श्रीमान–श्रीमतीबीच यौनका बारेमा कसरी कुरा गर्ने ?



Download our app to get more features

काठमाण्डौं  । यौन रहस्यको विषय होईन तर पनि हाम्रा क्रियाकलाप र पारिवारिक संरचनाले यसलाई रहस्य जस्तो बनाएको छ । किशोरावस्थामा शरीरमा आउने शारीरिक, मनोवैज्ञानिक र मानसिक परिवर्तनले किशोर किशोरी यौनका विषयमा उत्सुक त हुन्छन् नै । त्यस्तै कतिपय श्रीमान् श्रीमती पनि एक आपसमा यौनका बारेमा कुराकानी गर्न लजाउँछन् ।

 श्रीमान् र श्रीमतीबीच यौनका बारेमा खुलेर कुरा गर्न सकियो भने यौन स्वास्थ्यप्रति सचेत हुन सकिन्छ । तर यौनका बारेमा खुलेर कुरा गर्नुपर्छ भन्दैमा जुन सुकै समयमा यस्ता विषयमा कुराकानी गरे त्यसले सकारात्मक भन्दा नकरात्मक सोच र असर गर्ने यौन विज्ञहरुको मत छ ।

आज हामी तपाईंहरुलाई श्रीमान् र श्रीमती बीच यौनको बारेमा कुरा गर्दा कस्तो समय र कसरी कुरा गर्दा सबै भन्दा उपयुक्त हुन्छ र कुन समयमा हानिकारक हुन्छ भन्ने बिषयमा जानकारी गराउँछौं ।

कुन समय कसरी कुरा गर्ने त ?

  •  दिनभरीको काम, तनाव र थकाई सकेर फ्रेस भई श्रीमान् र श्रीमतीसँगै बेडमा जानुअघि
  •  कुरा घुमाई फिराई हतार नगरी अनेक बहानाबनाएर कुरा शुरुवातनगर्नुस् ।
  •  यस्तो ठाँउ रोज्नुस् ताकी कसैले अवरोध नपुर्याओस् र अफ्ठ्यारो महशुस नहोस् ।
  • मोबाइल, टीभी वा गीत बजाउन बन्द भएको समयमा ।
  • आफुले बताउन चाहेको कुरा सुन्ने मुड छ की छैन विचार गर्नुस ।
  • उपयुक्त समयको खोजीगर्दै हुनुहुन्छ भने पहिल्यै कौतुहुलताको सिर्जना गरी सहमत गराउनुस् । जस्तो एउटा कुरा भन्नु थियो ।

.... र खराब समय    

  • यौन क्रियाकलाप पछि 
  • दुकै जनातनाव र थकित वा द्वुविधाको अवस्थामा
  • जब कुनै कुराले दुबै जना आश्चर्य भएको समयमा
  • तपाईंले मद्यपान सेवन गरेको वा कुनै कुराले ठाकठुक परेको समयमा
  • जब तपाँईलाई यस बिषय प्रति अनावश्यक ठान्नुहुन्छ । 

तस्विर एजेन्सी

Last modified on 2016-11-13 12:21:32

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts