NEWS: – नर्सिङ्ग होमका रुपमा स्थापित नर्भिक इन्टरनेशनल अस्पिटलले सेवा सुविधा विस्तार गर्ने घोषण गरेको छ । – वलिउड नायिका हुमा कुरेशी २८ दिनको डिटक्स डाइटपछि न्यूट्रिसन ब्राण्डको डिटक्स प्रोडक्टको बिज्ञापनका लागि तयार भएकी छिन् । – ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालका इएमएस(इमर्जेन्सी मेडिसिन सर्भिस) कोर्डिनेटर डा. संजय कार्की अमेरीकामा ‘इएमएस १० इनोभेटर्स अफ द इयर अवार्ड’ बाट सम्मानित भएका छन् । <<>><<>>

Find Hospitals, Clinics, Doctors ...

तेज दिमागको बच्चा चाहनुहुन्छ भने बालबालिकाको डाइटमा समावेश गर्नुस् यि जूसहरु...

तेज दिमागको बच्चा चाहनुहुन्छ भने बालबालिकाको डाइटमा समावेश गर्नुस् यि जूसहरु...

Deurali Janta New Products Ad

के तपाईंलाई लाग्छ आफ्नो बच्चा पढाईमा कमजोर छ ? के तपाई चाहुनुहुन्छ तपाईको बच्चा स्मार्ट बनोस् ? सबै अभिभावक चाहन्छन् कि मेरा बच्चा विश्वसँग आँखा जुधाएर हिड्न सकोस् ।

यस अवस्थामा अभिभावकहरुको दायित्व हुन्छ कि उनीहरुले आफ्ना बच्चाहरुको खानपिनमा विशेष ध्यान दिने । अभिभावकले बच्चाहरुको शारीरिक र मानसिक विकासका लागि दिने डाइटमा यी ५ वटा जुस प्रयोग गर्नु उत्तम हुन्छ । 

१. अनारको जूसः अनारमा एंटी–अक्सीडेंट भरपूर मात्रामा हुन्छ । अनुसन्धानकर्ताका अनुसार अनारमा भएको एन्टी–अक्सीडेन्टले दिमागका कोषहरु क्षति हुनबाट जोगाउँछ । अनारमा ग्रीन टी र रेड वाइन भन्दा बढि एन्टी–अक्सीडेन्ट हुन्छ ।


 

२. एलोवेरा जूसः B 6 भिटामिनले भरपूर एलोवेरा जूसले बच्चाको स्मरणशक्तिलाई तेज बनाउनमा मद्दत गर्छ । स्वादमा नमिठो भएपनि यो बच्चाको दिमागका लागि उत्तम औषधि सावित भएको छ । एलोवेरा जूसको स्वाद बढाउनका लागि तपाईंले अम्बा अथवा लिचिको जूस एलोवेरामा मिसाएर बच्चालाई दिन सक्नु हुनेछ ।


 

३. नरिवल पानीः धेरै कम मान्छेलाई थाहा होला हाम्रो दिमागलाई पनि फ्याटको आवश्यकता हुन्छ भनेर । नरिवलमा दिमागलाई चाहिने फ्याट हुन्छ र यसले दिमागलाई तेज बनाउन र एकाग्रकृत गर्ने शक्तिमा मद्दत गर्छ ।


 

४. चुकंदरको जूसः यो जूस दिमागसम्म जाने रक्तप्रवाहलाई तेज बनाउँछ । यसले दिमागलाई तेजिलो बनाउनाका साथै डेमेन्शिया अर्थात् स्मरणशक्ति कमजोर हुनबाट जोगाउँछ ।


 

५. टमाटरको जूसः टमाटरमा भिटामिन A ,D र  C भारी मात्रामा पाईन्छ । यसले पनि स्मरण शक्तिलाई तेज बनाउँछ ।

IPA Swastha Bema AD below news KDC Ad Below News Sooriya Diagnostic
हाम्रो डाक्टर एप (Google Playstore) (Apple Store) मा पनि उप्लब्ध छ । डाउनलोड गर्नुहोला।

प्रतिक्रियाहरु (1)

  • narayan on Sat, Mar 18 2017 08:21 AM

    alobera bhaneko ghyukumari jun tito hunchha, sajawat lai pani prayog hunchha. yo chukandar bhaneko chahi k ho. photo yespasta bhaye hunthyo.


यसमा तपाइको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

Scroll to Top