NEWS: – दिवङ्गत उद्योगपति लक्ष्मणबाबु श्रेष्ठका तीनजना छोराले पिताको स्मरणमा रु २६ पर्ने दुईवटा डाइलाइसिस मेसिन शुभेक्षा अस्पताललाई प्रदान गरेका छन् । – हिपाराउत कुर्मीले २० वर्षपछि हाइड्रोसिलको शल्यक्रिया गरेका छन् । स्वास्थ्य मन्त्रालय र नेपाली सेनाको सहकार्यमा पहिलोपटक रौतहट सदरमुकाम गौरमा भइरहेको शल्यक्रियासहितको बृहत् स्वास्थ्य शिविरमा कुर्मी हाइड्रोसिलको शल्यक्रिया गराएका हुन् । – सन् २०१७ सम्म नेपाल मोतिबिन्दुमुक्त देश हुने दावी गरिएमने छ । नेपाल नेत्रज्योती संघले ३८ औं वार्षिकोत्सवको अवसरमा राजधानीमा आयोजित कार्यक्रममा संघका अध्यक्ष डा. तीर्थप्रसाद मिश्रले मानिसमा आँखाको रोगका कारण हुने समस्यमा पछिल्लो समय कमी आएको बताउँदै एकवर्षभित्र मोतिबिन्दुमुक्त देश हुने बताएका छन् । <<>><<>>

Find Hospitals, Clinics, Doctors ...

डाक्टर मेहेताले यसरी गरे केकीसंग रोमान्स (भिडियो सहित)

डाक्टर मेहेताले यसरी गरे केकीसंग रोमान्स (भिडियो सहित)

Deurali_Janta_Pharmaceutical

काठमाण्डौं, १५ असोज। वीर अस्पतालको ट्रमा सेन्टरमा कार्यरत चिकित्सक विक्रान्त मेहता गायकको रूपमा स्थापित हुने सम्भावना बढेको छ । डा.मेहताले हालै सार्वजनिक गरेको आफ्नो दोस्रो म्युजिक भिडियो कम समयमै दर्शकको रोजाइमा परेको छ ।

गायिका अञ्जु पन्तसग युगल गायन गर्दै डा.मेहताले गाएको ‘फूलको सुवास...’ गीतले कम समयमै दर्शकको मन जितेको हो । अर्जुन अधिकारीद्वारा निर्दे्िशत उक्त भिडियोमा डा.मेहतालाई नायिका केकी अधिकारीसँग  देख्न सकिन्छ । डुमरिया, रौतहटमा जन्मिएका डा.मेहताको यो नयाँ गीतका रचनाकार नारायण खरेल र संगीतकार विशाल हुमागाई हुन् । हरि हुमागाईंद्वारा छायांकन गरिएको यो भिडियोका सम्पादक निशान घिमिरे हुन् ।

बाल्यकालदेखि नै संगीतमा रुचि राख्ने डा.मेहता करिब तीन वर्षदेखि सांगीतिकक्षेत्रमा पनि सक्रिय छन् । हालसम्म पाँचवटा गीत रेकर्ड गरिसकेका डा.मेहता केही समयपछि नै एकल एल्बम लिएर श्रोतामाझ आउने तयारी गरिरहेका छन् । केही चलचित्रमा पाश्र्व गायन समेत गरिसकेका डा.मेहतालाई चलचित्रका संगीतकारहरूले निकै रुचाएका छन् ।

चिकित्सा पेसामा सक्रिय डा.मेहता सांगीतिक क्षेत्रमा समेत दह्रो उपस्थिति जनाउने योजनामा छन् ।संगीतकर्मी गुरुदेव कामत तथा राम सिटौलास“ग संगीतको औपचारिक प्रशिक्षण लिएका  डा.मेहताले यसअघि गायिका रजिना रिमालसँग   युगल गायन गरेको ‘तिम्रै तिम्रो...’ गीत पनि लोकप्रिय भएको थियो।

भिडियो हेर्नुहोस्

 

Swastha Bema AD below news KDC Ad Below News Sooriya Diagnostic
हाम्रो डाक्टर एप (Google Playstore) (Apple Store) मा पनि उप्लब्ध छ । डाउनलोड गर्नुहोला।

यसमा तपाइको मत


फेसबुकबाट तपाईको प्रतिक्रिया

Scroll to Top