बलिउड अभिनेत्री विद्या बालनलाई डेंगू

What's This?


Download our app to get more features

एजेन्सी, १ असोज । बलिउड अभिनेत्री विद्या बालन डेंगूबाट पीडित भएकी छन् । 

अभिनेत्री बालन अहिले आफ्नो घरमा आराम गरिरहेकी छिन् । विद्याकी प्रवक्ताले शुक्रवार एक वक्तव्य जारी गर्दै बालनलाई डेंगू(ज्वरो) लागेको पुष्टि गरेका छन् । चिकित्सकहरुले १०÷१५ दिनसम्म आराम गर्न बालनलाई सुझाव समेत दिएका छन् । 

विद्या बालनकी छिमेकी मानिने शहिद कपुरले बीएमसीलाई जानकारी गराएका छन् । विद्या बस्ने अपार्टमेन्टमै दुई तल्लामा शहिद पनि बस्दै आएका छन् । शहिदले एडिस एजिप्ट लामखुट्टेलाई रोक्न नसकेको बताएका छन् ।  

बीएमसीको किटनाशक विभागले एक अभियानको क्रममा अभिनेता शहिदको स्विमिंग पुल(प्रयोगमा नआएको)मा एडिस लामखुट्टे जन्म लिइरहेको जनाएको छ । जसले शहिदलाई १० हजार जरिवाना समेत तिर्नुपरेको छ । 

भारतमा केही समययता अहिले डेंगू फैलिने क्रम जारी छ । बम्बईका विभिन्न अस्पतालहरुमा झन्डै पन्ध्र सय डेंगुका बिरामीहरु भर्ना भएका छन् । 

विद्या बालन आगामी फिल्म ‘कहानी–२’ मा देखिने छिन् । जुन नोभेम्बरमा रिलिज हुनेछ । 

Last modified on 2016-09-17 13:52:56


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts