उनी को हुन् ? जो डाक्टरले मृत घोषित गर्दा पनि जिवित रहे...

What's This?


Download our app to get more features

एजेन्सी, १८ भदौ । भनिन्छ नि, ‘जहाँ इच्छा त्यहाँ उपाय’ । 

तर, यो संसारमा त्यस्ता हजारौं मानिसहरु छन्, जो संग इच्छा भए पनि उपाय छैन । ठूला–ठूला सपना देख्छन्, तर पूरा हुँदैनन् । भन्नुको तात्पर्य के हो भने यस संसारमा निकै कम  मानिसहरुका इच्छा पुरा हुन्छन् ।
एक जना मानिस जसले २ वटा क्यान्सरलाई झेले । १९ पटक अपरेशन गराए । डाक्टरले मृत घोषित गरे, तर, पनि उनी बाँच्न सफल भए । केवल आफ्नो जीवन बाँच्ने बलियो इच्छाका कारण । 

उनी दक्षिण पश्चिम चीन गुईयांगका वू क्विहैंग हुन् । उनलाई क्यान्सर भएको थियो । आफु क्यान्सरबाट पीडित भएको जानकारी भए पनि उनले फिटनेस(जीम)लाई् छाडेनन् । स्वास्थ्य रहनका लागि निरन्तर फिटनेसलाई नै रोजे । 

५९ वर्षीय वू क्विहैंग १९ पटक अपरेशन गराइसकेका छन् । तर, उनी शारीरिक रुपमा निकै फिट र बलिया देखिन्छन् । कसैले सोच्न पनि सक्दैनन् कि क्यान्सरबाट लडेर उनी यहाँसम्म आइपुगेका पुगेका छन् । 
वू क्विहैंग ३९ वर्षकै हुँदा उनी रगत क्यान्सरबाट पीडित भए । त्यतिबेला उनको छोरी प्राइमरी स्कुलमै अध्ययनरत थिइन् । आफ्नो प्यारी छोरीकै कारण आफुलाई फिट राख्ने ‘वू’ ले ठाने । उनले अपरेशन र उपचारका क्रममा रेडिएन्शस थेरापी पनि गराएका थिए । 

निकै दर्दनाक उपचारपछि आफ्नो जीवनशैली परीवर्तन गर्नका लागि ‘जीम’ लाई उनले बाटो बनाए । उनी भन्छन्, ‘भाग्यको कुनै भरोसा हुँदैन ।’ जीम सुरुवात गरेको ६ वर्षपछि उनलाई फेरि फोक्सो सम्बन्धी क्यान्सर भयो । तर, उनले हार मानेनन् । आफ्नो उपचार गराए र चिकित्सकबाट ट्यूमर निकाल्न लगाए । कयौंपटक त डाक्टरहरुले उनलाई मृत घोषित पनि गरेका थिए । तर, बलियो इच्छाकै कारण उनी जीवन बाँच्न सफल भए । 


श्रोत : एबिपीन्युज

Last modified on 2016-09-03 12:55:49


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts