हुन्छ ।

सर्वेक्षणमा युवतीहरूले महिनावारीपछिका तीन दिन पूर्ण यौनानन्दको चाहना राख्ने गरेको बताए । उनीहरूका अनुसार, त्यस बेला पाइने यौन आनन्द अन्य दिनको दाँजोमा निकै सुखद र आनन्ददायक हुन्छ ।

अध्ययनमा के पनि पाइयो भने, महिनैपिच्छे तीन दिन गरिने सहवासले वैवाहिक जीवनलाई बढी रमाइलो बनाउने रहेछ, पार्टनरबीच भविष्यमा यौनको विषयलाई लिएर दूरी पनि नबढ्ने देखियो ।

एजेन्सीको सहयोगमा

Last modified on 2016-12-11 07:23:50

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts