रोनाल्डोको स्वास्थ्यमा सुधार 



Download our app to get more features

असोज ३ – रियल मड्रिड तथा पोर्चुगलका स्ट्राइकर क्रिष्टियानो रोनाल्डोको स्वास्थ्यमा सुधार हुँदै गएको छ । फ्लुबाट ग्रसित भएका रोनाल्डो अहिले मड्रिडमा आराम गरिहेका छन् ।

 फ्लुकै कारण उनले आइतबार राति ला लिगा अन्तर्गत स्पानियोलसँगको खेलमा रोनाल्डो खेल्न सकेनन् । युरो कप फाइनलको क्रममा घुँडामा लागेको चोट निको भएर मैदान फर्किएका रोनाल्डो फ्लुले ग्रस्त भएका हुन् । रोनाल्डोले इनस्टाग्राममार्फत आफ्नो स्वास्थ्यमा सुधार हुँदै गएको जानकारी दिएका हुन् ।

आउँदो साताको खेलमा भने रोनाल्डो उपलब्ध हुने रियल मड्रिडका प्रशिक्षक जिनेदिन जिदानले बताइसकेका छन् ।

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts