NEWS: – नर्सिङ्ग होमका रुपमा स्थापित नर्भिक इन्टरनेशनल अस्पिटलले सेवा सुविधा विस्तार गर्ने घोषण गरेको छ । – वलिउड नायिका हुमा कुरेशी २८ दिनको डिटक्स डाइटपछि न्यूट्रिसन ब्राण्डको डिटक्स प्रोडक्टको बिज्ञापनका लागि तयार भएकी छिन् । – ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालका इएमएस(इमर्जेन्सी मेडिसिन सर्भिस) कोर्डिनेटर डा. संजय कार्की अमेरीकामा ‘इएमएस १० इनोभेटर्स अफ द इयर अवार्ड’ बाट सम्मानित भएका छन् । <<>><<>>

Find Hospitals, Clinics, Doctors ...

भगवानलाई मुटुको भय !

भगवानलाई मुटुको भय !

Deurali Janta New Products Ad

चिकित्सा र सामाजिक कार्यमा चर्चित रहेका डा. भगवान कोइरालाको ‘स्पोर्ट प्यासन’ बारे धेरैलाई थाहा नहुन सक्छ । थुप्रैपटक वल्र्ड टेनिस च्याम्पियन बनेका रोजर फरेडरका फ्यान कोइराला राफेल नाडालले भनेजस्तै आफ्ना हरेक सेटमा जीवनमरणको सवाल रहेको भावले टेनिस खेल्छन् । 

‘खेलमा उहाँलाई हार स्विकार गर्न मनै पर्दैन । हार्ने छाँटकाट देखेपछि त झन् र्याकेट फाल्ने, रिसाउने अनेक हर्कत सुरु गर्नुहुन्छ । फेरी मैदानबाट निक्लेपछि सामान्य भैहाल्नुहुन्छ ।’ मजाकमिश्रित भावमा पूर्वएआइजी राजेन्द्रसिंह भण्डारीले वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा.डा. भगवान कोइरालाको ‘पोल’ खोले । 

हरेक बिहान मण्डिखाटारको टेनिसकोर्टमा भेटिने टेनिस कोर्टमेट हाइप्रोफाइल पर्सन्यालिटीको ध्याउन्न  त्यस दिनको टेनिस जित्नु र पसिना निकाल्नुमै हुन्छ । तर, दशकौं दशक ब्याडमिन्टन खेलेपछि त्यसबाट मोहभंग भएर एकाएक टेनिसतिर लहसिएका डा. कोइरालालाई भने ‘टेनिस इज मच बेटर देन ब्याडमिन्टन’ लाग्न थालेको छ ।

 कुनै इमर्जेनसी सर्जरी वाआइसियु केयर छैन भने हरेक बिहान डा. कोइराला कट्टु गञ्जील गाएर र्याकेट काँधमा बोकेर मण्डिखाटार टेनिस कोर्ट पुगिहाल्छन् । यो उनको पछिल्लो ५-६ वर्षको दिनचर्याे हो । टेनिस खेल्न पनि यहीँ आएर सिकेका हुन्– मुटु रोगका प्रसिद्ध चिकित्सक कोइरालालले । ‘ब्याडमिन्टन त उता रसिया र अमेरिका हुँदैदेखि खेलेको हो, म्याच पनि थुप्रै खेलियो युनिभर्सिटीमा छँदा’ उनले पुराना दिन सम्झिए । तर, सात वर्षअघि खेलने क्रममा ब्याडमिन्टन कोर्टमा लडेपछि उनको ब्याडमिन्टन मोह विस्तारै घट्दै गयो । त्यसपछि दैनिक व्यायामका लागि कोइरालाले विकल्प खोज्न थाले ‘अब हिडौं भने एक्लै के हिड्नु । १५ मिनेटमै बोर भैहाल्छ । त्यसपछि गल्फ खेल्न थालें तर त्यसले व्यायाम पुगेन । त्यसपछि टेनिस रोजें ।’ उनले सुनाए । 

टेनिस खेल्दा प्रशस्त व्यायाम पनि हुने, रमाइलो पनिहुने कोइरालको निश्कर्ष छ । ‘सुरु सुरुमा कुर्कुच्चा दुख्ने, कुमको जोर्नी दुख्ने, मांशपेशी दुख्ने भयो । तर, छाडिनँ । अहिले ठिकै छ । यो टेनिस गज्जवको खेल रैछ ।’ थुप्रैपटक वल्र्ड टेनिस च्याम्पियन बनेका रोजर फेरेडरका फ्यान कोइरालाले आफ्नो टेनिस लगावबारे स्पष्ट पारे । 

‘राफेल नाडालले भनेजस्तै डा.साव पनि आफ्ना हरेक सेटमा जीवनमरणको सवाल रहेको भावले खेल्नुहुन्छ ।’टेनिसमा सिपालु पूर्वएआईजी भण्डारीले थपे, ‘त्यसैले त उहाँ  नजान्नेहरुको कोर्टबाट प्रोमोसन खाएर यता जान्नेहरुको कोर्टमा आइपुग्नुभयो ।’ दुई भागमा विभाजित टेनिसकोर्ट देखाउँदै भण्डारीले कोइरालाको टेनिस कौशलको प्रशंसा गरे । त्यसो त डा. कोइराला बिदाका दिनमा कहिलेकाहीँ गल्फ खेल्न पनि पुग्छन् ।

मुुटुरोग विशेषज्ञ भएर बिरामीहरुलाई व्यायाम गर्न सुझाव दिने कोइराला आफ्नै मुटु जोगाउन भने टेनिस खेल्छन् । उनलाई थाहा छ, ‘आफ्नो मुटु स्वस्थ नराखी मैले अरुको मुटु जोगाउन सक्दिनँ ।

 दिनभर र राति अबेरसम्मको व्यस्तता र थकानलाई भुलाउन मात्र डा. कोइरालाले टेनिस रोजेका होइनन् । उनलाई पनि आफ्नो मुटुको स्वस्थताका लागि सक्रिय हुनु छ । भन्छन्, ‘समग्रमा मुटु स्वस्थ होस् भननेमा सचेत छु । तर, प्रतिदिन डराउँदिनँ । अरु अंगमा सानातिना चोट लागे पनि मुटु नै महत्वपूसचेत भएकाले पनि होला चिन्तितचाहिँ छैन ।’ मुुटुरोग विशेषज्ञ भएर बिरामीहरुलाई व्यायाम गर्न सुझाव दिने कोइराला आफ्नै मुटु जोगाउन भने टेनिस खेल्छन् । उनलाई थाहा छ, ‘आफ्नो मुटु स्वस्थ नराखी मैले अरुको मुटु जोगाउन सक्दिनँ ।’ 

‘हाम्रो डक्टर’ मासिकबाट

IPA Swastha Bema AD below news KDC Ad Below News Sooriya Diagnostic
हाम्रो डाक्टर एप (Google Playstore) (Apple Store) मा पनि उप्लब्ध छ । डाउनलोड गर्नुहोला।

यसमा तपाइको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

Scroll to Top