कान्तिपुरले गर्यो बाँसबारीमा मुख परीक्षण शिविर



Download our app to get more features

काठमाण्डौ, १० भदौ । राजधानीको बसुन्धारा स्थित कान्तिपुर डेन्टर कलेज एण्ड टिचिङ हस्पिटलले बाँसबारी उच्च माध्यमिक विद्यालयमा शुक्रवार बृहत मुख तथा दन्त शिविरको आयोजना गरेको छ । 
शिविरमा ४ देखि १८ वर्ष उमेर समुहका ३ सय २९ जनाको मुख परीक्षण गरिएको शिविरमा सहभागी दन्त शल्यचिकित्सक डा. सलिना मानन्धरले जानकारी दिइन् । शिविरमा उक्त स्कुलमा अध्ययनरत कक्षा नर्सरी देखि  ८ कक्षासम्म अध्ययन गर्ने विद्यार्थीको परीक्षण गरिएको थियो । जसमा १ सय ३१ छात्र र बाँकी छात्रा थिए । परीक्षण गरिएका मध्ये अधिकांशको दाँत किराले खाने समस्या रहेको शिविरमा सहभागी चिकित्सकले जनाएका छन् । त्यस्तै केहीमा गिजासम्बन्धी विभिन्न रोग रहेको पाइएको छ ।

शिविरका क्रममा उनीहरुको मुख परीक्षणका साथै दाँत तथा मुख स्वस्थ राख्न अपनाउनुपर्ने सावधानीको बारेमा पनि जानकारी दिइएको थियो । शिविरमा सहभागी चिकित्सक एवं स्वास्थ्यकर्मीले स्कुले बालबालिकालाई दाँतको स्याहार गर्नका लागि दाँत माझ्ने तरिका, दाँत स्वस्थ राख्न खानुपर्ने खानपीनका बारेमा पनि सचेतना विस्तार गरेको शिविरमा सहभागी डा. रोजिना भट्टराईले जानकारी दिइन् । शिविरमा सहभागी बालबालिकाले दाँतका रोगहरुका बारेमा जानकारी पाएकोमा खुशी व्यक्त गरे । शिविरमा दन्त चिकित्सक डा. सुनिता खनाल र डा. अञ्जु खापुङपनि सहभागी थिए । कान्तिपुर डेन्टल कलेजले यसलाई आफ्नो सामाजिक कार्य अन्तर्गतको शिविर भनेको छ ।


 

Last modified on 2016-08-26 19:01:32

  1. उद्धवराज भेटुवाल

    हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts