NEWS: -स्वास्थ्य मन्त्रालयद्धारा १५ अस्पताल विकास समितिमा पदाधिकारी मनोनित, बाँकीमा क्रमशः पदाधिकारी नियुक्त गर्दै जाने मन्त्रालयद्धारा जानकारी । -कास्की जिल्लामा स्वास्थ्य बिमा गर्ने ८ हजार २६ जना पुग्यो , दर्ता प्रक्रियाको लागी जिल्लाभरी १ सय १० जना कर्मचारी परिचालन । -भक्तपुर अस्पतालमा दैनिक रुपमा नाक, कान, घाँटी विशेषज्ञ सेवा सुरु, डा.रविभूषण सुवाल आएपछि सेवा सुरु भएको अस्पतालद्धारा जानकारी । -सिन्धुपाल्चोक जिल्लाका भूकम्पपीडित चिसोेका कारण निमोनियाको सिकार, टहरोको चिसो तथा शीत चुहिने छिँडीमा रात कटाउन भूकम्पपीडित बाध्य । <<>><<>>

Find Hospitals, Clinics, Doctors ...

साहसी भुटानी महिला

साहसी भुटानी महिला

HD App Ad

न् १९९८ को कुरा हो । करिअरको सुरु–सुरुको बेला । न्युरो सर्जरी वीर अस्पतालमा थियो । शिक्षण अस्पताल महाराजगन्जमा पनि भर्खरै सुरु भएको थियो । यता काठमाण्डौं मोडल अस्पतालमा मैले काम सुरु गरेको थिएँ । अस्पताल अहिलेको जस्तो सुविधासम्पन्न पनि थिएन । मेरो आफ्नै न्युरो सर्जरीको सुरुवाती दिनहरू थिए । मेरा लागि त्यो समयका हरेक सर्जरी परीक्षाजस्ता थिए । धेरै मान्छेले ‘यसले कस्तो अप्रेसन गर्दोरहेछ’ भनेर हेरिरहेको अवस्था पनि थियो । त्यहीक्रममा मोडल अस्पतालमा १८ महिनाको भुटानी शरणार्थीको बच्चा ल्याइयो । जसको टाउकोमा ठूलो ट्युमर थियो । आधाभन्दा धेरै टाउको त ट्युमरले भरिएको थियो । उपचार नै नहोलाजस्तो लाग्ने केस थियो ।

मैले उसको अप्रेसनलाई लिएर दिन–रात अध्ययन गर्न थालेंं, देशी–विदेशी साथीहरूसँग संवाद गर्न थालें । अप्रेसन गर्ने या नगर्ने भन्नेमा अस्पतालमै ठूलो छलफल भयो । पछि अप्रेसन गर्ने नै निष्कर्ष निकालियो । मैले त्यो बच्चाको अप्रेसन करिब १४ घन्टा लगाएर गरें । अप्रेसनक्रममा बच्चाको रगत नै दुईपटक सकिएर दोस्रोेपटक रगत दिनुप¥यो । त्यति गर्दा पनि मैले करिब ७० प्रतिशत ट्युमरभन्दा निकाल्न सकिनँ ।

अप्रेसन सकिएपछि बच्चा उठ्यो । ऊ स्वस्थ नै थियो । म घर आएँ । भोलि बिहानै पाँच बजे बच्चा धेरै रोयो भनेर खबर आयो । म पुगें । बच्चा दूध सर्किएर रुँदै रहेछ । सोहीक्रममा बच्चाको मृत्यु भयो । मैले आफूलाई सम्हाल्न सकिनँ । म रुन थालें । मलाई हारेको महसुस भयो । करिअरको डर लाग्यो । बजारले अक्षम घोषित गर्ला कि भन्ने डर भयो । केही समय त अब म नेपालबाट भागेर विदेश जान्छु भन्ने सोच पनि आयो । एकाएक म कमजोर भएँ । मलाई त्यहाँ सम्झाउने अरू कोही थिएनन् ।

उही बच्चाकी आमाले ढाडस दिइन् । ‘डा. साब सानो मन नगर्नुस्, जसको भाग जति हुन्छ त्यति नै हो बाँच्ने हो’ भन्दै ती महिलाले मलाई सम्झाइन् । जसको काखको बच्चा गुमेको छ । उनका लागि आफ्नो बच्चा मलाईभन्दा धेरै महत्वपूर्ण थियो । उनैले सम्झाएपछि ममा एकप्रकारको साहस आयो । ती साहसी भुटानी महिला अहिले कता छिन् थाहा छैन । त्यसपछि मैले हजारौं जटिल शल्यक्रिया गरें । तर, त्यो घटना अझै मेरो स्मृतिबाट पर जान सकेको छैन ।
 

Swastha Bema AD below news KDC Ad Below News Sooriya Diagnostic
हाम्रो डाक्टर एप (Google Playstore) (Apple Store) मा पनि उप्लब्ध छ । डाउनलोड गर्नुहोला।

यसमा तपाइको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

Scroll to Top