उमेर ढल्केसंगै यौन चाहनामा वृद्धि 

What's This?


Download our app to get more features

एजेन्सी । मानिसमा यौन चाहना हुनु स्वभाविक कुरा हो । प्राकृतिक रूपमा सबै स्वस्थ व्यक्तिमा यौनइच्छा हुने गर्दछ । साथै यसलाई एकदम स्वाभाविक पनि मानिन्छ । यो एक स्वस्थ मानिसका लागि आधारभूत कुरा भएको हुनाले यसलाई मस्तिष्कको एक भागले निर्देशन गरिरहेको हुन्छ ।

हामीमध्ये धेरलाईै लाग्न सक्छ उमेर ढल्कदै गएपछि यौन चाहना घट्दै जानेछ । तर बैज्ञानिकहरुको निरन्तर खोजहरुले के पत्ता लगाएका छन् भने ६० वर्षभन्दा अधिक उमेरका ज्येष्ठ नागरिकहरु यौन सम्बन्ध कायम गर्न बढी उत्सुक रहने गर्दछन् ।

पोर्टल्याण्ड विश्वविद्यालयका बैज्ञानिकहरुले गरेको अध्ययनअनुसार अनुसार ६० वर्ष उमेर पार गरेपछि मानिसहरु यौन सम्बन्ध कायम गर्दैगर्दा अनिवार्य सुरक्षा अपनाउन पनि आवश्यक ठान्दैनन् । पैसा दिएर यौन सम्बन्ध कायम गर्नेमध्ये ६० देखि ८४ वर्ष उमेरका मानिस धेरै भेटिएका छन् । जति जति उमेर बढ्दै जान्छ, उनीहरुको यौन सम्बन्ध कायम गर्ने इच्छा पनि बढ्दै जान्छ ।

अध्ययनका प्रमुख लेखक डाक्टर क्रिस्टिना मिलरोडका अनुसार उनीहरु पटकपटक यौन सम्बन्धका लागि पैसा खर्च गर्ने गर्दछन् । उनीहरुमा अत्याधिक यौन चाहनाका कारण बढीभन्दा बढीपटक आफ्नो बेड पार्टनरसँग असुरक्षित यौन सम्बन्ध कायम गर्न आँतुर हुन्छन् । 

मिलरोडले भनेका छन् मानिसहरुमा उमेर ढल्कँदै जाँदा यौनसम्बन्ध कायम गर्ने रुची कम हुन्छ भन्ने धारणा पाइन्छ तर, यो गलत तथ्य भएको अध्ययनको निष्कर्ष छ । युवाहरुको तुलनामा ज्येष्ठ नागरिकहरु पेड पार्टनरका साथ सम्बन्ध कायम गर्ने बेला निकै सावधान हुने प्रयास गर्दछन् । 

डा।क्रिस्टिना मिलरोड र पोर्टल्याण्ड विश्वविद्यालयका समाजशास्त्रका प्रोफेसर मार्टिन मोन्टोले ६० देखि ८४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकवीच सर्वे गरेका हुन् । शोधका अनुसार सहभागी मध्ये ५९.२ प्रतिशत ज्येष्ठ नागरिकहरु यस्ता छन् जो सधैं यौन सम्पर्कका लागि हतारीने गर्थे ।

मिलरोड र मोन्टोले स्वास्थ्य सेवासँग सम्बन्धितहरुले पाका नागरिकहरुमा यौन रोग संक्रमणसम्बन्धी विषयमा उपचारका क्रममा सोध्नुपर्ने बताए । उनीहरुलाई सुरक्षित यौन सम्बन्धका बारेमा जानकारी दिनुपर्ने उनीहरुको भनाई छ ।

फोटो / एजेन्सी

  1. Dinesh Lamichhane

    Reporter

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts