के तपाईंमा नियमित हस्तमैथुन गर्ने लत छ ? यस्ता छन् नियमित हस्तमैथुनका फाइदाहरु

What's This?


Download our app to get more features

एजेन्सी । पछिल्लो समय यौनप्रति आम मानिसको दृष्टिकोणमा निकै परिवर्तन आएको । पश्चिमा देशहरुमा यौनलाई एक सामान्य प्रकृयाका रुपमा लिइन्छ ।

तर नेपालीहरुमा भने यौन प्रतिको सोच अझै फराकिलो बन्न सकिरहेको छैन । सोही कारण पनि यौनका विषयमा कुण्ठा पालेर बस्ने युवा युवतीको संख्या पनि सानो छैन । यौनका बारेमा खुल्न नसक्ने र खुलेर बहस नगर्ने मानिसहरुमा मानसिक समस्या समेत देखिने गरेको विभिन्न अन्तर्राष्ट्रिय शोधहरुले देखाउँदै आएका छन् ।

सेक्सको बारेमा विभिन्न धार्मिक दर्शनहरुमासमेत अनेकौं व्याख्याहरु हुँदै आएका छन् । हिन्दू धर्मशास्त्रलाई हेर्ने हो भने पनि परापूर्वकालमा देवी देवताहरुले समेत यौनलाई अवलम्बन गर्ने गरेको तथ्यहरु भेट्न वा पढ्न पाइन्छ ।

विभिन्न धार्मिक स्थलहरुमा कुदिने गरेका कलात्मक कृतिहरुमा पनि भगवानहरुको यौनलीलालाको बारेमा दशाइएको छ ।

त्यसैले पनि यौन कुनै ठूलो विषय हो भन्ने देखिदैन । आज हामी यौनसँग सम्बन्धित र यौवनावस्थामा अक्सर युवाहरुले गर्ने गरेका हस्तमैथुनका विषयमा चर्चा गर्दैछौं । हस्तमैथुनकै विषयमा कुरा गर्दा पनि यसलाई विभिन्न तरिकाले व्याख्या गरिदै आइएको छ ।

अझ भन्ने हो भने हस्तमैथुनका विषयमा केही गलत अपव्याख्याहरु समेत हुँदै आइरहेका छन् । धेरै हस्तमैथुन गर्नेहरु निसन्तान हुन्छन्, वीर्य पातलो हुन्छ, हस्तमैथुन गर्ने युवाहरुले विवाहपश्चान श्रीमतीलाई यौन सुख दिनसक्दैनन,हस्तमैथुन गर्दा दुब्लो भइन्छ, त्यसो गर्ने मान्छे शारीरिक रुपमा कमजोर हुन्छ भन्ने जस्ता कुरालाई चिकित्सक तथा शोध एवं अनुसन्धानहरुले नै गलत सावित गरिदिएका छन् ।

विभिन्न समयमा भएका अन्तर्राष्ट्रिय अनुसन्धानहरुले यसको ठीक उल्टो हुनेगरी हस्तमैथुन गर्दा फाइदा पुग्ने कुरालाई जोड दिएका छन् ।

हस्तमैथुन युवालेमात्र होइन युवतीले पनि गरिरहेका हुन्छन् । यसरी हस्तमैथुन वा वीर्यस्खलन गर्दा मानिसको स्वास्थ्यमा फाइदा पुग्ने गरेका निष्कर्ष वैज्ञानिकहरुले निकालेका छन् । पछिल्लो समय गरिएको एक अनुसन्धाले वीर्य स्खलन गराउने पुरुषमा 'प्रोस्टेड' क्यान्सरको जोखिम कम रहने गरेको सर्वेक्षणमा सहभागीहरुले दाबी गरेका एजेन्सीहरुले जनाएका छन् ।

१९२२ देखि २०१० सम्म गरिएको सर्वेक्षण अनुसार करिब ३२ हजार भन्दा बढी पुरुषहरुमा अध्ययन गर्दा ४ हजार पुरुषमा 'प्रोस्टेड' क्यान्सर देखिएको थियो सर्वेक्षण रिपोर्टमा भनिएको छ । २० वर्षभन्दा कम उमेरमा प्रतिमहिना २१ पटक स्खलित हुने पुरुषमा 'प्रोस्टेड' क्यान्सर लाग्ने जोखिम १९ प्रतिशतले कम रहेको पाइएको थियो ।

त्यसैगरी ४० वर्ष पुग्नु अघिसम्म स्खलन गरिरहने पुरुषमा यसको जोखिम २२ प्रतिशत भन्दा कम रहेको जनाइएको छ । प्रत्येक महिना ३ पटक वा सो भन्दा कम वीर्य स्खलन गर्ने पुरुषमा पोस्ट्रेड क्यान्सरको जोखिम वा अन्य रोग लाग्ने सम्भावना उच्च रहेको अध्ययनको क्रममा फेला परेको थियो ।

यो अध्ययन अमेरिकाको हावर्ड विश्वविद्यालयको स्वास्थ्य सम्बन्धि विभागले गरेको थियो ।

यद्यपी कुनै पनि काम वा प्रवृत्तिलाई आवश्यकता भन्दा बढी महत्वका साथ गरियो भने फाइदासँगै असर पुग्न सक्ने तर्फ पनि ध्यन पुर्याउनु पर्ने सर्वेक्षणमा सहभागीहरुले बताएका छन् ।

 

Last modified on 2016-08-27 12:39:52


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts