के तपाईं यौन दुर्वलतालाई लुकाउनुहुन्छ ?



Download our app to get more features

एजेन्सी । धेरै पुरुषमा हुने यौन दुर्बलताकाकै कारण उनीहरुलाई यौन जोडिसँगको सम्बन्धमा भएको एकनासेपनबाट दिक्क लाग्ने गर्दछ । अहिले यस्तो समस्या आम रुपमा देखिन थालेपनि भित्रभित्रै लुकाउने, खुलेर अरुसँग कुरा पनि नगर्ने र यौन विशेषज्ञसँग पनि आवश्यक परामर्श नलिने बानीले झन् तपाईँको पारिवारिक सम्बन्धनै जोखिममा पर्न सक्छ ।

यौन सम्पर्कको समयमा लिङ्ग उत्तेजित नहुने वा उत्तेजित अवस्थामा आइसकेको लिङ्गलाई त्यही स्थितिमा कायम राख्न नसक्ने, पुरुषहरुको लिङ्गमा कडापन नहुने, यौन सम्पर्कमा समस्या आई यौन इच्छामा नै कमी आउनुलाई यौन दुर्वलता भनिन्छ ।

त्यस्तै समस्या मध्ये इम्पोटेन्स वा इरेक्टाइल डिसफक्सन(लिंगले काम नगर्ने) पनि यौन दुर्बलता हुने एउटा कारण हो ।

लिङ्ग राम्रोसँग उत्तेजित नहुने कारण शारीरिक तथा मानसिक तनाब, हर्माेनको कमी र पुरुषहरुमा प्रोस्टेटको संक्रमण हुनुपनि हो । लिङ्गको उत्तेजित हुन सक्ने तन्तुमा रक्तप्रवाहलाई नकारात्मक प्रभाव पर्ने कुनै पनि स्थिती लिङ्ग उत्तेजना नहुने सम्भावित कारण बन्न सक्छ । मधुमुेह, मृगौलाको खराबी वा कलेजोको खराबी, प्रजनन अङ्ग वा त्यसको स्नायु प्रणालीलाई प्रभावित पार्ने गरी भएको चोटपटक वा रोग, रक्तनशा वा रक्त प्रणालीमा भएको खराबीले लिङ्ग उत्तेजित नहुने समस्या सिर्जना हुन सक्छ । त्यस बाहेक व्यक्तिको खानपीन रहनसहन र जीवनशैलीले पनि यौन दुर्वलता गराउन मद्धत गर्छ ।

कारण
१. धूमपान र मद्यपानको अनियन्त्रित सेवन ।
२. उच्चरक्तचाप, छारे रोग, र उच्च कोलेस्ट्रोल, मोटोपना र प्रोस्टेट ग्रन्थीमा देखिने दीर्घकालिन संक्रमणका कारण ।
३. बोसोयुक्त मासुको सेवन ।
४. शारीरिक तथा मानसिक तनाव, चिन्ता, आत्मग्लानी, उदासीपन, आत्मविश्वास कम हुनु, यौन सक्षमतासम्बन्धी चिन्ता, यौनसम्बन्धी कुरामा नै अरुची हुनु, यौनरोग वा अन्य रोग लाग्ला कि भन्ने चिन्ता ।
५. हर्माेनको कमी ।
 
के गर्ने त ?

मुख्य कुरा त हरेक व्यक्ति शारीरिक एवं मानसिक रुपमा स्वस्थ हुनुपर्छ । साथै सामाजिक जीवन र मानसिक स्वास्थ्यका बारेमा समेत सचेत रहनुपर्छ ।

अत्याधिक धूमपान र मद्यपानको अनियन्त्रित सेवनले लिङगको कोशिकाहरु नष्ट गरीदिने भएकोले त्यसप्रति सचेत हुनुपर्छ ।

शारीरिक तथा मानसिक तनावले पनि हार्मोनमा नकरात्मक असर पुयाउने भएकोले अनावश्यक तनाव नलिने र कंहिलेकांहि रमाइलो गर्ने तथा पर्याप्त निदाउने, नियमित आराम गर्ने र कम्तिमा पनि दिनको ७ देखि ८ घण्टा सुत्नु राम्रो हुन्छ । किनभने शरीरमा उत्सर्जन हुने अधिकांश सेक्स हर्मोन निद्रावस्थामै उत्पादन हुने गर्दछ ।
 

त्यस्तै नलजाई निर्धक्क यौन साथीसंग आफ्नो समस्या राख्नुहोस् । साथै यौन विशेषज्ञसँग गएर आवश्यक परामर्श लिनुहोस् ।

-एजेन्सीको सहयोगमा

 

Last modified on 2018-09-16 06:40:56


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts