गर्भवती भएको थाहा पाउने घरेलु उपाय 



Download our app to get more features

काठमाण्डौं । महिलाहरु प्रायजसो गर्भवती भएको थाहा पाउन प्रेग्नेन्सी किटको प्रयोग गर्ने गर्छन् । कतिपय महिलाहरु मेडिकलसम्म गएर किट ल्याउन लजाउने हुन्छन् । महिलाका लागि आवश्यक प्रेग्नेन्सी टेस्ट गर्न घरेलु तथा प्राकृतिक तरीका पनि अपनाउन सकिन्छ । जसले गर्भवती भए नभएको पत्ता लगाउन सहयोग गर्छ ।

दैनिक जीवनमा प्रयोग गरिने टुथपेस्ट सबैको घरमै हुन्छ । गर्भवती भएको पत्ता लगाउन शारिरीक सम्पर्क भएपछि महिलाले टुथपेस्टमा आफ्नो पिसाव मिसाउने, यदि पेस्ट नीलो भएमा सम्झिनुस् कि टेस्ट पोजिटिभ छ । अर्थात तपाई गर्भवती हुने सम्भावना रहन्छ ।

यदि तुरुन्त प्रेग्नेन्सी टेस्ट गर्ने हो भने घरमै रहेको भिनेगरको प्रयोग गर्न सकिन्छ । भिनेगरमा पिसाव मिसाउँदा रंगमा कुनै परिवर्तन आएमा बुझ्नु पर्छ कि टेस्ट पोजेटिभ अर्थात् गर्भवती भएको संकेत हुन सक्छ ।

प्राचिन कालमा गर्भवती टेस्ट गर्नका लागि गहुँ वा जौको प्रयोग गरिन्थ्यो । गहुँ वा जौमा पिसाव मिलाउने, यदि गहुँ वा जौ टुसाएमा गर्भवती भएको संकेत हुन सक्छ ।

गर्भवती भएको पत्ता लगाउनका लागि चिनी पनि धेरै लाभदायक मान्निछ । चिनीमा आफ्नो पिसाव मिसाउँदा घुलेमा टेस्ट नेगेटिभ रहेको थाहा पाउन सकिन्छ । तर, चिनी गुच्छा भएमा सम्झनुहोस् की तपाई गर्भवती हुन सक्ने संभावना रहन्छ ।

एजेन्सीको सहयोगमा 
 

Last modified on 2017-08-08 16:56:06

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

1 Comments

  1. Yo bidhi samparka vayeko kati samaya ma paryog garna sakinaxa?


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts