NEWS: -बाँकेको टिटिहिरीया गाविसका ३५ व्यक्तिमा ‘सिकल सेल’ रोग देखा पर्यो, कोहलपुरस्थित राष्ट्रिय सेवा दल वार्षिक क्याम्पले ५३ जनामा गरेको सिकल सेल स्कीन टेष्टमा ३५ जनामा सो रोग देखिएको भेरीअञ्चल अस्पतालका डा राजन पाण्डेद्धारा जानकारी । -स्वास्थ्य मन्त्रालयले स्वास्थ्य संस्था सञ्चालन अनुमतिपत्र नलिएका निजी स्वास्थ्य संस्थालाई कर चुक्ता प्रमाणपत्र नदिन अर्थ मन्त्रालय आन्तरिक राजस्व विभागलाई पत्राचार, स्वास्थ्यमन्त्री गगनकुमार थापाद्धारा हाल मन्त्रालयसँग निजी स्वास्थ्य संस्थाको दुरुस्त अभिलेख नभएकाले ती संस्थाको कर चुक्ता नगर्न आग्रहसहितको पत्राचार गरिएको जानकारी । -बाजुराको व्यथाः परिवार नियोजनको करोडौं लगानी बालुवामा, आमाहरु दर्जन बच्चा जन्माउँदै। <<>><<>>

Find Hospitals, Clinics, Doctors ...

डक्टर सन्दर्भ गिरिको कविता

डक्टर सन्दर्भ गिरिको कविता

HD App Ad

जननी

भयङ्कर !!!

दुर्घटनापछि

यथाशीघ्र

चेत – अवचेत मनले

वरिपरि  रुमल्लिएको सम्पूर्ण

संघार नाघेर

असीमित कालो बादलले

आफूलाई छोपेको अवस्थामा

लामो !!!

लामो

निश्वास फाल्दै

आकस्मिक कक्षमा

आफ्नो सम्पूर्ण दुस्साहस

बान्ताले छरप्रष्ट भैसकेको हेर्दै

रक्ताम्मे शरीर हेर्दै

कृत्रिम प्रणालीलाई

कामेर सलाम गर्दै

जोड–जोडले चिच्याउँदै थिएँ

तुरुन्तै नव प्रभातको क्षणका निम्ती

आमा !

आमा !!

आमा !!!

तर एकदम मौन थियो

सेरोफेरो

समय टक्क अडिएको थियो

मेरो अनुहार

रातो कालोले पोतिएको थियो

स्वयंमको अनुहारको रंगसँग मिलेर

एउटा अमूर्त कला बन्दै थियो

नास्तिकबाट आस्तिक बन्ने

अर्थपूर्ण जीवन पहिलाउन चुडान्त सत्यलाइ

बिन्ती गर्दै

आफ्नो अगाडि उभिएको समयको पात्रोलाई

पल्टाउन

जीवनको रथमा चढ्न तम्तयार

सम्पूर्ण दर्शनलाई

पन्छाउँदै

एउटा अभुतपूर्व अभिभारा बोक्दै

अन्तत क्षयोन्मुख  यावत बिलुप्त हुन्छ

एक पछि अर्को

जीवनको 'रेटिना'मा कोरिएका छवीहरु

धुलाम्य हुँदै जान्छ

विस्तारै आन्तरिक तरङ्ग नाप्ने यन्त्र खिइदै जान्छ

तर म चिन्तीत

शीघ्रातिशीघ्र जीवन विनिमय गर्न

सत्य / गवेषणाका पात्र – पत्रहरु स्पर्श गर्दे

केही अंग हो कि भनी ठम्याउँदै

दृष्टिविहीनको हात्ती ठ्म्याइ झै

आउने बसन्तहरुमा रमाउन चाहन्छु

अपूर्णबाट पूर्णता तिर लम्कन चाहन्छु

अनि म चिच्याउदै थिए

आमा

आमा

भीडहरुले

मलाई बोलाउँदै थिए

ठूलो प्रतिध्वनित आवाज सुन्दै थिएँ

तर

म चिच्याउँदै थिए

जोड्

जोड्ले

आमा !

आमा !!

आमा !!!

बिस्तारै बिस्तारै

मनिटरको ट्याँ–ट्याँ टिँ – टिँ

आफ्नो धड्कनको दौड

र असिन पसिन हुँदै थालेको एक्लोपन

अस्पतालको शैयाको सेरोफेरोमा

युद्धरत म झै जीजिवबिषाहरु

कोही मौन चिर शान्तिको प्रतिक्षामा

तर म भित्रको म केही अवाज सुनिरहेको थिएँ

स्तब्ध थिए सबै

कोही कुटिल  मुस्कानले मुखाकृति बङ्ग्यादै

कोही ओठ लेप्राउदै

केही भने बलिन्द्र आँशु बगाउँदै ।

मात्र चाउरी परेको गाला

सम्भवत  रोइरहेको आँखा

र आवाज सुन्न खोजिरहेको थिएँ

जब स्मृतिको

फोटोहरु आफ्नो वरिपरि

झरिरहेका  थिए

लम्पसार भविष्यको सडक

र आफुले चाहेको गन्तव्य हेर्दै म

चिच्याउँदै थिएँ

आमा !

आमा !!

आमा !!!

खै, मेरा आवाजहरु किन कसैले सुनेनन्

एक दिन ठूलो पहिरो गयो मनमा

म स्वयं कैद थिए त्यस मन भित्र

म चिच्याइरहेँ / रोइरहेँ

पुरिएका अवशेषहरु हेर्दै

गल्र्याम  गुर्लुम खसेको

कैदखाना हेर्दै

लडेँर

आघात हुँदै

एकै छिनको सम्पूर्ण व्यथा

बिर्सदै

उठेँ म

उठेँ म

नव प्रभातमा

कालो बादल

आफ्नो गहको आँशु बनाउँदै

बर्षाउँदै

आमालाई राम्ररी देख्न सकेँ

जोडले अङ्गालो हाल्दै

हामी दुवै रोयौँ

मैले भने आमा

तिम्रो गर्भ च्यातेर

म पहिले जन्मेको थिएँ

आज

तिम्रो म च्यातेर निस्केछु

आमाले मेरो आँशु पुच्छदै भनिन्

यो प्रसव वेदना

पहिलेको भन्दा

ठूलो थियो छोरा !!!!

जोडले अङ्गालो हाल्दै

हामी दुबै रोयौँ.....

 

प्रकाशोन्मुख कवितासंग्रह 'घोषणा'बाट

Swastha Bema AD below news KDC Ad Below News Sooriya Diagnostic
हाम्रो डाक्टर एप (Google Playstore) (Apple Store) मा पनि उप्लब्ध छ । डाउनलोड गर्नुहोला।

यसमा तपाइको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

Scroll to Top