थाइराइड कुनै रोग होइन: डा. ज्योती भट्टराई



Download our app to get more features

थाइराइड कुनै रोग होइन । थाइराइड भनेको गलग्रन्थी हो । जसले थाइराइड हर्मोन उत्पादन गर्छ । यसको मुख्य काम भनेको शरीरको मेटाबोलिजम नियन्त्रण गर्ने हो । जसले शरीरलाइृ फर्तिलो बनाउने काम गर्छ । थाइराइड ग्रन्थीबाट उत्पन्न हुने हर्मोनमा घटबढ भएर शरीरमा देखिने समस्यालाई थाइराइड भन्ने गरिएको हो । यो बच्चा देखि बृद्धसम्म जो कसैलाई पनि हुन सक्छ तर पुरुषको तुलनामा महिलामा बढी देखिने हुन्छ । कसैलाई थाइराइडको मात्रामा कमी हुने हुन्छ भने कसैलाई यसको मात्रा बढी हुन जान्छ । तर कसै कसैको गलगाडमा गीर्खा समेत आउने हुनसन्छ । यसको अवस्था अनुसार उपाचार गर्नुपर्ने हुन्छ । 

थाइराइड विशेष गरी दुई प्रकारको हुन्छ । थाइराइड ग्रन्थीले शरीरमा आवश्यक भन्दा कम हार्मोन उत्पादन गरेमा त्यसलाई हाइपो थाइरोडिज्म भनिन्छ भने शरीरमा आवश्यक भन्दा बढी हर्मोन उत्पादन हुने अवस्थालाई हाइपर थाइरोडिज्म भनिन्छ । 

हाइपो थाइरोडिज्म भएमा आलस्य हुनु, कब्जीयत हुनु, छाला सुख्खा हुनु, कपाल झर्नु, महिनावारी गडबड हुनु जसता लक्षण देखा पर्छ भने हाइपर थाइरोडिज्ममा धडकन बढ्नु, हात काम्नु, हाल खुट्टाबाट पसिना आउनु, तौल घट्नु, दिशा लाग्नु, आत्तिनु, जस्ता लक्षण देखा पर्छ ।

थाइराइड भएमा धेरै व्यक्ति आत्तिएको पाइन्छ । थाइराइड रोगका बारेमा सचेत हुनुपर्छ तर थाइराइड भएमा आत्तिनु भने हुँदैन । सामान्य सावधानी मात्र अपनाउन सकिएमा पनि यसलाई नियन्त्रण गर्न सकिन्छ । सर्वप्रथम चिकित्सकसँग निरन्तर परामर्श लिनुको साथै सल्लाह अनुसार नियमित औषधि सेवन गर्ने, आयोडिन युक्त नुन खाने गर्नु पर्छ ।

थाइराइड हुने मुख्य कारण थाहा हुन सकेको छैन । त्यसैले थाइराइडमा चाहिने भन्दा धेरै भ्रम छन् । जनचेतनाको कमीका कारण थाइराइडमा धेरै मुख बार्ने, काउली, बन्दा खानु हुदैन भन्ने जस्ता नकारात्मक हल्ला बढी भएको पाइन्छ । थाइराइड भएमा सामान्यतया सन्तुलित भोजन गर्न सकिन्छ, जसमा काउली, बन्दा पनि पर्न जान्छ । यसको सेवनले थाइराइडलाई केही असर गर्दैन । तर यस्तो अवस्थामा रक्सी, चुरोट तथा सुर्तीजन्य पदार्थको सेवन, चिल्लो, अखाद्य वस्तु भने खानु हुँदैन । 

 

Last modified on 2017-05-26 07:42:15

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

20 Comments

  1. डा.ज्योति सग भेट्ने ठुलो इच्छा छ । म पनि केही समय अगाडी थाइराइड्को बिरामी थिए । हजुर इस्पेसल थाइराइडको डाक्टर भएको हुनाले हजुरलाइ रिपोर्ट देखायर मनलाइ शन्ता पर्ने मन छ । कति टेलीफोन गरे उठे न ? त्यसैले उहाँ लाई कसरी भेट्न सकिन्छ ?? जानकारी पाउ न हजुर।

  2. This is Kushal Tiwari from Concord Newhempshire USA,I have been getting more pain in my all joints and each and every joints are producing creeping sound,like creep....creep....creep...My fingers of both hands producing creep...creep sounds and pain more.But,still my family doctor has been not finding any errors in my blood.During the times of snow,it is painful and difficult to move body also.My back bone also produces same kinds of sound when I bend down my body,feeling tired,feeling not interested in anythings.Both legs are normness and joints pain and produces same kinds of creeping sounds.So,what are the alternatives to be cure from this illness?what is the name of this illness and problems?how does these kinds of problems comes in human life?And what are the ways to recovery from this sick?would you mind to give me perfect suggestions regarding my matter please?

  3. Lekh ramro ra faladai rahechha. Esbata sarba sadharan tatha yes sambandi rogilai sahayog pugchha. Dr. Sahab lai dhanyabad.

  4. Malai thyroid vayeko 10barsa vayo. Thyroid vayeko thahune bitikai maile de.joti lai nai dekhate..wale 25mg ko medicine khaye,pachi 50vayo ra baby pani vayena. Tara pachi delhi ko medanta hospital ma dekhaye tya ko doctor le dabai khako 1 ghanta samma kehi nakhanu pani pani nakhanu bhannubho . Ra pachi maile dr.sashi lai dekhaye ga gaino joti sharma ji lai. Tara delhi ko doctor le bhaneko kura fallow gare dabai tesai khana thele .3month follow garda mero babi vayo now baby 3years ko cha.banda kauli khada 3month agi mero TSH15pugeko thyo tara ahile purai mukh barepachi 1.56cha...,,la aba bhannus k tyo halla matra hoki sachai nai ho

  5. Manchei pichchhe kura ra lab anusarko reportle bhram mathi bhram thupardai jhan ayu ghataudai chhan manisharu yasko upachar k ho

  6. thriod do tranfer to baby from mother or not mam

  7. थापाथली मा मेट्रो हस्पिटल हुँदा म नि थाइरोइड चेक गराउन गएको थिएँ मेरो रिपोर्ट हेरेर थाइरोनर्म को मात्रा बढाउने काम भो त्यहिँ मुताविक औषधी खाइरहेको छु । 3/3 महिनामा टेष्ट गराएको छु तर मेरो थाइरोइड नियन्त्रणमा छैन । मेट्रो सार्है महङ्गो छ। ल्याबटेष्ट उसैकोमा गर्दा रिपोर्ट सहित हुन्छ भन्ने भ्रम किन फैलिएको? मलाई नि ज्योति ले कुनै मुख बार्ने सल्लाह चाहिँ दिनुभएको थिएन ।

  8. मैले पनि करिब एक बर्ष देखि dr Jyoti सँग check up गरेर medicine खाईरहेकी छु , थोरै मात्रामा खान भैहाल्छ , धेरै पो खान भएन

  9. Thank you Dr'jyoti bhattarai ,i appreciate you for the good information,

  10. Baihini Maiya Pradhanon Fri, May 26 2017 11:29 AM

    Thank you Doctor. Now a days my eyes are puffy number of doctors are told me this is Hypothyroidism grave eye's disease. In my ct scan reports are shown thickening eyes and blood report shown higher side.

  11. Thank U Dr. Now am bit cleared about what to eat and what not.

  12. Yo yekdamai ramro janachetana mulak article ho jasle kayau bekti haru ko man ma bhayeka jigyasa ra thyroid vayera baseka haruko confusion hatauna madat garxa.

  13. ज्योती madam को पसल metro hospital हो नारायण गोपाल चोक मा छ । पसल अलि महङो छ । मान्छे नै नहुदा पनि 1 हप्ता पैला नाम लेखाउनु पर्ने सिस्टम् छ । येदि सिधै गयो भने हफ्ता कुर्नै परेन अलि अलि कुरो मिलाएर गरे पालो आउछ । हेर्दा राम्रो बोल्दा खरो १० जना जति नर्स हरु को नाटक हुँदै धेरै बेर को पर्खैइ पछी बल्ल dr. physician लै भेट हुन्छ । एउटा बुढो dr. ले झनै सबै चेक गरि सानो baby को जस्तो नबुज्ने अक्षर मा लेख दिन्छ ।अनि फेरि पालो कुरेर बस्यो । अनि बल्ल dr .jyoti सङ भेत । अर्को dr. ley lekheko kura herera bhako nabhako sabai nai lab test rakhnu huncha. ra nikai mahango bill aaucha . jo garib ko lagi sambhab chaina. thyroid ko lagi medical history ko pani nikai ramro bhumika rahancha ek choti checkup gareko lab test sabai nai 1 mnth pachi jada nai chexk garnu parney badyeta. Lut tantra

  14. Thank for this imortant information Dr Jyoti

  15. सरु सुवेदी on Fri, May 26 2017 03:27 AM

    जहाँ सम्म मुख बार्ने र बन्दा काउली नखाने कुरा स्वयम् डाक्टरहरुले दिने सल्लाह यस्तै पाइन्छ!सिभिल हस्पिटल बानेश्वरमा मलाई पनि आशङ्का रहेको र यिनै दुई चिज र फ्रीजमा रहेको कुनै चिज नखान सल्लाह पाएकी थिए!जनमानसमा यस्ता हल्ला स्वयम् डाक्टरहरुबाट मिलेको पाइयो!

  16. Malai dherai Barsa vaisakyo thyroid le garda ghati dukni sunini garxa ra Maile thyroxin vanni ousadi khai rakheki xu Tara pani niko Vayeko xaina, Hajur Lai ek patak chek garauna paye hunni thiyo, plz give me your adress thank you Puspa Aryal from butwal

  17. Thank you Dr. Jyoti for giving such a important information.

  18. I like but i want to meet dr.jyoti bhattarai

  19. Plz how does thyroid occur in human being?


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts