स्त्री र पुरुषका लागि सहयोगी प्राकृतिक यौनवद्र्धक तत्वहरु



Download our app to get more features

प्राचीन ग्रिसेली सभ्यतामा प्रेमकी देवी ‘अफरोडिट’को चर्चा हुन्थ्यो जसले समुन्द्रबाट निस्किएर ‘इरोस’ नामक देवलाई जन्म दिइन् जसलाई राम्रो यौन सम्बन्धको रुपमा बुझ्ने गरिन्थ्यो । यसै प्रतीकात्मक पौराणिक श्रुतिबाट ‘अफोरोडिसिक’ अर्थात् यौनशक्तिवद्र्धक र बलवद्र्धक खानेकुराहरु भन्ने शब्द जन्मिएको मानिन्छ । यता पूर्वेली सभ्यतामा रसायन तथा वाजीकरण भनेर आयुर्वेदमा एउटा छुट्टै अध्ययन क्षेत्र वा विशेषज्ञ विभागको उल्लेख गरिएको पाइन्छ, यसको तात्पर्य सम्पूर्ण शरीरको सुस्वास्थ्यको ऐनाका रुपमा यौन क्षमतालई मानेर त्यसको विकास र संवृद्धिका लागि आवश्यक सेव्य औषधि र उपायहरुका बारेमा अध्ययन गर्ने गरिएको करा आयुर्वेदमा चाख राख्ने सबैलाई विदितै छ । 

यौन क्षमतामा वृद्धिको अर्थ यौनद्वारा मानिसलई प्राप्त हुने भौतिक आनन्दलई कायम राख्ने, बढाउने तथा प्रजननशक्ति अर्थात अर्को पुस्ता जन्माउने शक्तिलाई राख्ने र बढाउने दुवै अध्ययनद्वारा प्रेरित हुन्छ । 

यथार्थमा यौनशक्तिवद्र्धक भनेर मानिएका प्राकृतिक स्रोतबाट प्राप्त हुने खाद्य पदर्थहरुले तत्कालै यौन उत्तेजना बढाउने मात्र नभई दीर्घकालसम्म यौन आनन्दभोग र सन्तानप्राप्तिको क्षमतालाई नियमबद्ध रुपमा विकसित गरेर कायम राख्छन् । 

हामीले दैनिक रुपमा खाने गरेका वा हाम्रै वरिपरिका वातावरणमा उब्जने, फल्ने वा फुल्ने प्राकृतिक जैविक तत्वहरुमा त्यो क्षमता रहेको हुन्छ भन्ने कुरा पूर्वामा वेद, उपनिषद्, पुराण र पश्चिममा धर्मग्रन्थहरु र आधुनिक विज्ञानको पनि चासो र सरोकारको विषय रहिआएको छ । अर्थवेदमा त विविध वनस्पतिहरुको उल्लेख पाइन्छ । 

यस्ता खाद्य तत्वहरुलाई मोटामोटी रुपमा दुई भागमा बाँड्न सकिन्छ । 
१. पुरुषहरुका लागि उपयोगी, र
२. स्त्रीहरुका लागि उपयोगी

पुरुषहरुका लागि उपयोगी
१. अदुवाः पुरुषमा यौन शक्तिवद्र्धनका लागि अदुवाको प्रयोगलाई उपयोगी मानिएको छ । यसले पुरुषको लिङ्गलगायत सम्पूर्ण यौन क्षमताको विकास गर्ने विश्वास गरिन्छ । 

२. बेलको पातः बेल यस्तो रुख जसका पातलाई हिन्दु संस्कृतिमा शिवको पूजाआराधना गर्दा चढाउन आवश्यक मानिन्छ । यस कुराको साङ्ककतिक अर्थ पनि छ कारण बेलका पातको नियमित सेवन गर्नाले मानसिक शक्ति विकास हुने र एकाग्रता बढाएर त्यसका माध्यमबाट पुरुषमा लिङ्ग उत्तेजना गर्ने र त्यसलाई आवश्यक समयसम्म कायम राख्न सकिने विश्वास गरिन्छ । 

३. महः महमा फ्रुक्टोज नाम गरेको कार्बोहाइड्रेट तत्व हुन्छ जो माहुरीद्वारा मह बनाउन प्रयोग गरिने फूल र वनस्पतिबाट प्राप्त हुन्छ । यसलाई नियमित रुपमा रातिको भोजनपछि सेवन गर्नाले शक्ति प्राप्त हुने र त्य शक्तिले खासगरी यौन उत्तेजना उत्पन्न गर्न र त्यसलाई कायम राख्न मद्दत गर्ने विश्वास गरिन्छ । 

४. लिचीः लिची यस्तो फल हो जुन जेठ असार महिनातिर फल्दछ र बाहिरबाट काँढैकाँढा भएको बोक्र्राले छोपिएको हुन्छ । त्यसको भित्रपट्टि सेतो, कमलो मासुजस्तो भाग हुन्छ र त्यसभन्दा पनि भित्रपट्टि गाढा रङको गेडा हुन्छ । यसमा पुरुषत्व र प्रजननशक्ति बढाउने(शुक्रकीटको क्षमता बढाउने) तत्वहरु भएको मानिन्छ । यसका अतिरिक्त यसले कमजोरी घटाउने र स्फूर्ति बढाउने तथा पुरुष यौनाङ्गमा शिथिलता आउन नदिने विश्वास गरिन्छ । 

५. मकाः यो दक्षिण अमेरिकामा अवस्थित पेरु राज्यमा फैलिएको एन्डिज पर्वतमालामा पाइने एकथरी रुखको जरा हो । यसले यौनेच्छा बढाउने, लिङ्गको कडापन बढाउनाका साथै पुरुषको आनन्दलाई वृद्धि गर्ने विश्वास गरिन्छ । 

६. मुइरापुवामाः ये दक्षिणी अमेरिकाली महादेशमै अवस्थित अर्को राज्य ब्राजिलमा पाइने एक किसिमको घाँसको घारी हो । यसमा यौन संवेदनाका नसाहरुलाई उत्तेजित गरी शारीरिक र मानसिक यौन आनन्द बढाउने क्षमता भएको विश्वास गरिन्छ ।

 ७. माछाः खासगरी ओएस्टार, लोब्स्टर, मुसेल तथा अन्य जातका माछाहरु र तिनमा पाइने तेल एवम् माछाका टाण्कामा यौनवद्र्धक तत्व हुने विश्वास गरिन्छ ।

८. रोडिओला रोजियाः यस नामको वनस्पतिले यौनक्षमता बढाई मानिसको यौनशक्ति वृद्धि गर्ने र खासगरी शीघ्रपतनको रोकथाममा यो उपयोगी हुने विश्वास गरिन्छ । साथसाथै यसले परिपक्व उमेरका पुरुषहरुलाई युवाजस्तो यौनजीवन बिताउन सहयोग गर्दछ भन्ने जनश्रुति छ । 

९. जिन सेङः जिन सेङ यस्तो खनिज पदार्थ हो जो चीन, कोरिया, संयुक्त राज्य अमेरिकालगायत विश्वका अन्य केही भागमा पनि पाइन्छ । यसले शरीरमा नाइट्रिक अक्साइडको मात्रा बढाएर तथा मस्तिष्कमा डोयामिनको मात्रा र असरलाई चुस्तदुरुस्त राखेर नपुंसकता हटाउने तथा यौन उत्तेजना बढाउने काम गर्दछ भन्ने विश्वास गरिन्छ ।

 १०. हरनिगोटविडः यो पातैपात हुने एक प्रकारको वनस्पति हो जसले पुरुष यौनशक्तिवद्र्धकका रुपमा काम गर्ने विश्वास गरिन्छ । 

११. दामियनाः यो खसी बाख्राको आहारका रुपमा प्रयोग हुने जङ्गलामा पाइने एक किसिमको वनस्पति हो जसले बारम्बार यौनसम्पर्क राख्न इच्छा लाग्ने तथा चरम आनन्दको स्तर वृद्धि गरी पुरुष यौन कमजोरीलाई हटाउन मद्धत गर्दछ । साथै, यसले पाचनप्रणालीको भित्री झिल्लीलाई पनि स्वस्थ राख्तछ भन्ने विश्वास गरिन्छ । ल्याटिन अमेरिकाको जमाइका भन्ने टापुमा एउटा भनाइ पनि छ ‘बोकाले यो घाँस खाँदा नाटकीय तरिकाले उसको यौनशक्ति बढेको देखिन्छ ।’

१२. एसप्यारागसः लिङ्गको आकारको यो सूक्ष्म वनस्पतिलाई प्रेमको आहार पनि भन्ने गरिन्छ । उसमा हुने पोटासियमले शरीरका दोषयुक्त पदार्थहरुलाई शरीरबाट फाली शरीरमा पानीको सन्तुलन मिलाएर अप्रत्यक्ष रुपम यौन क्षमतामा पनि वृद्धि गर्ने विश्वास गरिन्छ ।

१३. आर्जिनिनः प्रोटिनयुक्त खानाहरु, जस्तै गेडागुडी, अण्डा, नरिवलको दूध, चिज आदि खाद्य पदार्थहरुमा पाइने यो एक किसिमको एमिनो एसिड हो । यसले नाइट्रिक अक्साइड तयार गरेर यसका माध्यमबाट यौनाङ्गमा रगत प्रवाह बढाउँदछ । लिङ्गको कडापनका लागि नाइट्रिक अक्साइड प्राथमिक आवश्यकताको तत्व मनिन्छ । साथसाथै यसमा उमेरका परिवर्तनहरु कम गर्ने (एन्टी अक्सिडेन्ट) गुण पनि हुन्छ । उसका कारणले पुरुषत्व र यौवनलाई वृद्धावस्थाम पनि निरन्तरता दिन यसले मद्दत गर्दछ । त्यसका साथै शुक्रकीटको अग्रगति लिने क्षमतामा वृद्धि गरेर पुरुषका कारणबाट हुने बाँझोपन हटाउन यसले समत्वपूर्ण भूमिका खेल्न सक्तछ ।

 १४. अश्वगन्धाः झारका रुपमा जमिनमा उम्रने यो वनस्पति आयुर्वेदिक हिसाबले मस्तिष्कको तीक्ष्णता र यौनशक्तिको निरन्तरताका लागि अत्यन्त उपयोगी मानिन्छ ।

१५. पाँचऔंलेः नेपालका विभिन्न भागहरुमा पाइने यो वनस्पति आयुर्वेदमा शास्त्रीय हिसाबले पनि यौनक्षमता वृद्धिका लागि उपयोगी मानिन्छ । 

१६. केशरः यो खाद्य तत्व पनि आयुर्वेदिक दृष्टिकोणबाट यौनक्षमता र मानसिक एकाग्रताका लागि उपयोगी मानिन्छ ।

१७. यार्चागुम्बाः विश्वमा अहिलेसम्म कर्डिसेप्स वर्गमा पर्ने ढेसी(स्याक फङ्गस) हरुका ६८० भन्दा बढी प्रजातिहरु पत्ता लागेका छन् । यीमध्ये सबैभन्दा परिचित ढुसी आर्चागुम्बालाई अंग्रेजीमा ‘क्याटरपिलरफङ्गस’ भनिन्छ । यसको वैज्ञानिक नाम ‘कर्डिसेप्स सिनेसिस’ हो । 

ल्याटिन शब्दहरु कर्ड, क्लब, सेप्स, डेड(पन्जा जस्तो टाउको भएको) र चिनियाँ भन्ने अर्थमा ‘सिनेसिस’बाट यसको वैज्ञानिक नाम ‘कर्डिसेप्स सिनेसिस’ राखिएको हो । यार्चागुम्बा नेपाल र तिब्बतका हिमाली भेगमा पाइने एक प्रकारको बहुमूल्य जडीबुटी हो । यो समुन्द्र सतहबाट तीन हजार मिटरदेखि छ हजार मिटरको उचाइमा पाइन्छ । उसलाई तिब्बती भाषामा ‘यार्साकुन्भु’ तथा यार्सागुन्भु’ भनिन्छ जसमा ‘यार’को अर्थ ‘हिउँदे किरा’ अर्थात् वर्षमा घाँस र हिउँदमा किरा हुने भन्ने बुझिन्छ ।

 यार्चागुम्बा एक प्रकारको झुसुलेकिराको टाउकोबाट ढुसी उम्रिएर बन्दछ । हिमाली भेगमा हिउँद सिकएपछि सवैशाखतिर हिउँ पग्लन्छ र बिरुवाहरु उम्रिएर फूल फुल्न सुरु गर्दछ । त्यही समयमा पुतलीहरुले फूल पार्न थाल्दछन् । त्यही पुतलीको लार्भा अवस्थामा रहेको झुसुलेकिराको टाउकोमा ढेसी उम्रन्छ । यसको जमिनमाथिको ढेसी च्याउ खैरो रङको र जमिनमुनिको भाग पहेँलो रङको हुन्छ । जमिनमुनिको भाग चार मिलिमिटरजति लामो हुन्छ । यसलाई वैशाख ुपन्ध्रदेखि जेठ पन्ध्रबीचको समयमा टिपेर प्रशोधन गरी विभिन्न खाद्य पदार्थमा मिसाई वा औषधिहरुमा सम्मिलित गरी प्रयोग गर्दा शरीरका सम्पूर्ण प्रणालीलाई स्वस्थ राख्ने र खासगरी यौनऊर्जा बढाउने विश्वास गरिन्छ । 

१८. काउछाको बीजः काउछो कोसे वनस्पति हो । यसको बिउलाई धुलो बनाएर नियमित रुपमा खाँदा पुरुषको यौन स्वास्थ्यमा सकारात्मक असर पर्दछ र यसबाट यौन दुर्बलता तथा नपुंसकता हराउँदछ भनी आयुर्वेदमा उल्लेख छ । तर एक्लै सेवन गर्दा यो अत्यन्त तीतो हुने हुँदा यसमा चिनी वा गुड मिसाएर प्रयोग गर्ने सल्लाह दिइन्छ । 

स्त्रीहरुका लागि उपयोगी
स्त्रीहरुमा पुरुषहरुमा जस्तो यौन उत्तेजनाको कारणतत्व शारीरिक उत्प्रेरणामात्र मानिदैन । शारीरिकसँगसँगै भावनात्मक उत्प्रेरणा पनि नभई स्त्रीहरुमा यौन चाहना वा यौन उत्तेजना पैदा हुँदैन । पुरुषकालागि स्त्रीका तर्फबाट सानो मात्र अग्रसरता, जस्तै चुम्बन वा स्पर्श पनि अनुकूल परिस्थितिका निम्ति पर्याप्त हुन सक्चछ, तर स्त्रीमा भावनात्मक लगाउविनाको त्यस्तो स्वचालित स्विच हुँदैन । तैपनि जनश्रुति, अनुभव र वैज्ञानिक खोजहरु समेतले केही त्यस्ता तत्वहरुलाई इगिंत गरेको छ जसको प्रयोग दीर्घकालिक प्रयोग वा सेवनबाट यौन उत्तेजना विकास गर्न मद्दत पुग्ने विश्वास गरिन्छ ।

 १. आर्जिनिनः पुरुषमा जस्तै स्त्रीमा पनि मासु, अण्डा, गेडागुडी, माछा, चिज र नरिवलको दूध आदि प्राटिनयुक्त खाद्य पदार्थहरुमा पाइने एमिनो इसिडले यौनागंमा रक्तसञ्चार बढाई महिलाको यौन उत्तेजना बढाउने, योनिस्राव बढाएर योनिलाई सम्भोगका लागि तयार गर्ने र चरम आनन्दप्राप्तितर्फ अग्रसर गराउने विश्वास गरिन्छ । 

२. दामियानाः उत्तरी अमेरिका महादेशको दक्षिणी भागमा पर्ने दिेश मेक्सिकोका महिलाहरु पतिसँग सहवास र सम्भोगका लागि आफूलाई तयार गर्न यस जडिबुटीको रस पिउने गर्दथे भन्ने जनश्रुति छ । कसैकसैले दामियाना मिसाइएको चिया खाँदा हलुका मात्रामा गाँजा सेवन गरेजस्तै शारीरिक आनन्द र शान्ति अनुभूति हुने दाबी पनि गर्दछन् । त्यस क्षेत्रका परम्रागत चिकित्साकर्मीहरु अझै पनि यस जडिबुटीलाई नसा, मस्तिष्क, हर्मोन तथा प्रजनन अगंहरुको स्वास्थ्यका लागि उपयुक्त मात्रामा टनिकका रुपमा सेवन गर्ने सल्लाह दिने गर्दछन् । 

३. जिन सेगंः यसले शक्ति, स्फूर्ति र यौन चाहनामा वृद्धि गर्ने विश्वास गरिन्छ । 

४. अदुवाः महर्षि वात्स्यायनद्धारा लिखित विख्यात ग्रन्थ कामसुत्रमा अदुवालाई सम्भोगसुखको वृद्धि गर्ने जडीबुटीका रुपमा उल्लेख गरिएको छ । साथसाथै यसले पाचनप्रणालीका विभिन्न समस्यालाई पनि समाधान गर्दछ । यसलाई चिया र अन्य पेय पदार्थमा हालेर खानु उपयुक्त हुन्छ । 

५. चकलेटः पूर्ण प्राकृतिक नभए पनि यस शीर्षकमा चकलेट चर्चा महत्वपूर्ण छ । चकलेटले मस्तिष्कमा सेरोटोनिक भन्ने रासायनिक पदार्थको मात्रा बढाउन मद्दत गर्दछ । सेरोटोनिनले खुसी, सन्तोष र आनन्द अनुभूत गराई मानसिक शान्ति प्रदान गर्दछ । गाढा खैरो रगंको चकलेटमा प्रशस्त मात्रामा एन्टी अक्सिडेन्ट हुने हुनाले यसको प्रयोग अत्यन्त राम्रो मानिन्छ । यस्तो मानसिक वातावरणले सम्भोगका वेला यौन आनन्दको प्राप्ति बढाउने हुँदा चकलेटलाई यौनवद्र्धक तत्व मानिन्छ ।

 

माथि उल्लेखित सबै प्राकृतिक यौनवद्र्धकहरु प्रयोग गर्ने मात्रा ठीक हुनुपर्दछ । बढी वा कम प्रयोग गर्नु उपयुक्त हुँदैन, तर नियमित भने हुनुपर्दछ । 

प्राकृतिक यौनवद्र्धक तत्वहरुको प्रयोग सँगसँगै मानिसको आहार, व्यवहार, जीवनपद्धति र मानसिक स्थिति राम्रो रहेमात्र यिनीहरुको पूर्ण प्रभाव देख्न सकिन्छ ।

प्राकृतिक तत्वबाहेक सुख्खा योनिलाई चिप्लो र द्रवित बनाउने रासायनिक तत्वहरु पनि महिलाको योनिमा प्रयोग गरेर यौन आनन्द वृद्धि गर्न सकिन्छ । तर तिनको विस्तृत चर्चा यस आलेखको मूल विषयभन्दा बाहिर पर्ने हुनाले अहिलेलाई यत्तिनै । 

डा. सुवोधकुमार पोख्रेलको पुस्तक ‘सृष्टिको रोमान्स’बाट
 

    
 

 

Last modified on 2017-07-23 14:16:45


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts