नशा च्यापिएको समस्या र यसको समाधान



Download our app to get more features

कुनै कारणले कम्मरबाट निस्केको नशामा दवाब पर्दा कम्मर दुख्ने र त्यो दुखाई हिप (जाँघ)को जार्नी हुदै खुट्टाको पछाडी भागसम्म पुग्ने अवस्थालाई कम्मरमा नशा च्यापिएको भनिन्छ ।

नशा कसरी च्यापिन्छ ?

कम्मर बन्नका लागि मेरुदण्डको विशेषगरी लम्बर भटेब्रा र स्याक्रम भटेब्रा भाग एवं दुबै भटेब्राको बिचमा हुने एक लचकदार बस्तु डिस्क मेरुदण्डको साइडमा मांसपेशी र नशाको प्रमुख भूमिका रहन्छ । 
दुईबटा मेरुदण्डको बीच भागमा रहेको डिस्क एक लचकदार वस्तु हो । जसले कम्मर चलाउन मद्दत गर्छ । डिस्क जेली पदार्थले बनेको हुन्छ । जसलाई फाइब्रस रिङ्गले घेरेको हुन्छ । कुनै कारण त्यो डिस्कबाट निस्कने नली (स्पानल क्यानल) वा साइडको नशा(नर्भ रुट) लाई दबाइ दिन्छ । यस्तो अवस्थालाई प्रोल्याप्स एन्टर भ्रटेब्रल डिस्क भनिन्छ । 

कुनै पनि डिस्क प्राल्याप्स हुन सक्छ तर धेरै जस्तो बिरामीलाई पाचौं नम्बरको लम्बर भटेब्रा र पहिलो स्याक्रल भटेब्राको बीचको डिस्क बढी प्रोल्याप्स हुन्छ । 
डिस्क प्रोल्याप्सको साइज र अवस्थामा आउने फरकको कारण लक्षण देखिन्छ । 

लक्षणहरु

  • कम्मर दुख्नु
  • कम्मर दखाई हिप हुदै तिघ्रादेखि खुट्टासम्म पुग्नु
  • हाच्छ्यु गर्दा, खोक्दा वा अगाडी झुक्दा दुखाई बढ्न
  • लामो समय उभिदा वा हिड्दापनि दुखाई हुनु
  • खुट्टा झमझमाउने, पोल्ने वा लाटो हुनु

नशा धेरै च्यापियो वा लामो समयसम्म उपचार भएन भने खुट्टा सुक्दै जान्छ र पछि गएर राम्रो सँग चल्दैन र पुरै लाटो हुन्छ ।

कहिले काहीँ दिशा पिसाब रोक्न गाह्रो हुने हुन्छ ।

कस्तो व्यक्तिलाई नशा च्यापिने समस्या बढी हुन्छ ?

  • अगाडी झुकेर काम गर्ने
  • खेलाडी तथा जर्कि मुभमेन्ट गर्ने
  • लामो समयसम्म कुर्सीमा बस्ने
  • लामो समयसम्म उभिएर काम गर्ने
  • मोटोपना, गर्भावस्था र अग्लो हिलको प्रयोग गर्ने महिला

नशा च्यापिएको कसरी थाहा पाउने ?

धेरै जसको नशा च्यापिएको लक्षणका आधारमा नै थाहा पाउन सकिन्छ । चिकित्सकले जाँच गर्दा गरिने केही परिक्षणबाट धेरै पत्ता लगाउन सकिन्छ । जस्तै

बिरामीलाई उत्तानो सुताएर खुट्टा सिधा पारेर उठाउन लगाउने परिक्षण (कचि)  टेष्टले पनि धेरै प्रतिशत नशा च्यापिएको पत्ता लगाउन सकिन्छ । साथै नशा च्यापिएको कारण र अवस्था पत्ता लगाउन एमआरआई पनि गरिन्छ । 

उपचार

नशा च्यापिएको समस्यामा विशेषत विभिन्न प्राकृतिक उपचार पद्धती प्रभावकारी मानिन्छन् । जस्तै 

  • अकुपञ्चर
  • फिजियोथेरापी (एलेक्ट्रो तथा एक्ससाइज दुबै)
  • थेरापिटिक मसाज लगायत प्राकृतिक चिकित्साका तरिकाहरु

यी थेरापीहरुको उचित प्रयोगको साथै सुरुकै अवस्थामा आरम गर्नु जरुरत हुन्छ । पूर्ण आराम साथ अकुपञ्चर, फिजियोथेरापी र प्राकृतिक चिकित्सा विधिका विभिन्न तरिकाबाट पनि उपचार गर्दा अप्रेशन गर्न जरुरत हुदैन । विश्वव्यापी अनुसन्धानबाट पनि नशा च्यापिएको समस्यामा ८५ प्रतिशत बिरामीलाई अप्रेशन विना उपचार गर्न सकिन्छ भन्ने देखिन्छ । 

नशा च्यापिएको बिरामीको खुट्टा सुक्यो, चलाउन गाह्रो भएमा र पिसाब रोक्न नसक्ने भयो भने अप्रेशन गर्न जरुरत हुन्छ । 

साबधानी

  • सामान्य लक्षण देखिनासाथ परिक्षण गराउने र उपचार गर्ने
  • अगाडी झुक्दा विशेष ध्यान दिने
  • गाडीमा यात्रा गर्दा बेल्टको प्रयोग गर्ने र खाल्टा खुल्टीबाट जोगाउने
  • सकेसम्म मोटरसाइकलको प्रयोग नगर्ने, गर्नै परेमा बेल्टको प्रयोग गर्ने
  • लामो समयसम्म कुर्सीमा नबस्ने, पलेटी कसेर नबस्ने
  • मोटोपना कम गर्ने
  • हिल जुक्ताको प्रयोग नगर्ने
  • फिजियोथेरापिष्टको सल्लाह बमोजिम नियमित एक्ससाइज गर्ने    

लेखक अकुपञ्चरिष्ट तथा शुस्वास्थ्य अस्पतालका अध्यक्ष हुन् । 

Last modified on 2016-10-26 16:30:11

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

22 Comments

  1. हेल्लो नमस्ते! समस्या यो छ कि बेला बेलामा एउटा खुतामा दुखने आगोले पोलेको जस्तो हुने फिलाको मुनि दुखने नसा धेरै पटक देखैयो समस्या मजले पता लगौन सकेको छैन के कसो गर्ने सल्लाह दिनुहोस।आसा गर्नेछु धन्यबाद।01064180913 viber maa cantact गर्नुहोस

  2. mero paila khutta ko sapra ma dherai dukhthyo paxi thala pare ghuda dukhna ni thalyo ra ghati haat dhad dukhna thalyo latthi ko Sahara lay hidna thale ani check up garauda arthritis vanyo teaching ma khutta ma Patti banera 3 liter pani jhundyayo kei hidna sakni vathe paxi samasya jhan badyo dukheko khutta sukna lagyo ani ghati chalauna ni garo vo dhad ni kupro vayo aile hip replacement garnu parxa vanxa auta khutta pasarna ni mildaina hinda sadai dhad kupro parxa sir plz ma sida vayera hidna sakxu treatment xa hajur sang 3 year VO sir ankylosing spondylitis vako vanxa plz mero email me [email protected]

  3. Malai L3/l4 ma problm x vneko x mri anusar maile hoapitl ma injection ni laye 3dose inj sap lagai sakera aaile 6 mth complete vai sako tesle sidewffect garx ki gardaina ra aaile malai dhuknu t dhukdaina bt smtime kaile kai dhuke jsto afthero hunx dailay therapy ke sikako exercise ni grdaixu K yo pain purai completly hola ki na hola n plz completly niko hunx vane sure ill b there for more treatment plz

  4. malai saun dekhi yo samasya vayo bhadau ma solti mod kalimati ma 10 din upachar garaye bhayena wellness hospital maharaj gunj ma 9 din bharna bhayara base bhayena kari samaya lagla niko huna kata janu parla plz help me...

  5. जानकारीको लागी धेरै धेरै धनयबाद

  6. जानकारीको लागी धेरै धेरै धनयबाद

  7. Acu.Sudarshan Basneton Sun, Sep 25 2016 09:21 PM

    सबै पाठक तथा कमेन्ट को लागि धन्यवाद ।मलाई सुश्वास्थ हस्पिटल मा भेट्न सकिन्छ।तेह फोन गरेर पनि केही सल्लाह पाउन सक्नु हुनेछ ।014477909 , 9851245812 मा सम्पर्क गर्नुहुन अनुरोध छ

  8. Malai yak Basra agadi backko gym khelda pachhadiko karang aawaj aauni gari markerko thiyo tyatibela theyarapy,hospital sahlah bamojim medicin,massage,exci gardai aayako chhu tarpani niko vayana tapaile pathayako lachyan anusar malai nasha chyapiyako chha.yasko lagi k upachar garnu parla.thank you

  9. mero srimati ko kammar dukhne samasya xa usko khutta pani polne ra kehi garau saman hatma bokera hidda hat ma jhamjhamaune hunxa ra saman bokna nasakne hunxa yo samasya bhayako 2/3barsa bhayo yasko lagi k garnu parxa pls yasko samadhan batai dinu huna anurodh garda xu kahile kahi niure ra kam garda pani kammar dukhne hunxa

  10. Thanks for good health tips

  11. बाबुराम नेपाल on Thu, Sep 22 2016 09:43 PM

    जान कारिको लागि धन्यबाद सर!

  12. bihana uthera achhi garna basnagaro hub6 pachhi chalda chaldai bistare basna sak6 .sidha uthera auna sak dina .jhotabasna sadina yo k vaya ko hola.?

  13. सल्लाह दिनु भएकोमा धेरै धन्यबाद हजुरलाई । म अहिले 26 बर्षको भए, यस्तै गरी मेरो पनी पछाडी मेरूदण्ड र करङहरू दुख्छन् , तर राती सुतेको बेलामा र बिहान उठ्ने बेलामा मात्र । अति नै दुखाई महसुश हुन्छ । बिस्तारै दिनमा आफै ठिक हुदै जान्छ । अस्पतालमा चेक गराउदा ग्यासट्रिकको दबाई दिनुहुन्छ । केही फरक पार्दैन त्यो दबाईले हैरान भएको छु म । के यो समस्या पनि नशा च्यापिएरै भएको होला डाक्टर साब् ?? कृपया उद्दार गरिदिनुहोस् सल्लाह दिएर । हजुरको हल्लाह मेरो gmail Id. पठाई दिन अनुरोध गर्दछु हजुरहरू समक्ष ।

  14. Acu.Sudarshan Basneton Wed, Sep 21 2016 04:03 PM

    thank you all for wonderfull coments and concern .pls fell free to contact me at sushwastha hospital minbhawan ktm.014477909,9851245812.or visit our fb page sushwastha hospital.

  15. I'm facing the same problems since 3 years, i have visited the doctors many times to do the treatment but no improvement.Doctor said i have a problems in my disk and instructed me to do some exercise & i did it as per the doctor instructions but there is no sign of improvement.I really want to see the writer of this Artical. please help me to get in touch with the writer.

  16. वसन्त श्रेष्ठ on Wed, Sep 21 2016 12:40 PM

    मेरो छोराको देब्रे खुट्टामा बिगत ४/५ बर्षदेखि नसा च्यापिएको कारण दुखेकोमा ३/४ पटक थेरापी /२ पटक लेजर थेरापी र विभिन्न एक्सोसाइज गराइ सकियो तर छ्याक्क निको सकेको छैन अब के गर्नु पर्ला । तपाईंको क्लिनिक काठमाडौ कुन ठाउँ मा छ र ठेगाना / सम्पर्क नं पाउ ।

  17. Please tell me where you are located. I need immediate consultation for backache ... and hopefully treatment also. Thank you

  18. Acu.sudarshan basneton Tue, Sep 20 2016 08:59 PM

    माथी को लेख को सावधानी मा पलेती कसेर नबस्ने हुनु पर्ने मा बस्ने भएको छ।नसा च्यापिएको अवस्थामा पलेती कसेर बस्न हुदैन।

  19. Ramro chha post. Sahi lagyo

  20. acu.sudarshan basneton Mon, Sep 19 2016 09:44 AM

    hamro branch kahi pani chhaina hajur.milchha bhane ktm aauna hola.

  21. INDRA NATH BASTOLA DHARAN 04 LAxMI SADAK SUNSARYon Sun, Sep 18 2016 09:39 PM

    Mero pani yastai samasya ho yo samasya 20, 25barsa pahila dekhi nai ko ho tara ma sadhainai bihan 3 baje saberai uthda xu ra 1 ghanta jati exdekercise(hot yoga) garda xu ani daini snan garda xu so belama kammar dekhi tala khutta samma mahanarayani aaurbedik tel le masaj garda xu tyaspachihi 1 ghanta samma mahayog sadhana ko yog kriyama basda xu tyaspachhi dinvari mero sarir beloon jasto dherai haluka hun xa

  22. Good news. Malai ni astai bimar 6.pokhara syangja ma tapaiko branch 6 ki nai?pl imfo.


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts