व्रत बसेकी महिलासँग यौनसम्पर्क राख्नु उचित या अनुचित

What's This?


Download our app to get more features

काठमाडौं, १९ भदौ । आज अधिकांश हिन्दू महिलाहरु तीजको व्रत बसिरहेका छन् । निराहार उपवास बसी श्रीमानको मंगल कामना गर्दै विहानैदेखि शिव मन्दिरमा पुजा अर्चना गरिरहेका छन् ।

परापूर्व कालमा पार्वतीले भगवान शिवलाई  पति पाउँ भनि निराहार व्रत बसको र सोही व्रतका प्रभावले शिवलाइ पतिका रुपमा पाएको भन्ने हिन्दूशास्त्रमा उल्लेख छ । सोही कारण पनि हिन्दू महिलाहरुले आजको दिन शिव मन्दिरमा शिव र शिवलिंगको विशेष पूजा गर्ने गर्दछन् ।

अन्य बार तथा दिनहरुमा फलफूल आहार गर्दै व्रत बसेपनि तीजको व्रतमा अधिकांश महिलाहरुले निराहार व्रत बस्ने हुँदा यसदिन महिलाहरु अन्य समयमा भन्दा विशेष रुपमा थकित हुन्छन् । सोही कारण पनि हिन्दू धर्मशास्त्रले महिला व्रत बसेको दिन यौन सम्पर्क नगर्नु भनेको छ ।

दिनभर भगवानको नाउँमा उपवास बसेकी महिलामाथि सहवासको कुरा सोच्न पनि नहुने हिन्दूशास्त्रमा उल्लेख छ । व्रत बसेको दिन उनीहरु मानसिक रुपमा पनि तयार हुन नसक्ने र शारीरिक रुपले पनि निकै थकित हुने हुँदा सहवासका लागि बाध्य बनाउन नहुने परम्पारागत मान्यतासमेत रहेको पाइन्छ ।

तीजमा व्रत बसेकी महिला बेलुका श्रीमानसँग नसुति अलग्गै सुत्नुपर्नेमा शास्त्रले जोड दिएको छ । तीजमा विवाहिता महिलाहरु श्रीमान्को घरमा नबसी माइतीमा बस्नुलाई पनि सहवासको अर्थसँग जोडिएको धर्मशास्त्रीय मान्यता रहेको शास्त्रका ज्ञाताहरु बताउँछन् ।

धार्मिक आस्थाले भगवानप्रति भक्तिभाव लगाइरहेका बेला कामवासनालाइ नियन्त्रण नगरी यौन क्रिडामा लिप्त हुँदा व्रतको फल नपाइने पनि शास्त्रमा उल्लेख छ । यद्यपी चिकित्सा विज्ञानले भने धर्मशास्त्रका कुरालाई अस्वीकार गर्दछ ।

यौन मानव जीवनको समान्य प्रकृया भएकाले महिला मानसिक तथा शारीरिक रुपले तयार भएमा सहवास गर्दा फरक नपर्ने चिकित्सकहरुले बताउँछन् । निराहार व्रत बसेका बेला भने महिलाहरु थकित हुन सक्छन् ।

यस्तो बेलामा शरिरमा पानी, ग्लुकोज तथा क्यालोरीको कमी हुने भएकाले महिलाहरु यौनसम्पर्कका लागि तयार हुन कठिन हुने भएकाले आफ्नो पार्टनरको मनोभावनालाइ बुझेरमात्र यौनसम्पर्क गर्न चिकित्सकले सुझाव दिएका छन् ।

 

 

Last modified on 2016-09-04 17:23:22

1 Comments

  1. महेन्द्र on Sun, Sep 04 2016 02:57 PM

    श्रीमान पनि श्रीमती सग माइत जानू छोडनु पर्यो य यस्को मतलब


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts