यी औषधि सेवन गर्दा भुलेर पनि रक्सी नपिउनुहोस्



Download our app to get more features

धुम्रपान र मध्यपान स्वास्थ्यको दृस्टीले विभिन्न रोग निम्त्याउने महत्वपूर्ण कारणहरु हुन् । रक्सी सेवन आफैमा राम्रो हैन । यसले कलेजो, मृगौला, मुटुको समस्याको साथसाथै विभिन्न अंगको क्यान्सर गराउन समेत भूमिका खेलीरहेको हुन्छ । हामीले कुनै औषधि सेवन गरिरहेको छौं भने रक्सी सेवन गर्दा विशेष विचार पुराउन जरुरी छ । रक्सीले विभिन्न औषधीको मेटाबोलिजम (टुक्राउने र शरीरबाट हटाउने) को प्रक्रियामा असर गर्छ । त्यसैले त्यो औषधिको प्रभाव शरीरमा बढ्ने वा घट्ने गर्छ ।
 

निम्न औषधिहरुसँगै रक्सी सेवन भुलेर पनि गर्नु हुदैनः
१.    एन्टीवायोटिकः आँउ र झाडापखालामा प्रयोग गरिने मेट्रोनिडाजोल (Metronidazole) संग रक्सी सेवन गर्नु हुदैन । यदि सेवन गरेमा वाकवाकी हुने, बान्ता हुने, टाउको दुख्ने,अनुहार रातो हुने, पसिना आउने लगायतका सहनै नसकिने लक्षणहरु देखा पर्न सक्छ । क्षयरोग विरुद्दको औषधि (Rifampicin, isoniazid), मलेरिया विरुद्दको औषधिसँग  पनि रक्सी सेवन गर्नुहुँदैन ।

२.    रगत जम्न नदिने औषधिः वार्फेरिन (warfarin) संग पनि रक्सी सेवन गर्न हुँदैन । साथै एस्पिरिन (Aspirin) सेवन गरिरहेको बिरामीले पनि रक्सी पिउनु हुँदैन । यदि यी औषधिहरुसंगै रक्सी सेवन गरेमा भित्री अंगहरुमा रक्तस्राव हुन सक्छ जसले भयानक दुर्घटना निम्त्याउन सक्छ ।

३.    मुटु र उच्च रक्तचापको औषधिः मुटुका विरामी तथा उच्च रक्तचाप भएका विरामीहरुले रक्सी सेवन गर्नु आफै नै स्वास्थ्यको लागि हानिकारक हो । विरामीहरु जसले यी  रोगका निम्ती Nitroglycerine, Hydralazine, Propanolol जस्ता औषधि सेवन गरिरहेका छन् उनीहरुले रक्सी सेवन गर्नु ठूलो गल्ती हुन् जान्छ । यसले रिंगटा लाग्ने, वेहोस  हुने र ति औषधिहरुको प्रभाव घटाईदिने खालको समस्या निम्त्याउन सक्छन ।

४.    मधुमेहको औषधिः मधुमेयको विरामीहरुले पनि रक्सी सेवन गर्नु हानिकारक हुन्छ । त्यदिगतबmष्मभ लगायतका अन्य सुगर कम गर्ने औषधि सेवन गर्दा रक्सी पिउनाले         वाकवाकी लाग्ने, वान्ता हुने र रगतमा सुगरको  मात्रा एक्कासी बढाउने गर्न सक्छ ।

५.    दुखाइ कम गर्ने औषधि:  यदी कसैले दुखाइ कम गर्ने औषधिहरु जस्तै Opiates सेवन गरिरहेका छन् भने त्यस्तो स्थितिमा रक्सी सेवन गर्नाले यी दुईको प्रभावले निन्द्रा   लगाउने  र शरीरमा औषधिको मात्रा बढाउने गर्छ । साथै, सिटामोल (Acetaminophen) सेवन गरिरहेको समयमा पनि भने रक्सी सेवन गर्दा कलेजोको समस्या निम्त्याउन सक्छ ।

६.    मानसिक रोगका औषधि: उदासिनता र मानसिक चिन्तामा प्रयोग गरिने Anti-depressants र Anti-anxiety औषधिहरु प्रयोग गर्ने बिरामीले पनि रक्सी सेवन गर्नु हुदैन । साथै Benzodiazepine समुहका औषधिहरु  जस्तै Diazepam, Lorazepam आदि प्रयोग गर्ने विरामीले रक्सी सेवन गरेमा स्वासप्रस्वास र दिमागमा असर गर्न सक्छ ।

७.   छारे रोगका औषधिः छारे रोगको उपचारको निम्ति प्रयोग हुने औषधि जस्तै Phenytoin सेवन गर्दा रक्सी पिउनु हुदैन । यसले औषधिको नकारात्मक प्रभाव बढाईदिन्छ ।

८.    ग्यास्ट्राइटिस र अल्सर: यी रोग भएका विरामीहरुले रक्सी सेवन गर्नु आफैमा हानिकारक हुन्छ । त्यसैले यसको औषधि खाइरहेका विरामीहरुले रक्सी सेवन गर्नु हुदैन । 

नोटः कुनै पनि औषधि प्रयोग गर्दा चिकित्सकको सल्लाह लिएर मात्र प्रयोग गर्नु बुद्धीमानी हुन्छ ।

Last modified on 2017-08-13 18:10:35

  1. उद्धवराज भेटुवाल

    हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।

    View Other Stories by Author >>

4 Comments

  1. dherai ramro suchana sir asati suchana haru sadai die raknu

  2. sari nei upayogi jankari ko lagi dheri2dhanyabath

  3. Kun chahi medicine baki bho ta jun sewan garda rakhsi piuna hunxa?? Tyo chahi ko list pam na...

  4. एस्तै एस्तै सामजिक हितको लागि भलो हुने खास गरि घरेलु औषधि हरुको बारेमा अझै धेरै पोस्ट गर्नु भएमा राम्रो हुने थियो ।।।।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts