कान्तिपुर डेन्टलद्वारा ४ सय ५० बिद्यार्थीको निशुल्क दन्त परीक्षण 

What's This?


Download our app to get more features

काठमाण्डौं, ५ असोज । राजधानीको बसुन्धारा स्थित कान्तिपुर डेन्टल कलेज एण्ड टिचिङ हस्पिटलले निशुल्क दन्त शिविरमार्फत ४ सय ५० बिद्यार्थीको निशुल्क दाँत तथा मुख परीक्षण गरेको छ ।

मंगलवार हात्तिगौडास्थित भक्त इण्टरनेशनल एकेडेमीमा आयोजित शिविरमा ४ सय ५० बिद्यार्थी र शिक्षक शिक्षिका तथा फ्याकल्टि सदस्यहरुसकमेतको दाँत तथा मुख परीक्षण गरिएको शिविरको नेतृत्व गर्नुभएकी डा.सलिना मानन्धरले जानकारी दिइन् । 

शिविरमा सहभागी विद्यार्थीहरुमा दाँत किराले खाने,गीजामा समस्या, दाँत फाटिएको लगायतका समस्या  पाइएको थियो । कार्यक्रममा दाँत तथा मुख परीक्षणका अलावा दाँत र मुख स्वास्थ्य सम्बन्धी चेतनामुलक बिभिन्न कार्यक्रम गर्नुका साथै प्रशिक्षणसमेत दिइएको थियो ।

डा. मानन्धरले एकेडेमीका बिद्यार्थी, शिक्षक, शिक्षिका तथा फ्याकल्टि सदस्यहरुको महत्वपुर्ण सहयोगले शिविर सफल भएको बताइन् ।

सामुदायिक स्वास्थ्य सेवा अन्तर्गत निरन्तर निशुल्क शिविरहरु सञ्चालन गर्नुका साथै बाल दिवसको अवसरमा बालबालिकालाई उपचारमा विशेष छुट दिइएको अस्पतालले जनाएको  छ ।

  1. Dinesh Lamichhane

    Reporter

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts